जनता टाइम्स

१ माघ २०७६, बुधबार १२:३३

अमेरिका–इजरायल–इरानबीचको त्रिकोणात्मक द्वन्दमा भारतको भूमिका : चुक्नु हुन्न प्रधानमन्त्री मोदी


यस अवस्थामा भारतले पनि आफ्नो सम्पूर्ण कूटनीतिक अस्त्र प्रयोग गरेर इजरायल, इरान र अमेरिकाबीच सम्वन्धलाई शिथिलीकरण र सहजीकरण गर्न भगिरथ मिहिनेत गरेर आफ्नो कूटनीतिक सामथ्र्य र प्रभाव सावित गरेर नेतृत्व क्षमता प्रस्तुत गर्नु पर्दछ । वर्तमान अवस्थामा भारतको सम्वन्ध इजरायल, इरान, अमेरिका र साउदीसंग अत्यन्तै सुमधुर छ । एक अभिव्यक्तिमा इरानका परराष्ट्र मन्त्रीले भारतको मध्यस्तालाई पनि निमन्त्रणा गरेका छन

नयाँ वर्षको आगमनको साथ साथै विश्वमा युद्धको विभिषिकाको वादलले मानव चेतलाई आक्रान्त बनाइरहेको अवस्था छ । इरानका शक्तिशाली सैन्य जनरल सुलेमानीको हत्यापश्चात इरानको क्रोध र अमेरिकाबीच वाकयुद्धको सीमा अन्त्य हुँदै अश्त्र र शस्त्रको प्रयोग शुरु भएको छ । सुलेमानीको हत्याको प्रतिकारमा इरानले अमेरिकी सैनिक अड्डालाई निशाना बनाएर अस्सी अमेरिकी सैनिकको हत्या भएको दावी गरे तापनि अमेरिकी सूचना माध्यमले कोही अमेरिकी सैनिक हताहत नभएको पुष्टि गरेको छ । अमेरिका र इरानको संग्राम चलिरहेको वेला युद्ध मैदानमा इजरायलको प्रवेशले युद्धको प्रारुपलाई झन भयाबह बनाइदिएको छ । हसेद अलदावीमा इरानी सैनिकलाई निशाना बनाउँदै इजरायले आठ जना सैनिकको हवाई हमलाको माध्यमवाट नरसंहार गरेको छ । आखिर अमेरिका र इरानको द्वन्दमा इजरायलको आक्रमणको पछाडि सामरिक उद्देश्य के हो ? र यी त्रिकोणात्मक संग्राममा भारतको भूमिका कस्तो हुन सक्छ ? भन्ने सेरोफेरोमा यो लेख केन्द्रित छ ।

इजरायल र भारतको सामरिक सम्वन्धको चर्चा गरौं । संसारमा मेडिटेरियनदेखि बे आँफ वंगालसम्म दुईवटा मात्र प्रजातान्त्रिक देशहरू भारत र इजरायल मात्र देखिन्छन । इजरायलका वासिन्दा यहुदीहरू संसारका सबभन्दा कुसाग्र मश्तिस्कका हुन्छन । अलर्वट आइसस्टाइनदेखि काल माक्र्ससम्म यहुदी समुदायका नै हुन । सन २०१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्ने अवसरमा उनका समकक्षी इजरायलका प्रधानमन्त्री वेनजाम्मीन नितिन्याहुले बडो रोचक अभिव्यक्ति दिएका थिए । उनले के भनेका थिए भने विश्वको सबभन्दा ठुलो सफ्टवेयरको संसार सिलकेन भ्यालीमा दुईवटा मात्र भाषा सुनिने गर्दछ । अर्थात हिन्दी र हिब्रु भाषा मात्र त्यहाँ सुनिने गर्दछ । भनाईको तात्र्पय के हो भने संसारको सबभन्दा ठुलो प्रविधि निर्माण गर्ने अधिकांश हिन्दु र यहुदी समूदायका मान्छेहरू मात्र हुन्छन । आफ्नो चहकिलो र गहकिलो अभिव्यक्तिमा उनले यहाँसम्म भनेका छन कि यहुदीको प्रविधि र हिन्दूको मस्तिष्कले संसारको कुनै पनि शक्तिसंग फलाम आफ्नो हातमा लिन सक्दछ ।

इजरायल सैन्य शक्तिमा सबल देश हो । रुस र अमेरिकापछि भारतलाई हतियार र सामरिक कारोवार गर्ने तेस्रो देश इजरायल नै हो । इजरायलले भारतलाई विभिन्न किसिमको हतियार दिएको देखिन्छ । सर्चर ड्रोन, एल.आर ड्रोन, फ्यालकन, सिन्डर, स्पाडर, स्पाइस आदि । सन १९६२ सन १९६५, सन् १९७१, कारगिल र वालाकोटको आक्रमणमा नै भारतले इजरायलको हतियार नै प्रयोग गरेको देखिन्छ । वालाकोटमा प्रयोग गर्ने हतियार फ्यालकन र स्पायक नै हुन । सन १९७६ को दशक दुई सय भन्दा यहुदी यात्रीहरूलाई इश्लामिक कटरपन्थीले विमन अपहरण गरेर युगाण्डामा बन्दी बनाएका थिए । युगाण्डाका सैनिक शासक इश्लामिक कटरपन्थीको साथमा नै थिए । त्यस प्रतिकुल अवस्थामा आफ्नो उच्च प्रविधिको मद्दतले इजरायलले गोप्य सूचनाको आधारमा सिधै युगाण्डाको हवाइ अड्डा ध्वस्त गर्दै आफ्ना नागरिकहरूलाई सकुशल रिहाइ गर्न सफल भए, जसका प्रमुख पात्र वर्तमान इजरायलका प्रधानमन्त्री नितिन्याहुका सहादेर दाई नै थिए । सन १९६७ ताका छ वटा खाडी मुलुकहरूलाई इजरायल ६ दिनमा हराउन सफल भए ।

भनाइको अर्थ मध्यपूर्वमा इजरायल सबभन्दा सामरिक रुपले सशक्त मुलुक हो । इरानको प्रमुख निशाना इजरायल नै हो । इजरायल र इरानको सम्बन्ध पनि वडो रोचक देखिन्छ । सन १९५० मा इजरायललाई मान्यता दिने सबभन्दा अग्रपक्तिमा इरान नै थिए । इरान आफ्नो आधुनिकीकरण गर्ने वेलामा इजरायलको प्रविधिहरूको प्रचुर मात्रामा प्रयोग गरेका थिए । अमेरिकामा चालिस प्रतिशतभन्दा बढी उद्योगपतिहरू यहुदी समूदायका भएको अवस्थामा इरानले इजरायललाई प्रयोग गरेर अमेरिकासंग सौहार्र्दता बढाएको थियो । सन १९७९ मा इरानमा इश्लामिक क्रान्ति भयो । जसले के स्पष्ट हुन्छ भने कि इजरायलले इस्लामको पुन्य भूमि जेरुसुलमलाई आफ्नो कब्जामा लिएको छ । त्यसर्थ इजरायल विरुद्ध धार्मिक युद्ध गर्नु इरानको राष्ट्रिय धर्म हो । तदनुरुप हरेक इरानी शासकले इजरायलको अस्तित्वलाई पूर्ण रुपमा संसारको भूगोलवाट मिल्काउने संकल्प गर्दछ ।

इरानले आफ्नो न्यूक्लियर प्रयोजनको प्रमुख कारण नै इजरायललाई सिध्याउनु हो । इरानले गाजा क्षेत्रमा हमास जस्ता आतंकवादी समुदायलाई हत्तियारलगायत हरेक किसिमको सहयोग दिएर इजरायलको विरुद्धमा निरन्तर आफ्नो गतिविधि बढदाउँदै आइरहेको छ । अर्कातर्फ इजरायल प्रविधिको क्षेत्रमा अनवरत रुपले विकसित हुँदै आइरहेको अवस्था छ । भारतको इजरायलसंग मात्रै होइन, इरानसंग पनि कालजयी सम्वन्ध छ । इरान संसारको सभ्यताको केन्द्रविन्दु रहेको थियो । फारसी भाषा र संस्कृत भाषाको सम्बन्ध, इरानको साहित्यमा पंचतन्त्रको कथाको रुपान्तरण, भारतमा चालिस वटा विश्व विद्यालयमा फारसी साहित्य र संस्कृतिको अध्यापनले भारत र इरानको सांस्कृतिक सम्वन्धलाई उजागर गर्दछ ।

भारत विभाजन हुनुभन्दा पहिले भारत र इरानको सीमा जोडिएको थियो । इरानीहरू घोडा वेच्न भारत आउने गर्थे । भारतको विहार प्रदेशको किशनगन्ज भन्ने जिल्लामा इरानी समुदायको एउटा ठुलो वस्ती नै छ । सांस्कृतिक सम्वन्धवाहेक भारतको प्रतिकूल अवस्थामा काश्मिरको विषयमा इश्लामिक राष्ट्रहरूको विपक्षमा उभिएर भारतलाई साथ दिने मुलुक इरान नै हो । यति मात्रै होइन कि इरानको सबभन्दा बढी इन्धन खरिद गर्ने चीन पछि अर्को राष्ट्र भारत नै हो । सबभन्दा महत्वपूर्ण पक्ष भारत र इरानको सामरिक सम्वन्ध नै हो । इरानले आफ्नो बन्दरगाह भारतलाई व्यापारिक र सामारिक प्रयोजनका लागि दिएका छन्, ती हुन चावहार बन्दरगाह । भारतले चावाहार बन्दर गाहमा पाँच सय मिलियन अमेरिकी डलर लगानी गरेको देखिन्छ । ८.२ मिलियन टनको क्षमता भएको वन्दरगाहको मद्दतले भारतले अफगानिस्तानलगायत पूर्वीय एसियाको मुलुकहरूसंग व्यापार गर्न समर्थ भइरहेको अवस्था छ ।

अर्का तर्फ अमेरिका र इरानको सम्बन्धमा भएको उतार चढावले भरेको देखिन्छ । इरानमा न्यूक्लियर क्षमताको शिलान्यास गर्ने मुलुक अमेरिका नै हो । तर कालान्तरमा अमेरिकी विरोधी इरानमा शासक पक्ष आएको वेला विस्तारै विस्तारै अमेरिका र इरानको सम्वन्धमा अमिलोपन आयो । सन १९७९ मा इरान र अमेरिका सम्वन्धमा विष्फोट भयो । ५२ जना अमेरिकी नागरिकलाई इरानमा युद्धवन्दी वनाइयो । सन १९८० मा इराकका शासक सद्दाम हुसेनले अमेरिकी सहयोगले इरानमा आक्रमण गरे । युद्ध आठ वर्षसम्म अनवरत रुपले चल्यो । तत्पश्चात अमेरिका र इरानको सम्वन्धमा खासै न्यानोपन आएन । अमेरिकी राष्ट्रपति बराक ओवामा सम्वन्धलाई सन्तुलित बनाउँदै इरानको न्यूक्लियर कार्यक्रमलाई नियन्त्रण गर्न संम्झौता गरेता पनि सन २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले न्यूक्लियर संम्झौतालाई खारेज गर्दै इरान विरुद्ध आर्थिक नाकावन्दी लगाएको अवस्था छ ।

यस्तो प्रतिकूल अवस्थामा विश्वको महाशक्तिहरू चीन र रुससंग अमेरिकाको सम्वन्ध प्रभावकारी र हस्तेक्षपकारी छैन । सौभाग्यवस मोदीको आगमनको साथै भारत र अमेरिकाको सम्वन्ध न्यानो छ । भारतसंग न्यूक्लियर सम्झौता, सामरिक सम्वन्ध र इण्डोप्यासिफिक क्षेत्रमा अमेरिकाले भारतलाई प्रोत्साहन गरेको गतिविधिले भारत र अमेरिकाको सम्वन्धको मधुरता जगजाहेर भएको छ । वर्तमान अवस्थामा संसारको कुनै शक्ति युद्धको पक्षमा छैन । भर्खरै अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभले पनि सुलेमानीको हत्या र अमेरिकी राष्ट्रपति टम्पको नीतिलाई निन्दा गर्दै राष्ट्रपतिको कद प्रति खेद प्रकट गरेको अवस्था छ । यस अवस्थामा भारतले पनि आफ्नो सम्पूर्ण कूटनीतिक अस्त्र प्रयोग गरेर इजरायल, इरान र अमेरिकाबीच सम्वन्धलाई शिथिलीकरण र सहजीकरण गर्न भगिरथ मिहिनेत गरेर आफ्नो कूटनीतिक सामथ्र्य र प्रभाव सावित गरेर नेतृत्व क्षमता प्रस्तुत गर्नु पर्दछ । वर्तमान अवस्थामा भारतको सम्वन्ध इजरायल, इरान, अमेरिका र साउदीसंग अत्यन्तै सुमधुर छ । एक अभिव्यक्तिमा इरानका परराष्ट्र मन्त्रीले भारतको मध्यस्तालाई पनि निमन्त्रणा गरेका छन । यस अवस्थामा भारतका नेतृत्वले यस अवसरलाई ‘वहुजन हिताय वहुजन सुखाय’ र ‘वसुघैव कुटुम्वम’को सिद्धान्त अनुरुप उपयोग गर्नु पर्दछ ।