मोरङ, मङ्सिर ६ । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङ प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–६ निवासी विकास भनिने भुवानीप्रसाद लम्साल रहेका छन् ।
प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा लम्सालले किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ ।
घटनापछि फरार रहेका लम्साललाई किशोरीको उजुरीका आधारमा अनुसन्धान गर्दा पहिचान गरी शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्