काठमाडौं, ४ जेठ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ। चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई आइतबार म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिनको म्याद दिएको हो।
प्रतिक्रिया दिनुहोस्