जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार ०८:४५

मन्थलीमा चारदिने योग शिविर, सयौँले योग अभ्यास गर्दै  


रामेछाप, १० जेठ । रामेछापको सदरमुकाम मन्थलीमा चार दिने योग शिविर सञ्चालन भइरहेको छ ।

पतञ्जलि योग समिति रामेछाप र महिला पतञ्जलि योग समिति रामेछापको संयुक्त आयोजना, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापसँगको समन्वय तथा मन्थली नगरपालिकाको सहयोगमा शिविर सञ्चालन भएको हो ।

जेठ १२ गतेसम्म चल्ने शिविरमा साध्वी देवादितीजी लगायतले योगाभ्यास गराइरहनुभएको पतञ्जलि योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहालले जानकारी दिनुभयो । बिहान ४ः३० देखि ६ः३० सम्म चल्ने शिविरमा दैनिक ३ सय बढीले अभ्यास गरिरहनुभएको छ । शिविरकाे वाग्मती प्रदेश सभा उद्याेग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले शुभारम्भ गर्नु भएकाे थियाे ।

योगको माध्यमबाट मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मोटोपन, ग्यास्ट्रिक, कब्जियत, पायल्स, ढाड र कम्मरको दुखाई, नसा च्यापिएको, युरिक एसिड, पिनास, एलर्जी, थाइराइड, कोलस्टोर, दम, माइग्रेन, मानसिक तनाव, अल्जाइमर लगायतका रोग निको पार्न सकिने बताउँदै उहाँले योग शिविरमा आएर योग सिकी लाभ लिन सबैलाई अनुरोध गर्नुभयो ।