जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १०:२३

पार्वत गुरुङ फसाउन प्रहरीले गरेको त्यो जघन्य अपराध


काठमाडौं, असोज ३० । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दोलखाका प्रतिनिधिसभा सदस्य सांसद पार्वत गुरुङलाई अदालतले ३५ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । स्थानीय तहको निर्वाचनको क्रममा गौरीशंकर गाउँपालिकामा भएको कुलबहादर तामाङको अत्यामा संलग्न भएको भन्दै काठमाडौंमा तामाङकै केही भाइले कुटपीट गरेको आधारमा सांसद गुरुङबिरुद्ध तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी लिन लगाई गुपचुपमै अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थित हुन गुरुङलाई पत्र पठाएको हो ।

स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । होनहार युवा कुलबहादुर तामाङको ज्यान गयो । तात्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तात्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवाहरुलाई काठमाडौंको गौशालामा कुटपिट गरेछन घटना घटेकै गाउँका युवाहरुले । त्यसदिन गुरुङ दाङमा हुनुहुन्थ्यो । तर तात्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा सांसद भन्ने पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दोलखाका माननीय सांसद पार्वत गुरुङसहितको नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ ।

आफूबिरुद्ध ज्यान मुद्दामा किटानी जाहेरी परेको जानकारीपछि सांसद गुरुङ आफै महहानगरीय प्रहरीपरिसर काठमाडौं पुगेर तात्कालिन एसएसपी छविलाल जोशीलाई भेटनु भएको थियो । तर जोशीले माथिको दवावमा सांसद भन्ने थाह नपाएको र काठमाडौं बाहिर रहेको नेतालाई नाम मुछेर जाहेरी दर्ता भएकोमा गल्ती स्वीकार गर्दै सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अघि नबढने जानकारी दिनुभएको थियो । तात्कालिन एसएसपी जोशीको भनाईमा बिश्वास गरी फलोअप नगर्दा अदालतमा मुद्दा दायर भई म्याद आएको हो । सांसद गुरुङले यस बिषयमा आफू अदालत गएर यथार्थ राख्ने बताउनु भएको छ ।

यस्तो छ गुरुङको भनाई

अहिले जसरी प्रचार गरिएको छ, यसलाई मैले २०७४ को स्थानीय निर्वाचनमा दोलखामा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। चुनावी प्रचारका क्रममा जुँगुमा भदौ २६ गते राती हाम्रो पार्टी (तत्कालिन एमाले) बाट वडा सदस्यका उम्मेदवारका छोरा कुलबहादुर तामाङको माओवादी कार्यकर्ताहरुले हत्या गरे। हामीले त्यतीखेर घटनामा संलग्न ४० जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरेका थियौं। पछि त्यो मुद्दाका एक जना अभियुक्तमध्ये जुँगु गाउँका विरध्वज खड्कालाई पीडित परिवारका मान्छेहरुले राजधानीको गौशालामा देखेछन्। सामन्य कुटपिट समेत गरेर गौशाला प्रहरीलाई बुझाएछन्। म त्यतीखेर दाङमा थिए। पछि ती खड्काले मसहित केही विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा बोकेर गौशाला प्रहरी बृत्त पुगेका रहेछन्।

बृत्तका तत्कालिन डिएसपीले घटनाका बखत दाङमा रहेको मेरो नाम देखेपछि मुद्दा नलिई फर्काइदिएका रहेछन्। पछि माओवादी र कांग्रेसको संयुक्त सरकार गठन भएका बखत राजनितिक प्रतिशोधका आधारमा शक्ति केन्द्रको पावर भिडाएर महानगरीय प्रहरी परिसर टेकु हुँदै अदालतमा मुद्दा दायर भएको रहेछ।

अहिले अदालतले बयान दिनका लागि ३५ दिनभित्र आउनुस भनेर बोलाएको हो। बाहिर हल्ला भए जस्तो पक्राउ पुर्जी काटिएको हैन। यो चुनाव ताकाको बिशुद्ध राजनीतिक मुद्दा हो। यस्ता किसिमका तिकडम र प्रचारबाजीले मलाई घाटा पुर्याउदैन, उल्टो राजनीतिक फाइदा गर्छ। अदालत गएर बयान दिनेछु। यस्तो प्रचारवाजी भइरहन्छन, अदालतमा आफ्नो कुरा राख्नेछु ।