काठमाडौं, १५ जेठ । प्रतिनिधि सभाको पाँचौ ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र (राप्रपा) सहितका दल र समूहले सुरु गरेको प्रदर्शनलाई भोलि शुक्रबार पनि निरन्तरता दिने भएका छन् । राप्रपासहितका राजावादी समूहले आन्दोलनको सुरुवात भएको भन्दै पहिलो दिनको आन्दोलन शान्तिपूर्ण भएको दाबी गरेको हो ।
कार्यक्रममा सहभागी नेताहरुले राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने उद्घोष गर्दै शुक्रबारको कार्यक्रममा पनि सहभागी हुन आह्वान गरे । राप्रपा नेपालका नेता कमल थापाले बिहीबार जहाँजहाँबाट जुलुस निस्किएको थियो सोही ठाउँबाट शुक्रबार पनि जुलुस निकाल्न आग्रह गर्नुभयो । १२ बजेबाट सुरु भएको उक्त र्याली दिउँसो एक बजेभित्र माइतीघर र बिजुली बजार क्षेत्रमा जम्मा हुने नेता थापाको भनाइ थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबारको प्रदर्शन कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताउनुभयो । कार्यक्रममा घुसपैठ गर्न खोजेको आरोपमा प्रदर्शनकारीले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्