जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार २१:५६

उमाकुण्डमा बालकला तथा साहित्य महोत्सव 


रामेछाप, ५  जेठ। उमाकुण्ड गाउँपालिकाको आयोजना र सामाजिक रूपान्तरण नेपालको प्रायोजनमा उमाकुण्ड २ र ४ मा उमाकुण्ड बालकला तथा साहित्य महोत्सव सम्पन्न भएको छ ।

सिद्धेश्वर माविको व्यवस्थापनमा वडा नं २ मा र श्री चण्डेश्वरी माविको व्यवस्थापनमा वडा नं ४ मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कथा, कविता, लेखकहरू वाचन गरिएको थियो ।  शिक्षक, विद्यार्थी गरी ६० जना भन्दा बढीले साहित्यिक रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक रूपान्तरण नेपालका प्रतिनिधि, जनप्रतिनिधि , शिक्षक, विद्यार्थी,  कर्मचारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।