काभ्रे जिल्लाबाट प्रतिनिधिसभामा तिन पटक निर्वाचित भएर माननीयज्युको सम्वोधन आर्जेको भएपनि शिवबाहादुर देउजालार्ई आफ्नो पुरानो पेशा अर्थात मास्टरीसंग जोडिएको ‘देउजा सर’ भन्ने सम्वोधन नै प्यारो लाग्छ । हुन पनि उहाँलाई काभ्रेमा मात्रै नभएर अन्यत्र पनि धेरैले देउजा सरनै भनेर बोलाउने गर्छन । लामो समय शिक्षण सेवामा विताएका काभ्रेका देउजा सरले सदैव इमान, निष्ठा, नैतिकता र सरलतासंगनै आफुलाई निकट राख्नुभयो । सायद त्यसैको परिणाम हुनुपर्छ, देउजा सरलाई उनको पार्टी नेकपाभित्र मात्रै नभएर आम रुपमा श्रद्धा र सम्मानको नजरले हेर्ने गरिन्छ ।
सायद निष्ठा, इमान र सरलतासहितको जनताको सेवालाई मात्रै राजनीति भन्ने बुझेर सोही अनुसारको अभ्यास गर्दै आएकोले पनि हुनुपर्छ, देउजा सरले पाउनु पर्ने जत्तिको राजनीतिक जिम्मेवारी र अवसर पाउन सकेको देखिदैन । तर पनि उहाँको राजनीतिक सक्रियता र समर्पणमा कुनै कमी आएको छैन । प्राप्त जे जिम्मेवारी छ त्यस अनुरुपको काम गर्ने, कसैको जिम्मेवारीमा हस्तक्षेप पनि नगर्ने, मलार्ई यो चाहियो, त्यो चाहियो भन्न पनि नजाने उहाँको स्वभावमा पनि कुनै वदलाव आएको छैन ।
आज भन्दा करिव ४ दशक अगाडि कम्युनिष्ट पार्टीको झण्डा उठाउने समयमा केवल जनताको मुक्ति, उन्नति र सम्वृद्धिलाई मात्रै सपना बनाएको हुनाले पनि आफुले के पाइयो वा पाइएन भन्ने चिन्ता खासै नरहेको पनि होला उहाँमा । शिक्षक आन्दोलनमार्फत वामपन्थी आन्दोलनसंग जोडिएका देउजालाई काभ्रेमा कम्युनिष्ट पार्टीको संस्थापकहरुकै सुचीमा अग्रपंक्तिको योद्धाको रुपमा हेरिन्छ । कम्युनिष्ट आन्दोलनमा लाग्न जस्तोसुकै त्याग र वलिदान गर्नुपर्छ भन्ने बुझ्नुभएका देउजाले २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा निर्वाचन लड्न पेन्सन पाक्नै लागेको शिक्षकको जागिर छोडेर मैदानमा होमिनु भएको थियो । पञ्चायती दमन र धाँधलीले जिल्ला पञ्चायतमा जनताको मुद्दा र आवाजलाई वुलन्द गर्ने उहाँको सपना र पार्टीको योजनालाई सफल हुन दिएन । बरु उहाँलाई खुल्ला जनसंगठनको नेताबाट पूर्णकालिन पार्टी नेताको रुपमा परिणत गरिदियो । यस्तै कठिन भूमिगत राजनीति अगाडि बढाउँदै काभ्रे जिल्लालाई लाल किल्ला बनाउदै गर्दा २०४६ सालको आन्दोलन उत्कर्षमा पुग्ने पुग्ने बेलामा उहाँ काठमाडौंबाट पक्राउ पर्नुभयो ।
हुन त शिक्षक आन्दोलनकै दौरान पनि उहाँ पक्राउ परेर थुनिनु भएको थियो । त्यसैले पक्राउ पर्नु र थुनिनु सामान्यनै भएपनि २०४६ मा पक्राउ पर्दा उहाँलार्ई यत्तिकै पक्राउ गरिएको थिएन । पक्राउपूर्व भाग्ने क्रममा उहाँको टाउको फूटालिएको थियो । बन्दी भएर जेल पुग्दा उहाँको टाउकोमा २६ टाँका थिए । बिभिन्न दुर्नियतसहित उहाँलाई जेल ( थुनेको स्थान) सार्दै धुलिखेल पुर्याइएको थियो, जहाँ चरम यातना दिइन्थ्यो भने यातनाले गलेको उदेउजालाई धम्कप्सहित आवश्वासन पनि दिइन्थ्यो । तर उहाँ न धम्कीले गल्नुहुन्थ्यो, न त आश्वासनले आकर्षित । बरु तत्कालिन पञ्चायतका हस्ती भनिएकाहरुलाई आन्दोलनको राप र चापले पञ्चायतको जरो हल्ली सकेको सत्य जानकारी गराउनु हुन्थ्यो । अनि आफ्नो जीवन रहे पनि नरहे पनि प्रजातन्त्र स्थापना भएरै छोड्ने एैलान सुनाउने गर्नुहुन्थ्यो ।
देउजाको यस्तो हुँकारले उहाँमाथि दमन झन् बढ्थ्यो । जसको परिणाम उहाँको हात नै भाँचिएको थियो । अहिले पनि उहाँ आफ्नो साइँली औंला सिधा उठाउन सक्नुहुन्न् । आखिर उहाँले हुँकार गरेकै जस्तो गरी पंचायत ढल्यो, प्रजातन्त्र वाहली भयो । केहि दिन अगाडिसम्म धुलिखेल जेलमा कैदी रहेका शिवबहादुर देउजा जनताको हिरोको रुपमा जनतको बीचमा अविर र माला लगाएर हात हलाउँदै अभिवादन गर्दै देखिन थाले । समयक्रममा प्रजातान्त्रिक रुपमा पहिलो आम निर्वाचन सम्पन्न भयो २०४८ मा । त्यतिवेला देउजा सर आफैं मैदानमा हुनुहुन्थ्यो । काभ्रेको तत्कालिन पार्टी नेतृत्व पनि उहाँकै हातमा थियो । उनी आफु मात्रै नभएर पार्टीका सबै उम्मेदवार अनि गठबन्धनमा सामेल तत्कालिन जनमोर्चाका उम्मेदवारलाई समेत विजित बनाउन सफल हुनुभयो ।
जव सरलता, निष्ठा र इमानका प्रतिमूर्तिको सिंहदरवार प्रस्थान भयो । धेरैले उहाँको परिचय कायम रहला, नरहलामा शंका गरेकै थिए । राजनीतिभित्र भ्रष्टाचार झाँगिदै गर्दा त्यस्तो शंका निरर्थक थिएनन । तर उहाँको परिचय धुमिलो हैन, चम्किदै गयो । चर्चित लाउडा बिमान खरिद प्रकरण होस वा चाइना साउथ वेष्ट विमान खरिद घोटाला प्रकरण होस वा पशुपति क्षेत्र विकासको भ्रष्टाचार होस ती सबैको छानविनमा सार्वजनिक लेखा समिति सदस्यको हैसियतमा उहाँकै नेतृत्व थियो । दवाव, आग्रह र अनुरोधले भ्रष्टाचारको छानविनलाई प्रभावित पार्नु हुन्न भन्नेमा उहाँ सदैव दृढ रहे । सायद त्यसैले हुनुपर्छ २०४८ को आम निर्वाचन र २०५१ को मध्यावधि निर्वाचन मात्रै हैन, पार्टी बिभाजनको कारण देशभर तत्कालिन एमाले उम्मेदवारहरु पराजित हुँदा पनि उहाँले २०५६ सालको निर्वाचनमा सदाझैं ठुलो मतान्तरमा निर्वाचन जितेका थिए ।
रोचक त के छ भने तिन पटक निर्वाचन जित्दा पनि उहाँले निर्वाचन प्रयोजनमा १ लाख रुपियाँ पनि खर्चनु परेन । जनताको माया र आशिर्वादमै जित्नुभयो । २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन हुँदा उहाँ अन्तरिम विधायिका संसदको सदस्य हुनुहुन्छ । उहाँको लोकप्रियता र तत्कालको अवस्थालाई हेरेर उनी फेरी उम्मेदवार हुने धेरैले आशा राखेका थिए । तर आफुलार्ई नेता बनाउनेहरुलाई पनि नेता हुन दिनुपर्छ भन्ने सिद्धान्तको आधारमा उहाँले निर्वाचन नलडने संकेत गरिदिनु भयो । भलै उहाँले छोडेको स्थानमा मात्रै हैन, तत्कालिन अवस्थामा देश भरनै एमालेको पक्षमा आशातित परिणाम आउन सकेन ।
धेरैले उहाँको परिचय कायम रहला, नरहलामा शंका गरेकै थिए । राजनीतिभित्र भ्रष्टाचार झाँगिदै गर्दा त्यस्तो शंका निरर्थक थिएनन । तर उहाँको परिचय धुमिलो हैन, चम्किदै गयो । चर्चित लाउडा बिमान खरिद प्रकरण होस वा चाइना साउथ वेष्ट विमान खरिद घोटाला प्रकरण होस वा पशुपति क्षेत्र विकासको भ्रष्टाचार होस ती सबैको छानविनमा सार्वजनिक लेखा समिति सदस्यको हैसियतमा उहाँकै नेतृत्व थियो
ततपश्चात थुप्रै पटक निर्वाचन भैसकेको भएपनि देउजा सर आफु उठनेमा लागेनन, थुप्रै शुभचिन्तक र समर्थकहरुको सल्लाह समेत नमानेर नयाँ पुस्तालाई अवसर दिनु पर्नेमै उभिंदै आए । संसदीय फाँटमा मात्रै हैन, अन्तर पार्टी राजनीतिमा पनि उहाँले कहिले यो वा त्यो मागेनन । लामो समयसम्म तत्कालिन एमाले पार्टीको काभ्रे जिल्लाको प्रमुख रहेका उहाँले एक व्यक्ति एक पद भन्ने अभियान चल्दा जिल्ला पार्टी नेतृत्व युवा नेता बिदुर सापकोटालाई जिम्मा लगाउनु भएको थियो । ततपश्चात पार्टी एकता अगाडिसम्म निरन्तर पार्टीको अनुशासन कमिटी सदस्यको रुपमा क्रियाशील रहेका थिए, अव एकताले मुर्त रुप लिंदा पनि पार्टीले दिएको जिम्मेवारी हाँसीहाँसी स्वीकार्ने नै देउजा सरको लक्षण छ । पार्टीमा पाउन लागेको थोडै हो र ? भन्ने शैलीका देउजा सर वा जसले पनि गर्ने त त्यही नै हो ।
तिन कार्यकाल प्रतिनिधिसभा सदस्य रहिसकेका, पार्टी राजनीतिमा कुनै न कुनै भूमिकामा रहँदै आएका तर लोभ, लालच र भ्रष्टाचारसंग अपरचित देउजा सर जस्तै नेता कार्यकर्ता अरु पनि धेरै भए कस्तो राम्रो हुँदो हो ? अहिले धेरैले यो प्रश्न मनभित्रै गरिरहेका हुन्छन । बनेपातिर भेटिने हरेक नेता कार्यकर्ता देउजा सर जस्तै सवै भए कस्तो हुन्थ्यो भन्ने कल्पनासँगै श्रद्धाले सम्मान गर्छन ।
प्रतिक्रिया दिनुहोस्