मकवानपुर, मंसिर ६ । फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को मकवानपुर जिल्ला भेला सम्पन्न भएको छ । भेलाले संगम राईको अध्यक्षतामा नयाँ जिल्ला कमिटीसमेत चयन गरेको छ ।
हिजाे सम्पन्न भेलामा एसोसिएसनका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू तुलसी श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, विकासलाल श्रेष्ठ र सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
भेलाले संगम राईको अध्यक्षतामा मकवानपुर जिल्ला कमिटी गठन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षमा प्रविण श्रेष्ठ, सचिवमा ज्ञानेन्द्र लामा, उपसचिवमा सुदीप गुप्ता र कोषाध्यक्षमा जिवसकुमार गुप्ता चयन हुनुभएको छ ।
त्यसैगरी, जिल्ला कमिटी सदस्यहरूमा जगदिस विडारी, विजय लामा, शिजन बज्राचार्य, विशाल अधिकारी, शुबास कुँवर, प्रचण्डबहादुर खनाल र शाकार सिवाकोटी चयन हुनुभएको छ ।
भेलाले विकासलाल श्रेष्ठ र सुलोचना श्रेष्ठलाई जिल्ला कमिटीको सल्लाहकारमा चयन गरेको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले फास्ट फुड व्यवसायलाई मर्यादित, व्यवस्थित र प्रतिस्पर्धी बनाउन व्यवसायीहरूबीच एकता, सहकार्य र खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले नवगठित जिल्ला कमिटीले मकवानपुरका फास्ट फुड व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
एसोसिएसनले नवगठित जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
फास्ट फुड व्यवसायको व्यावसायिक विकास, गुणस्तरीय सेवा र खाद्य स्वच्छतालाई प्राथमिकतामा राख्दै एसोसिएसनले आफ्नो अभियान अघि बढाउने एसोसियसनका केन्द्रीय महासचवि राकेश श्रेष्ठले जानकारी दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्