जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ११:५२

नेपाली बजारमा सुनको मूल्यमा आज पनि तोलामा २ हजार ८०० रुपैयाँले घट्यो 


काठमाडौं, मंसिर ६ । नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला १२ हजार रुपैयाँभन्दा बढीले घटेको सुनको मूल्य आज थप २ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

केहि दिन यतादेिख लगातार सुन तथा चाँदी दुवैको मूल्य घटेसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्यमा गिरावट देखिएको छ । मूल्य घटेपछि बजारमा सुनकाे अभाव देखिन लागेकाे छ ।