जनता टाइम्स

६ मंसिर २०८३, आइतबार १९:४४

बालेनसँगको भेटपछि जयशंकरले भने– नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्व दिएको छ


काठमाडौं, मङ्सिर ६ । भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताउनुभएको छ ।

आइतबार साँझ नयाँ दिल्लीस्थित ताजमहल होटलमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

भेटपछि जयशंकरले प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्व दिएको बताउनुभएको छ ।

उहाँले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने प्रधानमन्त्री शाहको भेटवार्ताको प्रतीक्षामा रहेकोसमेत उल्लेख गर्नुभएको छ ।

दुईदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले विदेशमन्त्री जयशंकरसँगको भेटबाट आफ्नो पहिलो औपचारिक भेटवार्ता सुरु गर्नुभएको हो । सोमबार उहाँले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ ।