काठमाडौं, ४ जेठ। विधि, पद्धति, मान र सम्मानको कुरा गर्दै नेकपा एमाले फुटाई भाँडभैलो गरेर हिँड्नु भएका माधवकुमार नेपाल नयाँ पार्टी गठन गरेदेखि अनेक भाँडभैलोमा पस्नु भएको छ ।
माधव नेपालको जीवमा जस्तो रोप्यो त्यस्तै फल्छ भन्ने भनाइ चरितार्थ भएको छ । माधव नेपालको पार्टीदेखि जनसंगठनसम्म अहिले भाँडभैलोको भुमरीमा फसेका छन् ।
त्यो भाँडभैलोको रोग पार्टी र अन्य जनसंगठनसँगै अनेमसंघ समाजवादीमा पनि देखिएको छ । नयाँ नेतृत्व चयनका लागि भएको महाधिवेशन नेतृत्व नै चयन गर्न नसकी सकिएको छ ।
नेतृत्व चयमा विवाद भएपछि अध्यक्षमा मुनु सिग्देललाई घोषणा गर्दै केन्द्रीय समिति नै नबनाई संगठनकाे महाधिवेशन सकिएको छ । अध्यक्ष निर्वाचित सिग्देल पूर्व मन्त्री विरोध खतिवडाकी पत्नी हुनुहुन्छ ।
महाधिवेशनबाट महासचिवमा पाल्पाकी राज्यलक्ष्मी गैरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्षमा कलिला खातुन, अनारकली मियासहित ७ जना चयन भएका छन् ।
संगठनको सचिव र कोषाध्यक्ष पदमा आवश्यकता भन्दा उम्मेदवारी परेपछि विवाद भएको छ ।
९ जना सचिव पदको लागि १२ को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पार्वती सिलवाल र पासाङ डोल्माको उम्मेदवारी परेको छ । सचिव र कोषाध्यक्ष मिलाउन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र महासचिव घोषणा गरेर महाधिवेशन सकिएको घोषणा गरिएको छ । नेतृत्व नै चयन नगरी महाधिवेशन सकिएको छ ।
सो पार्टीको युवा संगठनको विवाद पनि यति बेला चुलिएको छ । युवा संगठनको संयोजक घोषणा गरिएको विषयलाई लिएर युवाहरू बिच विवाद चलिरहेको बेला महिला संगठनमा पनि विवादको बीज रोपिएको छ । अन्त विवादको बिउ रोपेर रमाउँदै हिँड्ने माधव नेपाल आफैँ विवादको भुमरीमा फस्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्