जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १३:४४

यो हो नेकपाको बिवाद सल्टाउने एक मात्रै बिकल्प


नेकपा नै बिभाजन हुन्छ कि, पार्टी एकता नै भंग हुन्छ कि भन्ने आम आशंकाबीच पछिल्ला दिनहरुमा दुई अध्यक्षबीचको घनिभुत छलफलले निकासको बाटो दिने बिन्दुमा पुगेको छ । अर्थात नेकपा फुटोस भन्नेहरुको योजना यसपटक पनि पूरा नहुने भएको छ । यसका लागि अध्यक्षद्वय ओली र प्रचण्डलाई धन्यवाद दिँदै अव पार्टी बिवादको दिर्घकालीन समाधान खोज्नुपर्छ । दोस्रो तहका नेताहरु सहमति प्रयाशको बिभिन्न बिकल्प सुझाइ रहेका छन । अहिलेसम्मको सुझावका आधारमा नेकपाभित्रको बिवाद समाधानको एक मात्र बिकल्प देखिएको छ, त्यो हो एकता महाधिवेशन । त्यसैले अव बिवाद छाडेर एकता महाधिवेशनको मिति घोषणा गर्नुपर्छ । महाधिवेशन नै नेकपाको बिवाद समाधान दिनेछ

गणेश बस्नेत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम शक्ति संघर्ष चलिरहेको छ । स्थिरताका लागि बहुमत भन्ने नाराका साथ तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणासहित अघि बढाएको चुनावी गठबन्धनलाई जनताले अनुमोदन गर्दै झण्डै दुई तिहाई स्थानमा पुर्याए । मंसिरमा चुनाव सम्पन्न भयो, फागुन ३ गते जनमतको आदेशअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्नुभयो । चुनावी सभामै अध्यक्ष प्रचण्डले आगामी प्रधानमन्त्री केपी ओली नै हो भन्ने सार्वजनिक प्रतिवद्धता जनाउनु भयो ।

हुन पनि चुनावमा ओली आफ्नो निर्वाचन क्षेत्रमा भन्दा देशब्यापी दौडाहामा लाग्नुभयो । ताप्लेजुङदेखि डडेलधुरासम्म ओली पुग्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा मुस्किलले ९६ घण्टा बिताउनु भयो । ओलीको योजना र कार्यब्यस्थता बुझेका झापा ५ का मतदाताले ‘भावी प्रधानमन्त्री’ भन्दै मतदान गरी बिजयी बनाए । जनमत ओलीको पक्षमा छ भन्ने बुझेर नै चुनावी गठबन्धनका अर्का कमाण्डर माओवादी अध्यक्ष प्रचण्डले भावी प्रधानमन्त्री ओली भन्नुभयो । सोही अनुसार माओवादीले ओलीलाई साथ दियो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्रीका रुपमा सिंहदरवारमा दोस्रो पटक प्रवेश गर्नुभयो । काम अघि बढाउनु भयो । त्यस्को तीन महिनापछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच औपचारिक रुपमा पार्टी एकता भयो र जन्मियो– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

पार्टी एकताअघि माओवादीले धेरै समय मन्त्रीसमेत पठाएन । संसदमा ७७ प्रतिशत मतका साथ सानदार समर्थन पाएका प्रधानमन्त्रीले लामो समय मन्त्रिमण्डिल बिस्तार गर्नै पाउनु भएन । आफ्नो शपथको दिन केवल दुई मन्त्री नियुक्त गरी काम अघि बढाउनु भएका प्रधानमन्त्री ओलीले पार्टी एकतापछि सहज महसुस भयो । मन्त्रिमण्डलले पुर्णता पायो, काम अघि बढ्यो । पार्टी एकताकै घोषणासभामा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तीन महिनाभित्र एकताका सवै काम सम्पन्न गरी चाँडै एकता महाधिवेशन गर्ने घोषणा गर्नुभयो । तर घोषणाअनुसार तीन महिनाभित्र एकताको काम अघि बढनै सकेन । त्यो काम अझै सम्पन्न भएको छैन । एकता टुंगो नलाग्दै माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले यसै बर्षको चैतमा एकता महाधिवेशन गर्ने निर्णय गर्यो । तर काम फिटिक्कै अघि बढनै सकेन ।

यसबीचमा नेताहरु कस्को उक्साहटमा परे वा लेनदेन मिलेन, एकताको सवै जग भत्काएर एउटा पहिलो बरियताको अध्यक्ष रहनुभएका प्रधानमन्त्री ओलीलाई नै पदबाट हटाउने बहुमत–अल्मपतको खेल सुरु भयो । अर्थात दुई अध्यक्षको सहमति र हस्ताक्षरपछि मात्रै पार्टीको बैधानिक निर्णय हुनेदेखि दुवै अध्यक्षको सहमतिबिनाको छलफल नेकपाको बिषय नहुने प्रष्ट बाटोबाट कच्ची सडकतिर हिडाउने काम भयो । जस्ले नेकपाकै दुर्घटना निम्त्याउने अवस्था ल्याएको छ । शीर्ष नेताहरुको अभिब्यक्ति सुन्दा आम जनता र कार्यकर्ताको मनमा चिसो पसेको छ, सवैलाई लागिरहेको छ– अव यो पार्टी एक रहनै सक्दैन ।’ परराष्ट्रमन्त्री समेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीको आजकै अभिब्यक्ति पढेपछि त नेकपाको हित चाहने सवैको मनमा आगो सल्किएको छ ।

हेर्नाेस ज्ञवालीको भावूक पत्र

नेकपाका शीर्ष नेतालाई प्रदीप ज्ञवालीको गम्भीर प्रश्न

नेकपाभित्रको संकट गहिरिदै गएको र बिभाजनकै तहमा पुगेको पो हो कि भन्ने आशंकालाई अर्का बैचारिक नेता शंकर पोखरेलको भनाईले पनि प्रष्ट गर्छ । प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य पोखरेलको पछिल्लो अभिब्यक्ति छ, ‘पार्टी एकताको मर्मअनुसार अध्यक्षद्वयले सहमतीको नविकरण गर्ने र वाँकी नेताहरुले पार्टी र मुलुकको हित सोच्ने हो भने सहमती टाढा छैन ।’

नेकपा नै बिभाजन हुन्छ कि, पार्टी एकता नै भंग हुन्छ कि भन्ने आम आशंकाबीच पछिल्ला दिनहरुमा दुई अध्यक्षबीचको घनिभुत छलफलले निकासको बाटो दिने बिन्दुमा पुगेको छ । अर्थात नेकपा फुटोस भन्नेहरुको योजना यसपटक पनि पूरा नहुने भएको छ । यसका लागि अध्यक्षद्वय ओली र प्रचण्डलाई धन्यवाद दिँदै अव पार्टी बिवादको दिर्घकालीन समाधान खोज्नुपर्छ । दोस्रो तहका नेताहरु सहमति प्रयाशको बिभिन्न बिकल्प सुझाइ रहेका छन । अहिलेसम्मको सुझावका आधारमा नेकपाभित्रको बिवाद समाधानको एक मात्र बिकल्प देखिएको छ, त्यो हो एकता महाधिवेशन । त्यसैले अव बिवाद छाडेर एकता महाधिवेशनको मिति घोषणा गर्नुपर्छ । महाधिवेशन नै नेकपाको बिवाद समाधान दिनेछ । नेपाली जनताले अनुमोदन गरेको, कार्यकर्तामा उत्साह भरेको नेकपाको एकता कायम रहने छ ।

महाधिवेशनको मिति तोक्ने बाहेक अरु बिषयमा सहमति खोज्दा फेरि पदको लालसा आइरहन्छ, समस्या बल्झिरहन्छ, सरकारले काम गर्नै सक्दैन । नेकपाको एकताले कहिल्यै पूर्णता पाउँदैन । सिधा भन्दा एकताले पुर्णता नपाउँदै एकता भंग हुन्छ । त्यसैले अव तत्कालै महाधिवेशन मिति घोषणा गरौं, सरकारलाई सघाऔं र नेकपाको बिवादलाई सधैका लागि साम्य बनाऔं 

बिवाद समाधानको एक मात्रै बिकल्प महाधिवेशन हो भन्नेमा नेतादेखि कार्यकर्तासम्म सहमत भइसकेका छन । अव मनोनीतिले बहुमत पार्दै सत्ता हत्याउने षडयन्त्रकारी खेल होइन, महाधिवेशनबाट सिंगो नेकपाको जीतको अवस्थामा पुर्याउनु पर्छ । यो नै एकमात्र बिकल्प हो । अरु बिकल्पतिर समय खेर फाल्नु हुन्न भन्ने तथ्यलाई दुवै अध्यक्ष, सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीले बुझ्न जरुरी छ । महाधिवेशनको मिति तोक्ने बाहेक अरु बिषयमा सहमति खोज्दा फेरि पदको लालसा आइरहन्छ, समस्या बल्झिरहन्छ, सरकारले काम गर्नै सक्दैन । नेकपाको एकताले कहिल्यै पूर्णता पाउँदैन । सिधा भन्दा एकताले पुर्णता नपाउँदै एकता भंग हुन्छ । त्यसैले अव तत्कालै महाधिवेशन मिति घोषणा गरौं, सरकारलाई सघाऔं र नेकपाको बिवादलाई सधैका लागि साम्य बनाऔं ।