काठमाडौं, मंसिर ८ । पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोलानजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र तिब्बतसँग सीमा जोडिएको छ ।
भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पबाट कुनै क्षति भए–नभएको विवरण भने प्राप्त भइसकेको छैन ।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर टाढा रहेको जनाएको छ । यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको हो ।













प्रतिक्रिया दिनुहोस्