जनता टाइम्स

१२ माघ २०७६, आईतवार ०८:५०

भारतीय गणतन्त्रको सात दशक यात्रा


विपिन देव

प्रत्येक वर्ष जनवरी २६ मा मनाइने गणतन्त्र दिवस भारतीयहरूका लागि एउटा ठुलो उत्सवको घडी हो । भारतीय गणतन्त्रको प्रभाव नेपाली राजनीतिमा प्रचुर मात्रामा पाइन्छ । भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीहरूको भूमिका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतीय नेतृत्वको शुभेच्छा र नैतिक सर्मथन नेपाल र भारतको मित्रताको महत्वपूर्ण पाटो हो । सन् १९५० जनवरी २६ का दिन भारतमा संविधान घोषणा भएको दिन हो । संविधान घोषणा र प्रजातान्त्रिक गोरेटोको यात्रासंग संगै भएको कारणले गर्दा भारतको गणतान्त्रिक दिवसको समिक्षा र अवलोकन विश्व समुदायले पनि वडो रुचिका साथ गर्दछ ।

भारतले आफ्नो सात दशकको गणतान्त्रिक यात्रामा प्रजातान्त्रिक पद्धतिको प्रयोग र अनुशरण आफ्नै परिवेश र परिस्थिति अनुसार गर्दै आएको छ । हरेक सरकारले केही नयॉ पन देखाउन खोजेकै हुन्छ । भारतका वरिष्ट राजनीतिज्ञ र मूर्धन्य विद्वान डा. कर्ण सिंहले आफ्नो राजसभाको विदाई समारोहमा एउटा रोचक कुरा के आग्रह गरेका थिए कि भारतका प्रत्येक प्रधानमन्त्री पंण्डित जवाहर लाल नेहरुदेखि नरेन्द्र दामोदर मोदीसम्म केही न केही आफ्नोपन पक्कै देखाएको पाइन्छ । अर्को शब्दमा भन्ने हो भने प्रत्येक प्रधानमन्त्री राष्ट्रिय निर्माणको संकल्प पक्कै लिएको देखिन्छ । भारतका प्रथम प्रधानमन्त्री पण्डित नेहरु उच्च कोटिका विद्वान थिए । उनका पुस्तक “भारतको खोज” “संसारका इतिहासका झलक” र “आत्मकथा” संसारका उच्च कृतिका रूपमा लिइन्छन् । नेहरु स्वतन्त्रता संग्रामका नायक थिए ।

प्रधानमन्त्रीको रूपमा संसदीय वहसलाई उनले उच्च प्राथमिकतामा राख्थे । तत्कालीन भारतीय संसदमा सांसदहरू मनिषि र त्यागी व्यक्तिहरूको ताती नै थिए । उनीहरू स्वतन्त्रता संग्रामका राप र तापवाट वढी प्रभावित थिए । हिरेण मूखर्जी, भुपेस गुप्ता, तारकेशवरी शिन्हा, डा. श्यामा प्रसाद मूखर्जी, डा. राम मनोहर लोहिया जस्ता वहुसंख्यक मात्रामा संसदहरू विद्वत वर्गको नै थियो । नेहरु हरेक संसदीय वहषमा सरिक हुन्थे । सांसदलाई हौसला प्रदान गर्थे । अटल विहारी वाजपेयी किशोर अवस्थामा संसदमा प्रवेश गरेका थिए । उनको वक्तृत्ववाट प्रभावित भएर आउने दिनमा यो युवाले देशलाई हाक्न सक्छ भने नेहरुले भविष्यवाजी गरेका थिए ।

प्रजातन्त्रिक अभ्यासका साथै नेहरुलाई असंलग्न राष्ट्रहरूका प्रणेताका रूपमा नै लिइन्छ । सोभियत रुस र अमेरिकाको रक्साकसीमा साना साना गरिब राष्ट्रहरू भर्खरै सम्राज्यवादको चंगुलवाट छुटकारा पाएका मुलुकहरूको लागि आफ्नो पहिचान जोगाउन असंलग्नताको प्रयोग गर्नु पर्दछ भने नेहरुको आग्रह थियो । नेहरु गान्धीवादको छत्र(छायाबाट पल्लवित र पुस्पित भए तापनि गान्धी अर्थनीतिको पक्षधर थिएन । फेवियन समाजवादवाट प्रभावित भएका नेहरु भारतलाई औद्योगीकरण र मिश्रित अर्थव्यवस्थाको माध्यमवाट रूपान्तर गर्न खोजेका थिए । नेहरुले भारतमा संस्थागत वाटमा लग्ने नेहरु नै हुन् । तर सन् १९६२ मा चिनसंग पराजय खप्नु, काश्मिरलाई स्वंय अन्तर्राष्ट्रियकरण गर्नु, अलसंख्यकलाई आवश्यकता भन्दा वढी प्रश्रय दिनु जस्ता नीतिहरूका आडमा अहिले नेहरुलाई प्रश्नको विचमा घेरावंन्दी हिन्दुत्व धारका नेतृत्व गणहरूले गर्ने गरेको छन् ।

नेहरु पछि लाल वहादुर शास्त्रीको प्रधानमन्त्रीत्वकालाई इतिहासले वडो उच्च मूल्याङ्कन गर्ने गरेको छ । शास्त्री सादगी र इमान्दारिताका प्रतीक थिए । सरकारी गाडी आफ्ना परिवारका सदस्यहरूलाई पनि चढन निषेध गरेका थिए । उच्च नैतिक वलका धनी शास्त्री निष्ठाका राजनीतिका लागि स्मरण गरिन्छ । रेलवे मन्त्री हु‘दा भारतमा रेल दुर्घटन भएको वेला राजिनामा दिएर नैतिक दायित्वको थालनी गरेका शास्त्रीले राजनीति र नैतिकतालाई पर्यायवाचीको रूपमा लिन्थे । भिएतनाम विषयलाई लिएर अमेरिकाले भारतलाई खाद्यान्न निर्यात वन्द गरेको वेला शास्त्रीले स्वयं सातामा एक दिने उपवास वस्ने संकल्प लिएर प्रत्येक देशवासीलाई एक दिन उपवास वस्न आग्रह गर्दै “जय जवान र जय किशान” को नारा दिएर भारतमा कृषि क्रान्ति गाएर खाद्यान्नमा आत्म निर्भर बनाए । शास्त्री मितव्यता प्रधानमन्त्री निवासवाट नै सुरु गरेका थिए । सन् १९६५ मा पाकिस्तानलाई पराजित गरेर सन् १९६२ मा भारतको हारको घाउमा मलहम लगाऊन सफल भएका शास्त्रीको प्रधानमन्त्रीत्व नै जम्मा दुई वर्षको मात्र थियो ।

शास्त्री पछि भारतमा प्रधानमन्त्रीको रूपमा वढी चर्चामा हुने गरेका इन्दिरा गान्धी नै हुन् । इन्दिरा शास्त्रीको मन्त्रीमण्डलमा सूचना मन्त्रीको रूपमा अनुभव वटुलेकी थिइन् । इन्दिरा खास गरेर राष्ट्रभक्ति र कटर राष्ट्रवादको लागि चर्चाका पात्रका रूपमा लिइन्छ । सन् १९७१ म पाकिस्तानलाई विभाजन गरेर वंगलादेशका धाइआमा वन्न सफल हुन भएकी इन्दिरा गान्धी अमेरिकी नेतृत्वसंग सिधै टक्कर लिन सक्ने क्षमता भएकी नेतृ थिइन् । भारतको इतिहासमा उनलाई “लौह महिला” भन्ने गरेका छ । त्यस पछि श्रीमती गान्धी प्रजातान्त्रिक बाटोवाट विमुख भइन । आपत्तकालीन समयको घोषणा भयो । प्रतिक्रियामा जे.पी. आन्दोलन भयो । जे.पी. आन्दोलनवाट इन्दिरा फेरी कालान्तरमा प्रजातन्त्रको गोरेटोमा लागिन । इन्दिरा पछि मुरारजी देसाइको कार्यकाल त्यति उल्लेख्य छैन । हुनतः देशाईले सन् १९६२ देखि भारत र चिनको विच सम्वन्ध सुन्यतालाई क्रमभंग गर्दै सम्वादको वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । आफ्नो परराष्ट्र मन्त्री वाजपेयीलाई चिन पठाएर सम्बन्धमा सहजता ल्याउन उनले अथक प्रयास गरे । देसाई पछि राजिव गान्धीको प्रधानमन्त्रीत्व काल जोश र जॉगरले भरेको पाइन्छ ।

आधुनिकीकरण उनको सपना थियो । तत्कालिन समयमा उनको आधुनिकीकरणको शैलीलाई कटाक्ष गर्दै वंगलाका वामपंथी नेता उनलाई “मिस्टर कम्प्युटर” भनेर कटाक्ष गर्ने गर्थे । सार्कको सक्रियता र दक्षिण एसियाको समृद्धि राजिवको ठुलो लक्ष्य थियो । श्रीलङ्काका अमन र चयनको लागि उनले सैनिक हस्तक्षेप नै गरे । चिन संगको सम्वन्धमा नयॉ पनको अनुभुति राजिवको प्रमुख उपलब्धिको रूपमा लिने गरिन्छ । राजिव पछि चन्द्रशंखर र इन्द्र कुमार गुजराललाई पनि इतिहासले आदर पूर्वक स्मरण गर्दछन् । चन्द्रशेखरको दृष्ट्ठिकोण साना मुलुकहरूप्रति वडो साकारात्मक थियो । तर इन्द्र कुमार गुजारालाई उनको परराष्ट्रनीतिको कारणले गर्दा कूटनीतिका क्षेत्रमा वडो आदर गरिन्छ । उनको सिद्धान्तलाई “गुजराल इक्ट्रिन” भनिन्छ । यस सिद्धान्तअनुसार ठुला मुलुकहरूसंग त्यही मात्रा सहयोग अपेक्षा गर्नु हु‘दैन भन्ने उनको आग्रह थियो । तर प्रधानमन्त्रीको रूपमा नरसिंहा रावको कार्यकाल अर्थनीति, कूटनीति र राजनीतिको लागि वडो चाखलाग्दो विषय छ । राव इतिहासको जटिल मोडमा प्रधानमन्त्री भएका थिए ।

सोभियत विखण्डन, विश्वमा आर्थिक मन्दीको छायॉ, चिनको आर्थिक उदय, भारतमा सोधान्तरणको समस्या र सरकार गठवन्धनको हुनु जस्ता अनेकौ समस्यावाट राव घेरिएको थियो । तर रावले चुनौतिलाई अवसरको रुपमा लिदै भुमण्डलिकरणको मर्म अनुसार खुला अर्थनीतिमा राष्ट्रलाई प्रवेश गराए । भारतको आर्थिक वृद्धिदरलाई अर्थ विश्लेषकहरू “हिन्दु आर्थिक वृद्धिदर” भन्ने गर्थे । रावले डा. मनमोहन सिंहलाई अर्थमन्त्रीको जिम्मेवारी दिदै भारतको ३.५ वाट ८.५ मा वृद्धिदर ल्याउन सफल भए । जुन कि न विगतमा भएको थियो न वर्तमानमा । रावको कूटनीतिको महारथ संसारले स्वीकारेका थिए । जुन वेला यासर अराफत भारत भूमिमा थिए । त्यही वेलामा नै उनले इजरायलमा दुतावास खोले । त्यस कारण जानकारहरू रावलाई “चाणक्य” भनेर आदर गरेका छन् । डा. मनमोहन सिंहको प्रमुख उपलब्धिको रुपमा अमेरिकासंग भएको न्यूकिलियर सम्झौता र विश्व आर्थिक संघ संगठनसंगको सहकार्यको रूपमा लिइन्छ । अब हिन्दुत्व धारको कुरा गरौं । हिन्दुत्व धार खास गरेर परराष्ट्र नीति र अर्थनीतिमा नीतिगत रूपमा त्यति फरक देखिदैन । अटल विहारी वाजपेयी परमाणु परिक्षण गरेर राष्ट्रिय शक्तिको उद्घोष गरे ।

वाजपेयी पाकिस्तानसंग सम्वन्धमा नयॉ परिर्वतन गराउ‘न लाहोर बस यात्रा र आगरा शिखर सम्मेलन जस्ता अनेकौ प्रयास गरे पनि वदलामा कारगिल युद्ध, इन्डियन एयर ल्याइन्सको अपहरण र भारतीय संसदमा आक्रमण जस्ता पाकिस्तानवाट परितोषक पाए । मोदीको पहिलो कार्यकालको उपलब्धि खास गरी विदेश मामिलामा रह्यो । मोदीको कार्यकालमा प्रतिक्रियात्मक कूटनीति भन्दा क्रियात्मक कूटनीतिमा परिर्वतन भएको छ । डोक्लम विवादलाई उहान भेट वार्तावाट मत्थर गर्नु, संघाई, व्रिक्स, रसियाना जस्ता अनैकौ अन्तर्राष्ट्रिय मञ्च विश्व समस्यालाई समाधान मुखी बनाएर अगाडि वढ्नु मोदीको परराष्ट्र नीतिको ध्येय रहेको छ । वास्तवमा वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक वातावरणमा इरान र अमेरिकासंग सन्तुलित सम्वन्ध राख्नु, रुस र अमेरिकासंग पनि सन्तुलित सम्बन्ध राख्नु र इजरायल र खाडिसंग पनि उस्तै सम्बन्ध राख्नु मोदीको परराष्ट्र नीतिको सार्मथ्य र कौशलता हो ।

नेहरुदेखि मोदीसम्मको प्रधानमन्त्रीहरूको कार्यकाललाई दृष्टिगोचर गर्दा भारतको उच्च राजनैतिक नेतृत्वसंग देशप्रतिको निष्ठा कुनै न कुनै रूपमा जागृत छ । भारतको गणतान्त्रिक यात्रा प्रजातन्त्रको रेलमा भएको छ जसको प्रमुख संचालक प्रधानमन्त्री नै हुन्छ । गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण भारतवासीहरूलाई शुभकामना १ १ १