जनता टाइम्स

१७ असार २०७७, बुधबार १५:२२

सत्यकै जीत हुनेछ नेकपा ‘युद्ध’मा


पार्टी अध्यक्ष प्रचण्डले आफ्नो विगत बताउने क्रममा सार्वजनिक रुपमा भन्नुभएको छ–म जुन पार्टीमा गएँ, त्यही पार्टी भत्काएँ । विगतमा कुन कुन पार्टी भत्किए, त्यसको हिसाब राखेर साध्य छैन तर उहाँ आउनु भएको पछिल्लो पार्टी नेकपाचाहिं भत्काउन त्यति सजिलो छैन । किनभने यो पार्टी केही नेताले मात्र बनाएको पार्टी होइन । मोहनविक्रमको पार्टी वा माओवादी पार्टी भत्काउन जति सजिलो छैन नेकपा भत्काउन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चालू स्थायी कमिटीको बैठकमा रस्साकस्सी भईरहेको छ । सर्वत्र अनेक आशंका छन । कतै पार्टीको कलिलो एकता नै धरापमा पर्ने त होईन भन्ने चिन्ता नेकपाका सबै नेता, कार्र्यकर्ता र मतदातामा छाएको छ । पार्टी एकताका नायकद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको समझदारीमा यहाँसम्म आईपुगेको पार्टीको एकता उहाँहरुबीच हाल देखिएको तिक्तताले संकटमा पर्ने हो कि भन्ने चिन्ता नितान्त स्वभाविक हो । भनिन्छ–युद्ध हतियारसहितको राजनीति हो र राजनीति हतियार बेगरको युद्ध हो । दोश्रो विश्वयुद्धताकाका चर्चित वेलायती प्रधानमन्त्री विस्टर्न चर्चिल भन्दथे–युद्धमा त एकपटक मर्ने हो तर राजनीतिमा सयौं पटक मर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी अडान र कामका कारण देशभित्र र बाहिरबाट आफूलाई सत्ताच्यूत गर्ने खेल भईरहेको बताउनु भएपछि नेकपा स्थायी कमिटीको बैठक एकाएक तात्यो र प्रधानमन्त्रीतर्फ पार्टी एकताका अर्का सूत्रधार अध्यक्ष प्रचण्डलगायत नेताहरुले आक्रोस ओकले । हाल प्रचलनमा आएको नक्साको विषय र नागरिकता विधेयकमा पार्टीको अडानको राजनीतिक लाभ लिनु त कता हो कता आ–आफैं ‘युद्ध’ गर्न तम्सनुबाट नेकपा वरिपरि गोलबन्द लाखौंलाख श्रमजीवी जनताको मन अमिलिएको छ । राजनीतिका हरेक मोडलाई कम्युनिष्टहरुको अन्तर्राट्रिय गीतमा भनिएझैं ‘अन्तिम युद्ध’ ठान्ने कम्युनिष्टहरुको पुरानै बानी हो । प्रधानमन्त्री ओलीविरुद्ध केही नेताहरु अन्तिम युद्धमा सामेल भएसरी प्रस्तुत हुनुलाई विगतको भन्दा निकै अस्वभाविक ढंगले हेरिएको छ ।

यसले पुष्टि गरेको छ–राजनीतिमा राम्रो काम गरेर आलोचना मुक्त होईन्छ, कमजोरीको मात्र आलोचना हुन्छ भन्ने हुँदोरहेनछ । राम्रो काम गर्दा पनि घेराबन्दी र विरोधको तारो बनिनेरहेछ ! पार्टी एकताको काम राम्ररी अगाडि बढ्न नसकेर पार्टी लकडाउनमा बसेको दुई बर्ष भईसक्यो । तृणमूल तहमा पार्टीका घनीभूत काम हुन छोडेको पनि दुई बर्ष नाघिसक्यो । पार्टीको शीर्ष नेतृत्वले त्यता ध्यान दिनु पर्ने हो । तर ध्यान प्रधानमन्त्रीको कुर्सी तानातानमा मात्र सीमित होलाजस्तो देखिदैछ । यो दुःखद् अवस्था हो । पार्टी अध्यक्ष प्रचण्डले आफ्नो विगत बताउने क्रममा सार्वजनिक रुपमा भन्नुभएको छ–म जुन पार्टीमा गएँ, त्यही पार्टी भत्काएँ । विगतमा कुन कुन पार्टी भत्किए, त्यसको हिसाब राखेर साध्य छैन तर उहाँ आउनु भएको पछिल्लो पार्टी नेकपाचाहिं भत्काउन त्यति सजिलो छैन । किनभने यो पार्टी केही नेताले मात्र बनाएको पार्टी होइन । मोहनविक्रमको पार्टी वा माओवादी पार्टी भत्काउन जति सजिलो छैन नेकपा भत्काउन ।

कम्तीमा पाँच बर्ष शासन गर्न नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्ने, पार्टीलाई सांगठानिक र वैचारिक हिसाबले मजबुत र चलायमान बनाउने, पार्टी र सरकारविरुद्ध चालिएका र चालिनसक्ने सबै प्रकारका प्रतिक्रियावादी षडयन्त्रलाई सबै एकताबद्ध भएर निस्तेज गर्ने गुरुत्तर अभिभारा बोकेको पार्टीका नेताहरु सहमति, सहकार्य र कमरेडली एकतामा फर्कनुको विकल्प छैन । हेक्का भएकै विषय हो, जुनसुकै राजनीतिक ‘युद्ध’मा सत्य र ईमान्दारीकोे विजय हुन्छ । र, स्वार्थका लागि हुने षडयन्त्रको पराजय ।

ईतिहासले प्रमाणित गरेको छ, नेकपा चोईटिन सक्छ, फुट्दैन, अध्यक्षले भन्नुभएको शैलीमा भत्कदैन । नेकपाका अधिकांश शीर्ष नेताहरु आफू युवा छँदा युद्धमा होमिनु भएको हो । उहाँहरुकै योगदानको फलस्वरुप नेपालमा ऐतिहासिक परिवर्तन भएको सुनौलो ईतिहास छ हामीसंग । तर यसको अर्थ यो होईन, उहाँहरुले चालेका हरेक कदम ठीक हुन्छन, हरेक वाणी सत्य हुन्छन । नेपालीहरुको सौभाग्य हो, उहाँहरु युद्धमा बच्नुभो । सकारात्मक एवं आमूल परिवर्तनको गौरवमयी नेतृत्व गर्नुभो ।

तर चर्चिलले भनेझै अझै राजनीतिमा कयौंपटक ‘मर्न’बाँकी छ । कम्तीमा पाँच बर्ष शासन गर्न नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्ने, पार्टीलाई सांगठानिक र वैचारिक हिसाबले मजबुत र चलायमान बनाउने, पार्टी र सरकारविरुद्ध चालिएका र चालिनसक्ने सबै प्रकारका प्रतिक्रियावादी षडयन्त्रलाई सबै एकताबद्ध भएर निस्तेज गर्ने गुरुत्तर अभिभारा बोकेको पार्टीका नेताहरु सहमति, सहकार्य र कमरेडली एकतामा फर्कनुको विकल्प छैन । हेक्का भएकै विषय हो, जुनसुकै राजनीतिक ‘युद्ध’मा सत्य र ईमान्दारीकोे विजय हुन्छ । र, स्वार्थका लागि हुने षडयन्त्रको पराजय ।