जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार १८:०३

मेरोे निष्ठाको राजनीतिक जीवनमाथि प्रहार गरियो– गृहमन्त्री


काठमाडौं, १४ जेठ । गृहमन्त्री रमेश लेखकले आफ्नो निष्ठाको राजनीतिक जीवनमाथि प्रहार गरिएको बताउनुभएको छ । बुधबार पत्रकार सम्मेलन गरेर गृहमन्त्री लेखकले आफूलाई निरुत्साहित गर्न खोजिएको बताउनुभएको हो । ‘‘मजस्तो निष्ठाको राजनीति गर्ने मानिसलाई निरुत्साहित गर्ने उद्देश्यले आरोपित गर्नेबाहेक अन्य कुनै पनि मनसाय छैन । यो षड्यन्त्रबाहेक अरू केही होइन,’’ उहाँले भन्नुभयो । भिजिट भिसा प्रकरणमा अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थ भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । यसलाई लिएर गृहमन्त्रीको राजीनामा मागिएपछि उनले पत्रकार सम्मलेनमार्फत स्पष्टीकरण दिनुभएका ेहो ।