जनता टाइम्स

६ बैशाख २०७७, शनिबार ०९:२८

नेपाल रेडक्रसभित्र मौलाएको सद्दाम हुसेन प्रवृति


त्यससँगै नेपाल रेडक्रसका असल स्वयंसेवीहरु हराँउदै गए अनि मानवता हराएका गिरोहहरुको उपस्थिति देखापर्यो । २०७२ को भूकम्पले त नेपाल रेडक्रसको त्यो इमेज, साख ध्वस्त नै बनायो । भष्टाचार वढ्यो । नातावाद, क्रिपावाद वढ्यो । स्वइच्छाचारिता वढ्यो हाल नेपाल रेडक्रस स्वार्थी र सद्दाम हुसेन प्रवृतिका समुहले गर्दा बदनामको सिकार वन्यो

मनोज उपाध्याय

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय स्तरको ठुलो संजाल भएको मानविय संस्था हो । यसका ७७ वटै जिल्लामा शाखाहरु छन । प्रत्येक जिल्लामा औषदमा २० वटासम्म उपशाखा छन्। विभिन्न विषयमा तालिमप्राप्त स्वयंसेवकहरु छन्। यिनै शाखा उपशाखाको माध्यमबाट रेडक्रसले आफ्ना स्वयंसेवकहरु परिचालन गर्दछ । आपत, विपतको समयमा मानविय सहायताको काम गर्दछ। सरकारको सहयोगिको रुपमा आफ्ना कामहरु गर्दछ । तर विडम्वना विगत १ दशकदेखि एउटा स्वार्थि समुहको कमाइ खाने भाँडो बनेको छ । जसको कारण रेडक्रसको अन्तराष्ट्रियदेखि राष्ट्रिय छविसमेत विग्रिएको छ।

२०४५ सालको भूकम्प, २०४६ सालको जनआन्दोलन, २०५० सालको वाढी, २०६२/६३ को जनआन्दोलनमा नेपाल रेडक्रसले समुदायमा पुर्याएको योगदान उदाहरणिए नै भए। यस्ता कार्यमा नेपाल रेडक्रस सोसाइटीले गरेको स्वंयसेवाका कार्यमा अहोरात्र खटने स्वयंसेवकहरु हाल नेपाल रेडक्रस कहाँ छ रु खोजि गरिरहेका छन । समय फेरियो, व्यवस्था फेरियो, त्यससँगै नेपाल रेडक्रसका असल स्वयंसेवीहरु हराँउदै गए अनि मानवता हराएका गिरोहहरुको उपस्थिति देखापर्यो । २०७२ को भूकम्पले त नेपाल रेडक्रसको त्यो इमेज, साख ध्वस्त नै बनायो । भष्टाचार वढ्यो । नातावाद, क्रिपावाद वढ्यो । स्वइच्छाचारिता वढ्यो हाल नेपाल रेडक्रस स्वार्थी र सद्दाम हुसेन प्रवृतिका समुहले गर्दा बदनामको सिकार वन्यो ।

विश्व नै हाल कोरोना भाइरस (कोभिड १९) को महामारीको चपेटामा परेको छ । रेडक्रसले यस्तै महामारी, आपत, विपतमा काम गर्ने हो । हाम्रा समुदायसम्मको नेटवर्कको परिचालन यस्तै अवस्थामा हुने हो । महामारी फैलन नदिनको लागि घरदैलो कार्यक्रम गर्ने, हात धुन सिकाउने, समुदायमा वाहिरबाट आउने मानिसको तथ्याकं संकलनमा वडालाई सघाउने, जिल्ला वाहिर वा बैदेशिक रोजगारिबाट आउनेलाई टेस्ट गर्नको लागि सहयोग गर्ने, दैनिक ज्यालादारी, मजदुरी गर्नेहरुको तथ्याकं संकलनमा स्थानीयस्तरलाई सहयोग गर्ने, पैदलयात्रीहरुलाई पानीलगायत खाद्यन्यको व्यवस्था गर्ने, स्थानीयस्तरका समुदायिक भवनहरुमा उनीहरुलाई गाँसवासको व्यवस्था मिलाउने, स्थलगत स्थानबाट (धुम्तीसेवा) नै पारिवारिक सम्पर्क गर्ने गराउने जस्ता कार्यहरु नेपाल रेडक्रसबाट सजिलै गर्न सकिन्थ्यो । तर यो विपतिमा नेपाल रेडक्रस कहाँ छ, थाहा छैन, गर्दैछ के थाहा छैन ।

हुनत, नेपाल रेडक्रसको बैधानिक अवस्था संस्था नविकरण हुन नसकेको समय २०७६ असोज मसान्तबाट पुर्णरुपमा नै सकिएको छ । अवैधानिक संस्थाले गरेका गतिविधिहरु कसरी वैध हुने हो रु सो भविष्यले देखाउने नै छ । संस्थामा भएका भ्रष्टाचारका विषयमा गरिएका छानविन र तिनिहरुको निष्कर्षअनुसार तत्काल चाल्नपर्ने कदमहरु सरकारबाट चाल्न नसक्नुले पनि नेपाल रेडक्रसभित्र भ्रष्ट्राचार र अनियमितताहरु डरलाग्दो तवरबाट हुँदै गएको छ ।

संस्थाभित्र अनियमितता, नातावाद, क्रिपावाद, भ्रष्ट्राचार र स्वइच्छाचारिता वढ्नुमा निम्न तथ्यहरु वा रेडक्रसकर्मीहरुका तितो सत्य हुन ।

 नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा, प्रदेश शाखा, केन्द्रीय कार्यसमितिको निर्वाचनमा भाग लिन योग्यता पुगिरहेका २ लाख २४ हजार ३ सय २७ सदस्यहरूमध्ये ७७ जिल्ला शाखाकार्य समितिको निर्वाचनमा २ लाख १७ हजार ६ सय ४२ बियालिस र सात वटा प्रदेश कार्य समितिको निर्वाचनमा २ लाख २४ हजार १ सय ६ जना सदस्यहरु र केन्द्रीय कार्य समिति को निर्वाचन मा २ लाख २४ हजार १ सय २ दुई सदस्यहरू निर्वाचनमा भाग लिनबाट बडो चलाखीपुर्ण संसोधन (जिल्ला सभादेखि केन्द्रीय सभासम्म गठन र ती सभासदबाट मात्र तत-तत तहको कार्यसमिति गठन हुने संकुचित संसोधन व्यवस्था) बाट बञ्चित गरी रेडक्रसमा सिन्डिकेट गुटबन्दीले जरो गाडदै आएको छ ।

 जिल्ला सभापतिहरू, प्रदेश अध्यक्षहरू, केन्द्रीय अध्यक्षलाई प्रदत्त कार्यसमिति सदस्य मनोनित गर्ने तथा सभासद मनोनित गर्ने तथा कार्यसमिति पुनर्गठन गर्न पाउने थप सुबिधा व्यवस्थालगायत सम्बन्धित निकाय तहका सभापति अध्यक्षहरूले माथिल्लो तहका सभा अधिवेशनमा अनिवार्य प्रतिनिधित्व गर्न पाउने आरक्षण व्यवस्थाले सिन्डिकेट गुटबन्दीको जरो झनै बलियो बनाउन सभापति, अध्यक्षहरू शक्तिशाली भै नाताबाद, कृपाबाद सिन्डिकेट, गिरोहलगायत आर्थिक प्रशासनिक बिकृति, बिसंगति, अनियमितता भ्रष्ट्राचारजन्य कृयाकलापहरूले प्रशय प्राप्त गर्दै आएको छ ।

 एक पदाधिकारी सदस्यले एउटा तहको कार्यसमितिमा कति बस्ने सिमा निर्धारण नगरी दिदा सिन्डिकेट गुटबन्दी पक्षधरहरूबाट भ्रष्ट्राचार कृयाकलापहरू प्रोत्साहित हुदै आएको छ ।

 केन्द्रीय कार्यसमिति, केन्द्रीय सभाले आर्थिक प्रशासनिक अनुशासन कायम गर्न, शाखा उप शाखा बिस्तार संचालन व्यवस्थापनको मान्यता दर्शन अवधारणा (Philosophy concepts of Branches management) को पालना, सिंगो नेपाल रेडक्रस सोसाइटीको समष्टिगत एकिकृत यथार्थ आर्थिक अवस्था बिवरण बार्षिक सार्वजनिक गरी पारदर्शी भै सरकार र सरोकारवालाहरुको बिश्वास आर्जनगर्न का लागि सेन्ट्रलाइज्ड एकाउन्टिङ सिस्टम, सेन्ट्रलाइज्ड अडिट सिस्टम, सेन्ट्रलाइज्ड आन्तरिक लेखापरीक्षण सिस्टम, एकिकृत कार्यक्रम बजेट, उपशाखा जिल्ला शाखा संचालनका लागि बजेट बिनियोजन, एकिकृत आय व्यय हिसाव बिवरण, नगद प्रवाह बिवरण, वासलात अनुसूचीहरू लेखापरीक्षण प्रतिवेदन र प्रमुख लेखा नीति तथा टिप्पणि, एक बिधान एक नियमावली, उपशाखा देखि केन्द्रीय तहसम्मको कर्मचारी दरबन्दी नियुक्ति तलव सुबिधा तथा आर्थिक प्रशासनिक नियमहरुमा एकरूपताको अपरिहार्यता ५५ बर्ष सम्म व्यवस्थापन नगरी केन्द्र देखि जिल्ला तहसम्म अनेक बिकृति, बिसंगति, अनियमितता, भ्रष्ट्राचारजन्य कृयाकलाप भोट प्राप्तिको लागि प्रोत्साहित गर्दै आएको छ ।

 नेपाल सरकारले बिधान संशोधन प्रमाणिकरणलगायत रेडक्रस ऐन कानून निर्माणमा तदारुकताका साथ समयमै गम्भीर चासो नलिएको नदेखिएको हुदा रेडक्रसमा बिकृति, बिसंगति, नाताबाद, कृपाबाद, सिन्डिकेट, गुटबन्दी आर्थिक, प्रशासनिक अनियमितता, भ्रष्ट्राचारजन्य कृयाकलाप प्रबृति फस्टाउँदै आएको छ ।

 आर्थिक प्रशासनिक अनियमितता, बिकृति, बिसंगति, भ्रष्ट्राचारजन्य कृयाकलापको तत्कालै छानबिन अनुसंधान कारवाही सजाय सिफारिस निर्णयको अन्तिम टुङ्गो लगाउन नसक्दा नेपालमा सम्पत्ति शुद्धिकरण, भ्रष्ट्राचार उन्मुलन सम्बन्धी नीति, नियम, ऐन, कानूनलगायत जिम्मेवार पक्षहरूको मुल्यांकन कसले कसरी गर्लान नगर्लान रु के होला सरकार ?

 अस्तव्यस्त नेपाल रेडक्रस सोसाइटीमा आवश्यक आमुल सुधारको लागि नेपाल सरकार मन्त्रिपरिषद्ले बैधानिक संकटको घेराभित्र परिसकेको बर्तमान केन्द्रिय कार्यसमिति वा व्यवस्थापन समिति र स्टेयरिङ कमिटी बिघटन, अन्तरिम संचालन समिति गठन, अध्यादेश मार्फत रेडक्रस ऐनकानून प्रदान गर्न र रेडक्रस ऐनकानून बमोजिम निर्वाचन गराई संस्थालाई बैधानिक गति प्रदानगर्न गराउन अझै ढिलो गरीरहनु एउटा मानविय संस्थाको पूर्ण अवसान हो । तसर्थ नेपाल रेडक्रस सोसाइटीले कहिले निकास पाँउछ सरकार ?

(लेखक नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरगंका पुर्वसभापति हुनुहुन्छ ।)