जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार ०६:३२

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली


काठमाडौं, ६ जेठ ।  संघीय संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिदै हुनुहुन्छ । बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

बिहान ११ बजे बस्ने बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।