काठमाडौं, ७ जेठ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ पर्नुभएको छ । उहाँलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँ हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुग्नुभएको थियो । यसअघि उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत हुनुहुन्थ्यो ।
अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्