जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १४:४२

कोरोनाबिरुद्ध यसरी प्राप्त गर्न सकिन्छ बिजय


चैत ९ गतेबाट देश एक प्रकारको लकडाउनको अवस्थामा छ । यो सबै सुन्दा निक्कै राम्रो तयारी मानु पर्दछ । अवका दिनहरुमा १०० बेड भएका अस्पतालहरुले विरामी रिफर गर्न नपाइनेसम्मको निर्देशन जारी गरेको छ भने इमर्जेन्सी अवस्थामा बाहेका अप्रेशन र नियमित परीक्षणलाई बन्द गरी अबका दिनमा इमर्जेन्सी सेवा २४ घण्टा दिने सरकारले सबै सरकारी तथा नीजि अस्पतलमा परिपत्र गरी कोरना भाइरसको विश्वव्यापी संकट बिरुद्ध लड्न तयार रहेको देखिछ । सरकारको यस प्रकारको तयारी र प्रयासको प्रसंशनीय छ 

शुभराज पोखरेल

कोरना भाइरसले विश्वलाई आतंकित पारिरहको स्वास्थ्य संकटको यस घडीमा पनि हाम्रो स्वास्थ्य सेवा नराम्रोसँग धर्मराएको छ । नेपालको सबै हिसाबले सुविधा सम्पन्न एक नम्बर प्रदेशमा माननीय सांसदले रुघाकोकी लाग्दा उपचार पाउँदैनन । उनीलाई पूर्वाञ्चलका कुनैपनि सरकारी तथा नीजि अस्पतालले छुन मान्दैनन र काठमाडौं रिफर गरिन्छ । उनी आफु सामान्य उपचारबाट वञ्चित भएको सदनमा सुनाउँछन् । मननीयहरुको यो हातल छ, सर्वसाधारणको अवस्था कस्ता होला ?

नवलपरासीमा बिरामी परेका एकजना व्यक्ति उपचारको क्रममा नवलपरासी, बुटवल, चितवन र काठमाडौंका सरकारी तथा नीजि कुनै पनि अस्पतालमा उपचार नपाएर जीवन मरणको अवस्थामा पुग्न बाध्य हुन्छन । मुख्यमन्त्रीको ठाडो आदेशमा बल्ल तल्ल अस्पतालमा बेड पाउँछन् । यहाँ उनी पनि भाग्यमानी नै रहेछन् जसको पहँुच मख्यमन्त्रीसम्म भएकै कारण एक हप्तापछि भएपनि अस्पतालको बेड पाएका छन् । यसरी स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा खुल्लारुपमा मानव जीवनमाथि खेलवाड भइरहेको छ । यदी उनको यसरी अस्पताल घुमाउँदा घुमाउँदै मृत्य भएको भए यसको जिम्मेबार को हुने थियो ? अस्पतलहरुले यसरी एक ठाउबाट अर्काे ठाउँमा रिफर गर्दा उनीसँग सरुवा रोगको भाइरस भएमा उनीबाट सहजै एक सय भन्दा बढिमा फैलिन सक्ने सम्भावना हुन्छ । यसबाट हुने नकारात्मक प्रभावको जिम्मेवारी कसरले लिने ? एकहप्तापछि मुख्यमन्त्रीको निर्देशन पछि भर्ना भएका व्यक्तिको रगत तथा खकार परिक्षण गर्न पुनः काठमाडौं केन्द्रीय प्रयोगशामा नै ल्याउनु पर्ने र त्यसको रिपोर्टको लागि २÷४ दिन नै कुर्नुपर्ने हाम्रो देशको बाध्यता छ ।

नाम बताउन नचहाने मनोमोहन अस्पताल सोह्र खुट्टेका एक कर्मचारीका अनुसार ज्वरो र रुघाखोकीका लागेका मानिसहरु उपचारका लागि आएमा यदि डाक्टरलाई कोभिड १९ को शंका लागेका बिरामीलाई छुँदा पनि नछोई टेकु जानु भिनी पठाईन्छ । यी र यस्ता घटनाहरु नितान्त थोरै संचारमाध्यमबाट सर्वजनिक भएका हुन् । यसरी स्वास्थ्य सेवाबाट वञ्चित भएका हजारौं मानिसहरु जो स्थानीय स्वास्थ्य केन्द्रभन्दा बाहिर जानको लागि आर्थिक अभावका कारण घरमै मृत्यु वरण गर्नु बाहेकको विकल्प छैन ।

देशमा जब महामारी फैलिन्छ, मानव जीवनको सुरक्षाको दायित्व सरकारको हुन्छ । यस्तो अवस्थामा राज्यको सबै संयन्त्रहरु मूलतः स्वास्थ्य संयन्त्रले तत्कालै एक्सन लिनुपर्ने हुन्छ । नेपालको परिस्थिति त्यसको ठिक विपरित छ । सरुवारोग नियन्त्रण गर्न अस्पताल तथा प्रयोगशाला देशको राजधानीमा मात्र सिमित छन । कुना कन्दरका सर्वसाधारण माननिसको स्वास्थ्य सेवाको पहुँच नहुनु नेपालीको नियति नै हो । गाउँमा पुगेका स्वास्थ्य सेवा प्रदायक निकाय स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकी २१ औं शताब्दीमा पनि सिएमए, अनमीको भरपर्नु हाम्रो यथार्थता हो । यसमा नत प्रयाप्त औषधी छ नत कुनै ल्यावको व्यवस्था छ ।

विदेशबाट आउँनेहरुलाई सामान्य ज्वरो नाप्ने र खोकी लागेको छ वा छैन भनेर सोध्ने काममा पनि स्वास्थ्य अधिकृत छैनन । समाजप्रति जिम्मेवार सिएमए, हेल्थ असिस्टेन, अनमी र स्टाफ नर्सहरुको जिम्मामा छ । उनीहरुका लागि आवश्यक सुरक्षा सामन भाइरस प्रतिरोधात्मक माक्स, पन्जा, र सेनिटाईजरको समेत अभाव रहेको छ । यहाँ कुनै जिम्मेवार डाक्टरहरुलाई सरकार खटाउन सकदैन । यसरी सामन्य स्वास्थ्य कार्यकर्ताको भरमा कोरना भाइरस भए नभएको आधारमा हरेक दिन हजारौं विदेशी तथा स्वदेशी नागरिकहरु नेपाल भित्रीरहेका छन् । हरेक नेपालीलाई आफ्नो देशमा स्वतन्त्र आगमनको अधिकार छ । यदी उनीहरुमध्ये कोही कोरना भाइरस संक्रमित भएमा सँगै आउने संयौ व्यक्ति त्यसको सिकार हुन पुग्दछन् भने उनीहरुको सम्पर्कमा पुग्ने परिवारका सदस्य, आफन्त र सम्पर्कमा पुग्ने जो कोही पनि यसबाट प्रत्यक्ष प्रभावित हुनेछ । त्यस्तो अवस्थामा नेपालको स्वास्थ्य सेवा प्रदायक निकायले एक्लो टेकु अस्पतालले कसरी धान्ला ।

पछिल्लो समयमा कोभिड १९ प्रभावित देशबाट आएकाहरुलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाईमा बस्नु भनिएको छ । उनीहरुको अवस्थाको बारेमा कुनै जानकारी सरकारसँग छैन । उनीहरु नेपालमा प्रवेश गरेसँग गाउँघरसम्म पनि पुगिसकेका हुनसक्छन् । उनीहरुमध्ये कोही कोराना संक्रमित भएमा हाम्रो हालत के हुने हो ! सेल्फ क्वारेन्टाईको आफ्नै मापदण्ड छ । हाम्रा गरिब परिवारका मानिसहरुले भारतका विभिन्न सहरदेखि विश्वका बिभिन्न देशमा श्रम गर्न बाध्य भएर गएका हुन् । उनीहरुको परिवार सहरमै बसेको भएपनि प्रायको एउटा मात्र कोठा छ । यदी गाउँ घरमै गएपनि उनीहरुको घरमा कोठै छैनन् र भएमा पनि एउटा मात्र छ । जहाँ दश बाह्र फिटको कोठामा चार पाँच जनाको परिवार बस्नै पर्ने बाध्यता छ । काठमाडौं उपत्यकामा पानी र सेनिटाइजरको अभाव छ । पूरा घर भरीका सबैको लागि एउटा मात्र शौचालय छ । यस्ता अवस्थामा सेल्फ क्वारेन्टाईको कस्तो अपेक्षा गर्ने ।

सामन्य शंका लाग्नसाथ डाक्टरहरुले बिरामी नछुने तथा सरकारी तथा नीजि अस्पतालले बिरामी भर्ना नगर्ने । सिमानामा खुल्ला आवतजावत र त्यहाको स्वास्थ्य परीक्षणको जिम्मा पारामेडिकल पर्सन र सामान्य स्वयंसेवकले मात्र गरिरहेको अवस्थामा सर्वसाधारण जनताले राज्यको स्वास्थ्य सेवालाई कसरी आत्मसात गर्ने ?  नेपाल सरकारले चीनबाट उद्धार गरेर विद्युत प्राधिकरणको तालिम केन्द्र भक्तपुर खरिपाटीकमा १४ दिने क्वारेन्टाईनमा राख्दा राष्ट्रिय प्रयोगशला टेकु र आर्मी अस्पतालका डाक्टरहरुको मात्र संलग्नता देखियो । यसरी हेर्दा सरुवारोग अस्पताल टेकु र आर्मीहरुमात्र कोरना भाईसर संक्रमितको उपचारका लागि जिम्मेबार बनेको जस्तो लाग्दछ ।

सर्वसाधारणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्तिलाई आफ्नै घरमा सुरक्षित रहन अपिल गर्दै देशलाई लकडाउनको राख्ने घोषणा सार्वजनिक गर्नुभयो । विभिन्न प्रदेश सरकारहरुले पनि बेड सहितको अस्थाई आईसुलेशन हस्पिटल तयार गरेका वक्तव्यहरु आईरहेका छन् । नेपाल आर्मी अन्य सुरक्षा नियकहरु संयुक्त रुपमा तयारी रहेको जानकारी सार्वजनिक भईरहेका छन् । सरकारले शुक्रराज ट्रपिकल अस्पतल टेकु, विर अस्पताल, टिचिङ अस्पताल महाराजगंज र वि.पि अध्ययन प्रतिष्ठान धरानमा कोराना भाइरसको परीक्षण हुने जाकारी सार्वजनिका गरेको छ । नेपाल आर्मीले आइसुलेशनमा राखेर विरामीको उपचार कसरी गर्ने भन्ने बारेमा डेमो नै गरेर आफ्ना मातहतमा पूर्वतयारी अभ्यास सम्पन्न गरेको छ ।

चैत ९ गतेबाट देश एक प्रकारको लकडाउनको अवस्थामा छ । यो सबै सुन्दा निक्कै राम्रो तयारी मानु पर्दछ । अवका दिनहरुमा १०० बेड भएका अस्पतालहरुले विरामी रिफर गर्न नपाइनेसम्मको निर्देशन जारी गरेको छ भने इमर्जेन्सी अवस्थामा बाहेका अप्रेशन र नियमित परीक्षणलाई बन्द गरी अबका दिनमा इमर्जेन्सी सेवा २४ घण्टा दिने सरकारले सबै सरकारी तथा नीजि अस्पतलमा परिपत्र गरी कोरना भाइरसको विश्वव्यापी संकट बिरुद्ध लड्न तयार रहेको देखिछ । सरकारको यस प्रकारको तयारी र प्रयासको प्रसंशनीय छ । यति हुँदाहुँदै पनि कोरना भाईसरको परिक्षणका लागि किट प्रयाप्त नहुनु साथै सबै प्रदेशमा प्रयोगशाला नहुनु अहिलेको ठुलो चुनौती हो । हिजोका दिनसम्म कोरनाको संकालाग्न लागेका बिरामीको छेउमै नजाने डाक्टरहरुले भोली देखिनै बिरामीको उपचारमा जान्छन ? यो अर्काे चुनौती रहेको छ ।

डाक्टर तथा स्वास्थ्य सेवामा लाग्नेहरुका लागि प्रयाप्त सुरक्षा सामग्रीको अभावकका कारण डाक्टर, नर्सहरुको सुरक्षाको बिषय अर्काे संवेदनििसल पक्ष हो । एउटा जस्ताको टहराभित्र दशौं परिवार र त्यस टहरामा सायौं सदस्यहरुले एउटै धारो शौचालय प्रयोग गरिरहेको अवस्थामा कोही एक संक्रमित भएमा उनीहरुको संरक्षण कसरी गर्ने ? अहिलेको लकडाउन दश दिनबाट बढेर एक वा दुई महिनासम्म लैजानु पर्ने अवस्था सिर्जना भएमा दिउँसो काम गरेर छाक टार्ने परिवारलाई कसरी खाना पुर्याउने भन्ने जस्ता गहन बिषयमा पनि सरकार गंभिर हुन जरुरी छ । सरकारले नेपाललाई लकडाउनको घोषणा गरिरहँदा अझै पनि नेपालको दक्षिण सिमाना खुल्ला रहँदा हुने जोखिमलाई ध्यान दिएर द्धीपक्षिय वार्तामार्फत सिमा बन्द गर्न ढिलो गर्नु हुँदैन । शहरबाट गाउँमा जानेको चाप बढेको छ । विदेशबाट आएकाहरु गाउँ गाउँ पुगेका छन् । यदी कसैलाई संकरण भएको अवस्थामा गाउँनै प्रभावित हुनसक्छ । यसप्रति सचेत भई गाउँघरमा पनि यातयातलाई रोक लागाउन ढिला गर्नु हुँदैन ।

अन्तमा जसरी राज्य सरकार कोभिड १९ बिरुद्ध लड्न जिम्मेबार बनेर लागेको छ । यसमा हरेक व्यक्ति जिम्मेवार बनी अत्यावश्यक कामले बाहेका घरबाट बाहिर ननिस्किने । भारत लगायत विश्वका जुनसुको देशबाट आउनुभएका स्वदेशी तथा बिदेशी सम्पूर्ण व्यक्तिहरु दुई हप्ताको लागि आफ्नै घरमा क्वारेन्टाईमा बस्ने । परिवार समाजमा जो कोहीलाई कोरानाको शंका लागेका तत्कालै अस्पताल जाने जस्ता जिम्मेवारी हरेक नागरिकले पूरा गरेमा हाम्रो देशले कोभिड १९ बिरुद्ध विजय प्राप्त गर्न सक्नेछ । जिम्मेवार नागरिकको परिचय दिऔं ! कोरानाबाट बचौं !!

अन्तमा आफ्नो स्वास्थको व्यवास्था गर्दै बिरामीहरुको जीवन रक्षाका लागि अहोरात्र खटिनुहुने स्वयमसेवक, एम्बुलेन्स चालक, सहयोगी कर्मचारी, पारामेडिकल पर्सन, नर्स, डाक्टरहरु प्रति हृदय देखिनै सम्मान छ ।