जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार ११:५८

समुदायमा संक्रमण नहोस् भनेर गरिएका प्रयासहरु अहिलेसम्म सफल : मुख्यमन्त्री पोखरेल


शंकर पोखरेल, मुख्यमन्त्री, प्रदेश–५

भारतवाट नेपाल प्रवेशको मुख्य नाकाहरु धेरै भएको र अन्य प्रदेशवाट आउनेको समेत सुरुका दिनमा व्यवस्थापन गर्नु परेको तथा पछिल्ला दिनमा प्रदेशमा क्वारेन्टाइनमा वस्नेको संख्या अत्यधिक हुदा व्यवस्थापनमा केही समस्या भएको र त्यसवाट संक्रमितको संख्या पनि केही वढेको अवस्था रह्यो । तर यसवाट समुदाय संक्रमित हुनवाट निकैहदसम्म जोगिएको छ र जोगाइएको छ ।

भारतवाट आउनेहरुमा संक्रमितको संख्या एकैचोटी वढेका कारणले सुरुमा विरामीलाई अस्पतालमा राख्न केही कठिनाइ देखिएको हो । तर पछि आइसोलेसन सेन्टरको अवधारणावाट समस्या समाधान गरिएको छ । अवदेखि पोजेटिभ तर लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ। यसवाट लक्षण देखिएका पोजेटिभ विरामीका लागि उपचारमा सहजता कायम भएको छ।

संक्रमित थपिने र निकोहुने दर पनि क्रमशः वढ्दै गएको छ । भारतवाट आउनेहरु प्राय युवाभएका कारणले निकोहुने दर अव क्रमशः वढेर जानेछ । त्यसवाट नयाँ केशका लागि आइसोलेसन सेन्टर र अस्पतालमा ठाउ खालि हुदै जानेछ । भारतवाट आउनेको दर क्रमशः घटदो अवस्थामा छ र क्वारेन्टाइनमा वस्नेको अवधि पुराभइ खालिभइरहेको छ । यसवाट आगामी दिनमा क्वारेन्टाइनको अवस्थामा पनि उल्लेख्य सुधार हुनेछ ।

समुदायमा संक्रमण नहोस् भनेर गरिएका प्रयासहरु अहिलेसम्म सफल नै देखिएका छन् । अहिलेसम्म देखिएका संक्रमितमा ९२ प्रतिसत जति भारतवाट आउने छन् । एउटा हिस्सा व्यवस्थापन कार्यमा संलग्नहरुको छ । थोरैमात्र समुदाय स्तरमा पुगेको अवस्था छ । त्यो पनि कन्ट्रयाक ट्रेसिङको प्रकृयावाट पहिचान गरी अलग गरिने गरिएको छ । हाम्रो प्रदेशमा साउन महिनावाट संक्रमणको वढ्दो दर नियन्त्रणमा आउने आकलन गरिएको छ ।

क्वारेन्टाइनमा वस्नेको दुईहप्ता पछि आरडीटी परिक्षण गरिने व्यवस्था मिलाइएको छ । त्यसवाट पोजेटिभ देखिनेको पुनः पिसआर परिक्षण गरी सकृय केश पहिचान गर्ने विधि अवलम्वन गरिएको छ । रोगको लक्षण देखिएको र संक्रमितको प्रत्यक्ष रहेकाको हकमा पिसिआर परिक्षणको व्यवस्था मिलाइएको छ। यतिवेला पिसिआर परिक्षणको रिजल्ट आउन लामो समय लाग्ने गरेको छ । परिक्षणको क्षमता र दायरा वढाउने गरी काम अघि वढेको छ । त्यसका लागि राप्तीस्वास्थ विज्ञान प्रतिष्ठानमा थप मेसिन जडानको प्रकृयामा छ । प्रादेशिक प्रयोगशालाको क्षमता विस्तारको प्रकृया सुरुभएको छ । लुम्विनी प्रादेशिक अस्पताल र कपिलवस्तुमा पिसिआर मेसिन सहितको नयाँ प्रयोगशाला स्थापनाको काम अघि वढेको छ । यसवाट दुईहप्तापछि समयमै परिणाम प्राप्त हुनेछ ।

परिक्षणको दायरा वढेसंगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य वृद्धिहुने अनुमान गरिएको छ। पहिलो चरणमा २००० सम्म र त्यसपछि थप १००० पुग्न सक्ने अनुमान छ । तदनुरुपको व्यवस्थापनको तयारी भइरहेको छ । एक महिनापछि अहिलेको अवस्थामा क्रमशः सुधारको प्रकृया सुरुहुने अनुमान छ । केही समय धैर्यगर्दा व्यवस्थापन, परिक्षण र उपचारका साथै वन्दावन्दीको अवस्थामा पनि सुधार ल्याउन सकिने देखिन्छ । जनजीवनलाई सहज बनाउनेगरी तयारी पनि हुदैछ । धैर्य गरौ, भय र त्रासवाट जोगियौं । सामाजिक दुरी र स्वास्थ सुरक्षामा ख्याल गरौ । यतिगर्दा महामारीवाट आफु जोगिन र अरुलाई समेत जोगाउन सकिनेछ ।