जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार ०८:४४

ताप्लेजुङ–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प


काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको धक्का ताप्लेजुङसहित काेशी, मधेस तथा बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो। भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भए–नभएकोबारे भने हालसम्म विवरण प्राप्त भएको छैन।