काठमाडौं, ६ जेठ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन वाग्मती प्रदेशको तेस्रो पूर्णबैठक सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष धर्मराज रिमालको अध्यक्षता र सहसचिव राज मैनालीको सञ्चालनमा बैठक भएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघको सभा हलमा भएको बैठक नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्ष भागिरथी सापकोटा विशेष अतिथिमा सम्पन्न भएको हो ।
बैठकमा नेपाल उद्योग व्यवसायी महासंघका महासचिव बालकृष्ण सिवाकोटी, संगठनका इञ्चार्ज डोलनाथ खनाल, संगठनका केन्द्रीय अध्यक्ष डेकनाथ गौतम, नेपाल उद्योग संघका अध्यक्ष खोमकान्त रेग्मी, संगठनका प्रथम उपाध्यक्ष, उपाध्यक्ष महासचिव, सचिव लगायत अतिथि हुनुहुन्थ्यो । बैठकले समसामयिक विषयमा विभिन्न छलफल गरी निर्णय गरेको संगठनका सहसचिव राज मैनालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्