जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार ०७:४९

अमेरिका, चीन र भारतको छाँयामा संयुक्त राष्ट्रसंघ


चीनको राष्ट्रपति सीले विश्व जनमत आफ्नो पक्षमा देखेनन । यसअर्थमा राष्ट्रपति सी प्रतिरक्षात्मक देखिन्थे । अर्थात राष्ट्रपति सीले संयुक्त राष्ट्रसंघको निर्देशमा चीनले सक्दो सेना पठाएर विश्व शान्तिमा आफ्नो योगदान गरेको एकातर्फ चर्चा गरे भने अर्कातर्फ कोरोनाबाट पीडित मानव समूदायलाई सहयोग गर्नसमेत आफ्नो प्रतिवद्ध्रतालाई सार्वजनिक गरे

विपिन देव

सन २०२० सेप्टेम्बर १५ देखि शुरु भएको संयुक्त राष्ट्रसंघको विभिन्न कार्यक्रमहरुमा विश्वको जल्दो– बल्दो मुद्दाहरुमा वहश हुनु स्वभाविक नै हो । ७५ औं शिखर सम्मेलनले विश्वको आर्थिक परिदृष्यमाथि बढी केन्द्रित देखियो । द्धितिय विश्व युद्धपछि स्थापित भएको यो संस्थाले धेरै आरोह, अवरोहहरु पार गरेको छ । सकारात्मक रुपले ब्याख्या गर्दा के भन्न सकिन्छ कि संयुक्त राष्ट्रसंघले तेश्रो युद्ध हुन दिएन । संसारको विभिन्न द्वन्द ग्रस्त ठाँउमा शान्ति सेना पठाएर केही मात्रामा द्वन्द शिथिलिकरण गराउन सकिएता पनि अधिकांश बैश्विक समस्याहरुलाई चिरफार गर्न संयुक्त राष्ट्रसंघले असर्मथता नै देखायो । यसको मूर्धण्य कारण संयुक्त राष्ट्रसंघको संरचना नै हो । द्धितिय विश्व युद्धपछि अमेरिकी नेतृत्व र दवदवाले गर्दा संयुक्त राष्ट्रसंघको विभिन्न क्रायर्कम प्रभावित नै रहिआएको छ ।

शीत युद्धको अन्तपछि अमेरिकी वर्चस्व केही दिनको लागि बढेता पनि चीनको आर्थिक सवलीकरणले अमेरिकी सार्मथ्य र सत्तालाई चूनौती दिएको देखिन्छ । ७५औं शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले आक्रोशित अभिव्यक्तिबाट चीनलाई आफ्नो निशाना बनाएरहेको थियो भने चीनियाँ राष्ट्रपति प्रतिरक्षात्मक शैलीमा संयमित भएर आफ्नो ढाक–छोपमा नै थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रजातान्त्रीक चरित्रलाई ब्याख्या गर्दै संयुक्त राष्ट्रसंघको संरचनाप्रति प्रश्न गरे । संसारका उच्च नेतृत्वहरुले सम्वोधन गरेता पनि मूलभुत रुपमा विश्व छापाखानाहरुले अमेरिका र चीनको टक्करलाई नै प्रयाप्त ठाँउ दिए । अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले आफ्नो चुनावलाई मध्यनजर राख्दै अमेरिकी जनताको मानसपटललाई दृष्टिमा राख्दै चीनप्रति आफ्नो आक्रोश पोखे । अमेरिकी वैभव, दम्भ, सार्मथ्य र क्षमतालाई उच्चबक्तृत्व शैलीबाट प्रस्तुत गर्दै राष्ट्रसंघको मञ्चबाट कोरोनालाई चीनको भाइरसको संज्ञा दिदै मानव इतिहासमा यसलाई सबभन्दा ठूलो अपराधको रुपमा व्याख्या गरे ।

ट्रम्पले चीनप्रति लक्षित गर्दै आफ्नो ओजपूर्ण अभिव्यक्तमा के प्रष्ट गरे कि चीनले शुरुमा नै लकडाउन गरेर कोरनालाई सार्वजनीक गरेको भए हाल कोरोना १८८ मूलुकहरुमा फैलिने थिएन । ट्रम्पले अमेरिकी सार्मथ्य र नीतिको चर्चा गर्दै आउने दिनमा विश्वको अधिकांश मूलुकहरुमा भ्याक्सिन पुर्याउने वचन बद्ध्रता पनि जाहेर गरे । आफ्नो अभिव्यक्तिमा विश्व स्वास्थ्य संगठन चीनको हातमा रहेको कुरामा पनि उल्लेख गरे । स्मरणीय रहोस कि विश्व स्वास्थ्य संगठनमा चीनको अनुदान ४० मिलियन रहेको छ भने अमेरीकाको ४ सय ६५ मिलियन रहेको छ । आउने दिनमा अमेरीकाले विश्व स्वास्थ्य संगठनबाट आफ्नो संलग्नता हटने घोषित गरेर स्वास्थ्य संगठनको भविस्यमाथि नै प्रश्नचिन्न लागेको देखिन्छ । ट्रम्पले पर्याविरणको समस्या चीनद्वारा सृजित भएको, सामूद्रिक कानुन तोडेको, मानव अधिकारलाई मानर्मदन गरको, सूचना र प्रविधिको माध्यमबाट गोप्य सूचना र तथ्यांक चोरी गरेको जस्तै अनेकौं आरोपहरु चीनप्रति लक्षित गरे । साथ – साथै विगतका ४ वर्षमा २.५ ट्रिलियन डलर खर्च गरेर संसारको सवभन्दा सार्मथ्यवान अमेरिकी सैनिक रहेको कुरा उदघोष गर्दै चीनलाई खवरदारी गरे । इजरायल–वहराईन र यु.ए.ई को सम्झौता गराएर अमेरिकाको शान्तिप्रतिको आस्थालाई पनि सार्वजनिक गर्न ट्रम्प चुकेनन ।

चीनको राष्ट्रपति सीले विश्व जनमत आफ्नो पक्षमा देखेनन । यसअर्थमा राष्ट्रपति सी प्रतिरक्षात्मक देखिन्थे । अर्थात राष्ट्रपति सीले संयुक्त राष्ट्रसंघको निर्देशमा चीनले सक्दो सेना पठाएर विश्व शान्तिमा आफ्नो योगदान गरेको एकातर्फ चर्चा गरे भने अर्कातर्फ कोरोनाबाट पीडित मानव समूदायलाई सहयोग गर्नसमेत आफ्नो प्रतिवद्ध्रतालाई सार्वजनिक गरे । आफ्नो भाषणको क्रममा चीनमा भारतसँगको द्वन्द, चीन दक्षिण चीन सागरमा भईरहको शक्ति केन्द्रहरुसँगको द्वन्द, अमेरिकासँगको व्यापारिक युद्धको वारेमा संयुक्त राष्ट्र संघको मन्चलाई राष्ट्रपति सीले प्रयोग गरेनन । पश्चिमा शक्तिहरु व्रिटेन, फ्रान्स र यूरोपेली युनियनका अन्य देशहरुलगायत जापान र अष्टे«लिया पनि चीनको पक्षमा देखिएको थिएन ।

संयुक्त राष्ट्रसंघको सम्वोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उत्साहित देखिन्थे । मोदीले संसारका विभिन्न राष्ट्रहरुले संयुक्त राष्ट्र संघको अस्थायी सदस्यको रुपमा भारतलाई अधिकार दिएकोमा उनले आभार प्रकट गर्दै संयुक्त राष्ट्रसंघको संरचनामा प्रश्न राखे । मोदीले कोरोनाको कहरबाट छटपटाइरहेको मानव समूदायको सहयोगको लागि भारतले संसारको १५० देशमा औषधी र्नियात गरेर आफ्नो दायीत्व बहन गरेको चर्चा गरे । संसारको ७०% भ्याक्सिन उत्पादन गर्ने क्षमता भएको देशको नाताले आउने दिनमा संसारको कुना–कुनामा भ्याक्सिन पुर्याउने वचनबद्ध्रता प्रकट गरे ।

संयुक्त राष्ट्र संघलाई भारतीय र्दशनको “वसुधवम कुटुम्वकम” सँगै जोडदै संसारको सम्पूर्ण मानव आफ्नो वन्धु भएको मूल मन्त्रलाई मनन गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको अधिकार रहेको कुरा पनि दावी गरे । आतंकवाद, इश्लामिक कटर–पन्थी, क्षेत्रीयबाद जस्ता समस्याहरुलाई समाधान गर्न भारत तयार रहेको कुरालाई उदघोष गर्दै पश्चिमा शक्तिहरुको सदभाव र शुभेच्छा बटुल्न मोदीले आफ्नो वाकपटुतालाई पूर्ण रुपमा उपयोग गरे । साथ–साथै विश्व शान्तिको लागि संयुक्त राष्ट्रसंघको र्निदेशमा भारतले ५० वटा मिशनमा आफ्नो सैनिक पठाएर शान्ति अभियानमा भारतले तथ्यांकअनुसार सवभन्दा बढी सहदात गरेको कुरा पनि अपिल गरे ।

मोदी आफ्नो अभिव्यक्ति खास गरेर भारतको प्रजातान्त्रिक यात्राको बारेमा बढी चर्चा गरे । विधुतीय सूचना प्रविधिको माध्यमबाट प्रजातान्त्रीक मूल्य मान्यताअनुुसार भारतको प्रत्येक गाँउलाई राज्यको लाभांष पुर्याउन जनताप्रतिको जिम्मेवारी भारतले पुरा गरिरहेको कुरालाई जाहेर गरे । समग्रमा हेर्दा ट्रम्प संयुक्त राष्ट्रको मञ्चबाट चीनलाई विश्व समूदायबाट अलग–अलग गर्न उद्वेलित देखिए । वर्तमान अवस्थामा विश्वको महत्वपूर्ण मुद्दाहरुमा प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरुको साझा ध्रवीकरण रहेको छ ।

अमेरिका, युरोपेली, यूनियन, जपान, अष्ट्रलीय र भारत अधिंकाश वैश्वक मुद्दाहरुमा साझा संकल्प देखाईरहेको छ भने त्यसको अनुमोदन खाडीका सम्पन मूलुकहरु साउदी अरेवीया, यु. ए. ई, वहराईन लगायत अन्य मुलुकहरु प्नि छन । रुसले आफ्नो यूरोपेली यूनियनसँगको उर्जाको व्यापारको कारणले गर्दा आफ्नो अभिमत यूरोपेली यूनियनको विपक्षमा राखेको छैन । आफ्नो हतियारको वजारलाई मध्यनजर राख्दै भारतसँगको सौहाद्रतालाई पनि कमजोर बनाउन चाँहदैन । यस्तो बदलिदो परिवेशका संयुक्त राष्ट्रसंघको मञ्चलाई ध्रुविकरणको छाँयाले प्रभावित गरेको देखिन्छ । विगत ७५ वर्षमा संसारमा व्यापक परिर्वतन भएको छ । परिर्वतित संसारको चाहना र आवश्यक्ताअनुरुप संयुक्त राष्ट्रसंघको संरचना, नीति र उदेश्यमा पनि परिर्वतन हुनु टडकारो आवश्यक्ता छ ।