काठमाडौं, मङ्सिर ६ । देशका पूर्वी तथा पश्चिमी क्षेत्रमा फरक–फरक मौसमी प्रणालीको आंशिक प्रभाव देखिएको छ । पश्चिम नेपालमा पश्चिमी वायु र पूर्वी नेपालमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्