सुन तस्करीमा माओवादीका शीर्ष नेताहरूकै संलग्नता देखियो, प्रहरीको पक्षबाट पनि कमजोरी भएको पाइएको छ, केही कर्मचारी र उच्च प्रहरी अधिकारीले समेत तस्करीमा सहयोगी भूमिका निभाएको तथ्यले पुष्टि गरेको छ
गणेश बस्नेत/काठमाडौं । सुन तस्करी प्रकरणमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उच्च नेताहरूदेखि उच्च सरकारी कर्मचारी र नेपाल प्रहरीका उच्च अधिकारीसमेत संलग्न रहेको तथ्य खुलेको छ । बिमानस्थलबाट भएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा यस्तो तथ्य उजागर गरेको हो ।
आयोगले नेकपा माओवादी केन्द्रका उच्च नेताहरूदेखि उच्च सरकारी कर्मचारी र नेपाल प्रहरीका उच्च अधिकारीहरूलाई कारबाही गर्न सिफारिससमेत गरेको छ । माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै जाँचबुझ आयोगले उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेकोे छ ।
सुन तस्करीको छानविन गर्न डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहनुभएको छ । आयोगले आफ्नो काम सकेर बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुन तस्करीबारे अध्ययन प्रतिवेदन बुझाएको छ । ४ सय ८५ पृष्ठ लामो सो प्रतिवेदनमा सुन तस्करमिा राजनीतिक तहकै नेतृत्वको संलग्नता रहेको निष्कर्ष निकालिएको छ । आयोगले छानविनको क्रममा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ जना व्यक्तिसँग बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ ।
प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सिडिआर/डिएफएलमा लगातार देखिएका व्यक्तिको सूचीसमेत समावेश गरिएको छ । आयोगका अध्यक्ष आचार्यले प्रतिवेदनमा दोषीहरुमाथि कार्वाहीदेखि निर्दोष देखिएका व्यक्तिको नामावलीसमेत समेटिएको छ । आयोग स्रोतका अनुसार सो प्रतिवेदनमा सत्तारुढ माओवादी केन्द्रका शीर्ष नेताहरूको सुन तस्करसँगको ‘कनेक्सन’ रक्तचन्दन तस्करीकै बेलादेखि भएको भेटिएको तथ्य समेटिएको छ । ‘विगत हेर्ने हो भने उहाँहरूको सम्बन्ध रक्तचन्दन तस्करीसँगै सुन तस्करीमा जोडिएको देखिन्छ, यो उहाँहरूको पृष्ठभूमि हो,’ प्रतिवेदनमा उल्लेख रहेको स्रोतले जनाएको छ ।
आयोग स्रोतले दिएको जानकारीअनुसार विगतमा सिआइबीले गरेको अनुसन्धान, ईश्वरराज पौडेल संयोजक रहेको समितिले गरेको सिफारिसका केही अंश र प्रमाण तथा भेप र ब्रेक सुमार्फत तस्करी भएका सुन अनुसन्धानका प्रतिवेदनहरूको अंशमाथि समेत तथ्य र प्रमाणलाई आधार मानेर माओवादीका केही नेताको संलग्नतालाई पुष्टि गरेको हो । आयोगका एक सदस्यले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रतिवेदनमा माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरादेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परिवारका सदस्य र सचिवालयको टीम नै तस्करीमा संलग्न रहेका तथ्य फोला पारी संलग्नहरुको हैसियतअनुसारको नाम प्रमाणसहित आधारमा आयोगले किटानी गरेको हो ।
उनका अनुसार प्रहरीले जोगाएको २१ जनालाई पक्राउ गर्न सिफारिश गरिएको छ । यो तथ्यको आधारमा आयोगले नेपाल प्रहरीका डिएसपीदेखि एआइजीसम्मलाई कारबाहीको सिफारिस गरेको छ भने निजामती कर्मचारीमा अधिकृतदेखि सहसचिवसम्मलाई कारबाहीको सिफारिस गरिएको ती सदस्यले बताए ।
‘सुन तस्करीमा माओवादीका शीर्ष नेताहरूकै संलग्नता देखियो, प्रहरीको पक्षबाट पनि कमजोरी भएको पाइएको छ, केही कर्मचारी र उच्च प्रहरी अधिकारीले समेत तस्करीमा सहयोगी भूमिका निभाएको तथ्यले पुष्टि गरेको छ,’ आयोगका एक सदस्यले जनताटाइम्स डटकमसँग भने । ती सदस्यका अनुसार प्रहरीको अनसन्धानमै तस्करले प्रभाव पारेको र अनुसन्धानकोक्रममा बदमासी गरेको तथ्यसमेत भेटिएको छ । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को छानविनर्क क्रममा नसोचेको बदमासी गरिएको तथ्यलाई किटानीसमेत गरेको ती सदस्यले बताए ।
‘सिआइवीको छानविनमा तस्कर जोगाउने काम भएको पाइएको छ, यो तहको बदमासी सिआइवीबाट हुन्छ भन्ने कुरा सोच्न पनि सकिन्न । तर सिआइवीको छानविनमा हदैसम्मको बदमासी भएको पाइयो,’ जनताटाइम्स डटकमसँगको अनौपचारिक कुराकानीमा ती सदस्यले भने । आयोगको प्रतिवेदनमा समेटिएको यो निश्कर्षले सुन तस्कर समुहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य नै जोगाउन लागेको तथ्य उजागर गरिदिएको छ ।
‘अनुसनधानमा सिआइवीको बदमासी देखिएपछि तस्करीमा संलग्न रहेर पनि छाडिएकाहरुको अभियोग प्रमाणित हुने गरी तथ्य र प्रमाण रहेकाले ती ब्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान गर्न सिफारिस गरिएको छ,’ ती सदस्यले भने । उनका अनुसार प्रहरीले जोगाएको २१ जनालाई पक्राउ गर्न सिफारिश गरिएको छ । यो तथ्यको आधारमा आयोगले नेपाल प्रहरीका डिएसपीदेखि एआइजीसम्मलाई कारबाहीको सिफारिस गरेको छ भने निजामती कर्मचारीमा अधिकृतदेखि सहसचिवसम्मलाई कारबाहीको सिफारिस गरिएको ती सदस्यले बताए ।
सुन तस्करीमा माओवादीका नेताहरू कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, नन्दबहादुर पुन र उनको परिवारका सदस्यहरू जितेन्द्र पुन, दीपेश पुन, वर्षमान पुनका भाइ प्रनिश पुन, कालीबहादुर खाम, अमला रोकालगायत सो प्रकरणमा मुछिनुभएको छ । तस्करी प्रकरणमा महरापुत्र राहुल अहिले पनि थुनामा छन भने अमला रोका अझै फरार भएकी छन ।
गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे सो आयोगले अनुसन्धान गरेको थियो। मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो ।
प्रतिक्रिया दिनुहोस्