जनता टाइम्स

६ मंसिर २०८३, आइतबार ११:४५

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवले लिए शपथ, दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्दै


जनकपुरधाम, मंसिर ६ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता रहनुभएका यादव दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लाग्नुभएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले अब प्रदेश सरकारको नेतृत्व गर्नुहुनेछ ।

शपथ ग्रहणपछि मुख्यमन्त्री यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि उहाँले आफ्नो नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिनुहुनेछ ।