२ माघ २०७७, शुक्रबार ००:००

हाम्रो पार्टीले बहुमत ल्याउँछ, साह्रै नै कमजोर स्थिति भयो भने पनि प्रमुख पार्टी हामी नै हुनेछौं : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले जीन्यूजलाई दिएको चर्चित अन्तर्वार्ता : हामी चाहन्छौँ कि हामी दुुई देश सार्वभौमसत्ता सम्पन्न देश, दुुई छिमेकी मित्र देश, जो एक क्षेत्रमा अवस्थित छौँ । हाम्रा सम्बन्धलाई त्यसैअनुुरूप बुुझ्नुुपर्छ । यो पुुरानो जमाना होइन

प्रधानमन्त्रीज्यू, तपाईं त प्रायःजसो रामायणको सन्दर्भमा कुुरा गर्ने गर्नुहुुन्छ तर नेपाल–भारतबीच अब यस्तो लाग्न थालेको छ कि लक्ष्मणले रामलाई भन्दै छ कि मलाई पनि बराबरीको दर्जा चाहिन्छ र अब हामी बराबरीको हिसाबमा बस्छौँ । र, योचाहिँ अचानक भएको छ । यस्तो लाग्छ कि नेपालको मनमा कुनै कुरा खड्किरहेको छ ?

हेर्नुस्, तपाईंको प्रश्नले पनि बताउँछ कि इन्डिया राम र हामी लक्ष्मण । यसका धेरै अर्थ निस्किन्छन् । म भन्छु– भूगोलमा, जनसङ्ख्यामा ठूूलो र सानो हुन सक्छ । तर, हामी सधैँदेखि सार्वभौम, समानताको कुरा गर्छौं । अर्थात् हामी सानो र ठूलो छैनौँ । साइजमा ठूलो सानो हुुन सक्छौँ तर राष्ट्रका रूपमा, एउटा देशका रूपमा सानो ठूलोको भावना यदि राख्छौँ, तबमात्र बहस हुुन्छ । यो ‘सेन्टिमेन्ट’मा अवश्य नै केही समस्या छ । र, हामी चाहन्छौँ कि हामी दुुई देश सार्वभौमसत्ता सम्पन्न देश, दुुई छिमेकी मित्र देश, जो एक क्षेत्रमा अवस्थित छौँ । हाम्रा सम्बन्धलाई त्यसैअनुुरूप बुुझ्नुुपर्छ । यो पुुरानो जमाना होइन । यो कोलोनियन एरा (उपनिवेशवादी युग) होइन । यो स्वाधीनताको एरा हो । पारस्परिक सम्मानको एरा हो ।

अर्को, हो ‘डिबेट’ (बहस) चलिराख्या छ, डिबेट चल्छ । डिबेटले नै सत्यलाई बाहिर ल्याउँछ । ‘वादे वादे जायते तत्वबोधः’ बहस नगरे सत्य पत्ता लगाउन गाह्रो हुन्छ । बहस स्वस्थ हुनुपर्छ र सत्य पत्ता लगाउने उद्देश्यसाथ हुनुपर्छ ।

भनेपछि तपाईंले भारतलाई ‘बोस’ मान्नबाट इन्कार गर्नुहुन्छ ? त्यसैमाथि बहस भएको हो ?
हिजो भारतले ठान्थ्यो होला, आज भारतले आफूलाई बोस ठान्दैन ।

तर, ठुल्दाइ ठान्छ कि ? र, हाम्रो संस्कारमा त ठूलो सानो (दाइभाइ) मा प्रेम रहिरहन्छ । हेरौँ न, तपाईं ६८ वर्षको हुनुहुन्छ र मोदीजी (भारतीय प्रधानमन्त्री) ७० वर्षको हुनुहुन्छ, यसरी हेर्दा त्यसै पनि तपाईंको दाइजस्तो हुनुहुन्छ । यस हिसाबले कुुनै पनि बेला फोन उठाएर कुुरा गर्न सकिन्छ नि ?
व्यक्तिगत रूपमा उहाँ मभन्दा जेठो हुनुहुन्छ, उमेरको हिसाबले तर जब हामी दुई प्रधानमन्त्री बस्छौँ, तब दुई प्राइममिनिस्टर भएर बस्छौँ, ठूलो प्राइममिनिस्टर, सानो प्राइममिनिस्टर होइन, दुई सार्वभौम मुलुकहरूका प्राइममिनिस्टर्स बस्छौँ । थुुप्रै देशका प्रेसिडेन्ट्स, प्राइममिनिस्टर्स, धेरै कम उमेरका छन् अहिले । जतिबेला हामी राजनीतिमा लाग्यौँ, त्यतिबेला त उनीहरू पैदा पनि भएका थिएनन होला ।

बिल्कुल सबै प्रेसिडेन्टसँग, प्रधानमन्त्रीहरूबीच बराबरीको सम्बन्ध हुन्छ सरकार प्रमुखको हिसाबले । यसमा मोदीजीलाई बराबरीको नाताले सम्बन्ध बनाउन कुनै आपत्ति छैन । तर, म मोदीजी बराबरको प्रधानमन्त्री हुँ भनेर मैले कुरा गर्दा नराम्रो मान्ने थुप्रै मान्छे छन् । अनि मैले के गरुँ ? म हरेक मान्छेको पछाडि त लाग्न त सक्दिनँ । म देशहरूको कुरा गरिरहेको छु । व्यक्तिको कुरा होइन ।

वर्तमान समयमा नेपाल, यस्तो लाग्छ कि नेपाल भारत र चीनको बीचमा फसिसकेको छ । एकातिर चीन छ, अर्कोतिर भारत । र, नेपालले दुवैलाई खुुसी राख्नु छ । यी दुवै देश (भारत र चीन)ले आपसमा कुराकानी गरिरहेका छैनन अहिले । र, दुवै देशले तपाईं उनीहरूका साथ हुनुहुन्छ भनेर अपेक्षा राखेका छन् । यस्तोमा तपाईंलाई दुवैसँग समीकरण बनाएर अगाडि बढ्न राजनीतिक असजिलो हुन्छ ?

दुवै हाम्रा छिमेकी हुन् । र, छिमेकीलाई बदल्न सकिँदैन । आकारमा, जनसङ्ख्यामा, विकासमा अगाडि छन्, दुवै । हाम्रा लागि यो खुसीको कुरा हो । हामीले यदि उत्पादन गर्न सक्यौँ भने यी हाम्रा बजारहरू हुन् । र, यदि उत्पादन गर्न सकेनौँ भने तिनको उत्पादन हामीले भोग गर्नुपर्छ । हाम्रो बीचमा जुन व्यापारिक असमानता, उत्पादजन्य जो असमानता छ, असन्तुलन छ, तिनलाई हामी हटाउन चाहन्छौँ । दुई फरक–फरक राजनीतिक प्रणाली, आर्थिक र सामाजिक प्रणाली पनि, यसमा पनि केही भिन्नता छन् । यस्ता छिमेकीको बीचमा हामी छौँ । र, दुुवै छिमेकीसँग हामीले सन्तुलित सम्बन्ध राख्न चाहेका छौँँ । एउटा कार्ड अर्कोसँग खेल्नुपर्छ भन्ने छैन । त्यस्तो हामीले गर्दैनौँ । यदि खेल्यौँ भने त्यसले कसैलाई पनि फाइदा पुर्याउँदैन । कार्ड खेल्ने र छक्काउने काम गर्नुहुँदैन । हामी यो शैली अपनाउँदैनौँ ।

तर, म तपाईंलाई भारतका मान्छेहरूको सेन्टिमेन्ट बताउन चाहन्छु । चीनसँग भारतको गलवानमा विवाद भयो, लद्दाखमा विवाद भयो । फेरि संवाद बन्द भयो । लगातार यो चलिरहेको छ । तर, यो (विवाद) हुनेबित्तिकै तपाईंले पनि कालापानी विवाद उठाइदिनुभयो । तपाईंले पनि नक्सा बदल्नुभयो । र, मान्छेहरूलाई यो सबै एकसाथ किन हुन थाल्यो भन्ने लाग्न थाल्यो । र, मान्छेहरू (भारतीय) लाई लाग्न थाल्यो कि नेपालले त यतिबेला चीनविरुद्ध वक्तव्य दिनुपथ्र्यो, जब कि भारतले अन्य थुप्रै देशहरूबाट समर्थन पायो । उनीहरूले यस्तो हिंसात्मक गतिविधि एलएसीमा हुनुहुँदैन भने । तर, नेपालले भनेन । बरु नेपालले आफ्नो ‘टेरिटोरी’ चाहिन्छ भनेर बोल्न सुुरू गर्यो ।

तपाईंको कुरा अलि भड्काउनेखालको छ । अन्यथा नमान्नुुहोला । गलवानसँग हाम्रो लिनु–दिनु केही छैन । तपाईंलाई म यो सम्झाउन चाहन्छु कि दिल्लीले आफ्नो आठौँ संस्करणको नक्सा प्रकाशित गर्यो । कस्मिर र लद्दाखको कुरा थियो, त्यहीँ सीमित हुनुपर्ने थियो । त्यसमा नेपालको टेरिटोरी सामेल गर्नुपर्ने कुनै जरुरत थिएन । हामीले त्यो नक्साको विरुद्धमा कूटनीतिक नोट पठायौँ । वार्ताको प्रस्ताव राख्यौँ । र भन्यौँ– वार्ताको माध्यमबाट यो असमझदारीको समाधान गर्नुपर्छ । तपाईंले प्रकाशित गर्नुभएको आठौँ संस्करणको नक्सा ठीक भएन भन्यौँ । त्यसको कुनै ‘पोजिटिभ रेस्पोन्स’ भएन । अब गलवानसँग हाम्रो के लिनु–दिनु छ र ? तपाईंले नक्सा नै प्रकाशित गर्नुभयो त्यही बेला, र हामीले लेख्नुपर्यो कि यस्तो गर्नुहुँदैन भनेर ।

फेरि बाटो बनाइयो हाम्रै टेरिटोरीमा र उद्घाटन गरियो । हामीले फेरि कूटनीतिक नोट लेख्यौँ, संवाद गर्न आग्रह गर्यौँ । यो ठीक भएन भन्यौँ । यसमा गलवानसँग के लिनु–दिनु भयो र ? त्यही समयमा उद्घाटन किन गर्नुपरेको थियो र ? अब बताउनुस्, गलवानसँग हामीलाई कसरी जोड्न मिल्छ ?

अर्को, दोस्रो देशको पोलिटिक्स (राजनीति) कसैको साइड (पक्ष) लिने राजनीति हाम्रो होइन । हाम्रो पोलिटिक्स हो, पोलिटिक्स अफ न्युट्रलिटी (तटस्थता) । हामी दुुवै छिमेकीहरूको मामिलामा तटस्थ रहन्छौँ । वार्ता भइरहेको छैन भने हामी वार्ता सुरु गराउने कोसिस गर्छौं । दुवै मित्र छन् । हामी प्रेसिडेन्ट सी (चिन फिङ) सँग पनि कुरा गर्न सक्छौँ, ली खस्याङसँग पनि कुुरा गर्न सक्छौँ, प्राइम मिनिस्टर मोदीजीसँग पनि पनि कुुरा गर्न सक्छौँ । हामीले दुवै मित्रको बीचमा जो असमझदारी छ, त्यसलाई हटाउन चाहन्छौँ । सबभन्दा ठूलो तागत के हो ? मित्रता ।

के तपाईंलाई लाग्छ कि तपाईंले सी चिन फिङ र नरेन्द्र मोदीबीच यस्तोप्रकारको मध्यस्थता गर्न सक्नुहुन्छ ? जसमा तपाईं तटस्थ राज्यले जसरी भूमिका खेल्न सक्नुहुन्छ ?

हो, सक्छु ।

तर, त्यो कसरी हुन्छ ?
हामी दुुवैतिर वार्तामा बस्नका लागि कुरा राख्न सक्छौँ । उहाँहरू लगभग समवयस्क साथीहरू हुनुहन्छ । एक/डेढ वर्ष कोही जेठो, कोही कान्छो होला । तर, समवयस्क छौँ । लामो समयदेखि राजनीतिमा छौँ हामी । त्यसैले हामी साथीजस्तो मात्रै होइन, साथी नै हौँ ।

तर यो त तबमात्रै सम्भव हुन्छ, जब तपाईं सरकारमा बसिराख्नुहुन्छ किनकि एप्रिल, मेमा चुनाव हुनेवाला छ । चुनावपछि तपाईंको पुुनरागमन हुन्छ ? कि अरू नै कोही आउने हुन ?

तपाईंको प्रश्न साह्रै राम्रो छ । मलाई आशा छ, हाम्रो पार्टीले बहुमत ल्याउँछ । साह्रै नै कमजोर स्थिति भयो भने पनि प्रमुख पार्टी हामी नै हुनेछौँ र चुनावपछि पनि सरकारको नेतृत्व हामीले नै गर्नुपर्ला सायद । त्यसकारण म आश्वस्त गर्न चाहन्छु सबै साथीहरूलाई कि नेपाल र भारतको सम्बन्धलाई थप उचाइमा पुुर्याउनका लागि हामीले अझ बढी योगदान गर्न सक्छौँ ।

भारतमा यो लाग्न थालेको थियो कि नेपाल एउटा अम्पायर हो । भारत र चाइना म्याच खेलिरहेका छन् तर अम्पायरले भारतकै खेलाडीहरूलाई बढी ‘आउट’ दिइरहेको छ । भारतका खेलाडीहरूका लागि छिटो औँला उठाइदिन्छ र चीनका खेलाडीहरूका लागि अलि नरम छ ?

यस्तो छैन ।

यो एउटा इम्प्रेसन (छाप) छ… ।

गलत इम्प्रेसन हो यो । यस्तो कुुनै एभिडेन्स (उदाहरण) छैन, हुुनै सक्दैन । किनकि हामीले दुुई छिमेकी देशसँग सौहार्द, समस्यारहित सम्बन्ध चाहन्छौँ । म एउटा कुरा भन्छु– तर यसमा आधीचाहिँ हटाइदिन्छु, हात्ती जब लड्छन्, मैदानको नोक्सान हुन्छ र हात्ती मिले पनि मैदानको नोक्सान हुन्छ । यसबाट हामीले नोक्सानको कुरालाई हटाइदिऊँ । यी ठूूला छिमेकी लड्न थाले भने हामीलाई नोक्सान त हुन्छ । त्यसकारण हामी चाहन्छौँ कि अब एसियाको जमाना हो, आफ्नो स्वयमको विकास गर्नुुपर्छ । हिजोको विकास थियो– अर्काको स्रोत लुटेर लैजाने । अर्काको स्रोत, जनशक्ति, सम्पत्ति लुटेर धन कमाउनु । यो थियो हिजोको विकासको मोडेल । आजको विकासको मोडेल हो– स्वयमको विकास गर्नु । र, यसो गर्नका लागि शान्ति चाहिन्छ, मित्रता चाहिन्छ, तनावरहित वातावरण चाहिन्छ । अशान्ति हाम्रो विकासमा बाधक बन्न जान्छ । तसर्थ, हाम्रा छिमेकीबीच राम्रो सम्बन्ध होस्, विश्वासको वातावरण होस् भन्ने हामी चाहन्छौँ । सन्देहरहित मित्रता होस, किनभने सन्देहपूर्ण मित्र छेउमा छ भने निद्रा लाग्दैन । सधैँ यो शङ्का बनिरहन्छ कि म सुतेपछि सँगै छेउमा रहेका, सुतेको स्वाङ रचिरहेका अविश्वसनीय मित्रले कुन्नी के गर्देला !

तपाईंलाई कोसँग राम्रो निद्रा लागिरहेछ अचेल ?
अचेलको कुरा होइन यो…नेपाल …

चीन कि भारत ?

नेपाल जो अस्तित्वमा छ, सन्तुलित नीतिका साथ, तटस्थताको नीतिका साथ । हाम्रो साइड किन लिएन भनेर, हाम्रो पक्षमा किन बोलेन, हुटिङ गरेर हाम्रो तागत किन बढाएन भनेर एकछिनका लागि नराम्रो लाग्न सक्छ । तर, दीर्घकालीन नतिजाका बारेमा सोच्ने हो भने हाम्रो तटस्थता, कसैका लागि पनि हाम्रो धर्ती, हाम्रो आकाश प्रयोग गर्न नदिने भावना सबैका लागि हितकर नै हो । यो त एकप्रकारको प्रतिरक्षाको पर्खाल भयो नि, होइन र ?

तसर्थ, हामी चाहन्छौँ कि हाम्रा छिमेकीहरू आ–आफ्नो विकासको काममा लागून्, परस्पर सहयोग गरून्, आ–आफ्ना वैज्ञानिक अनुसन्धान, आ–आफ्ना टेक्नोलोजी सेयर गरून् । यो जमाना हो– एसियाको । जहाँबाट वास्तवमा सभ्यता सुरु भएको हो । र यी जुन हाम्रा महान् छिमेकी देशहरू हुन् । यिनको भूगोल, सभ्यता, जनसङ्ख्या, इतिहास आफैँमा गौरवपूर्ण छन् । तर, यहाँका शासकहरूको कमी–कमजोरी, खासगरेर विज्ञान तथा प्रविधिको जुन सुरुमा विकास भयो, त्यसको प्रयोग हामीविरुद्ध भयो, एसियाविरुद्ध भयो । भारतजस्तो देश, के कमी थियो र गरिब रह्यो ? हिमालदेखि हिन्दमहासागरसम्म । के कमी थियो चीनमा ? के जनसङ्ख्या थिएन काम गर्नका लागि ? जवान जनसङ्ख्या, जनसाङ्ख्यिक लाभ दुवैलाई थियो । किन ? किनकि साइन्स एन्ड टेक्नोलोजीको प्रयोग यिनको विरुद्ध गरियो । हामी त उपनिवेश कहिल्यै भएनौँ तर उपनिवेश नबने पनि गरिब त बन्यौँ । किनकि तिनको जुन असर थियो, त्यो हामीमाथि पनि पर्यो । अब त्यो जमाना गयो ।

भारतमा भनिन्छ कि रोटी र बेटीको सम्बन्ध छ, भारत र नेपालका बीच । तपाईंलाई कहिल्यै यस्तोखालको सम्बन्ध चीनसँग पनि हुुन सक्छ भन्ने लाग्छ ? भारतसँग जो विशेष सम्बन्ध छ, यस्तो चीनसँग हुुन सक्छ ? चीन लगानीका लागि राम्रो हुन सक्छ, ऊसँग पैसा हुन सक्छ तर भविष्यमा त्यस्तो सम्बन्ध हुन सक्छ, जो आज भारतसँग छ ?

हेर्नुुस्, म नेपालका बारेमा मात्रै बोलिरहेको छैन । जब म हाम्रो सभ्यताका बारेमा, इतिहासका बारेमा कुरा गर्छु, हाम्रा पूर्वज, ऋषिहरू, सन्तहरूको कुरा गर्छु, त्यतिबेला मैले हिमवत्खण्डको कुरा गरिरहेको हुन्छु । हिमवत्खण्ड संसारको यस्तो ठाउँ हो, यो प्रकृतिको अनुपम सौन्दर्यमात्रै होइन, यो खनिजहरूको खानी पनि हो । यहाँको हावापानी यस्तो हो कि यहाँका मान्छेहरू ऋषि–महर्षि, विद्वान् बनिहाल्छन् । केही अगाडि पनि मैले भनेको थिएँ कि हामीकहाँ तीन हजार वर्षपूर्व शल्यक्रिया चिकित्साशास्त्रको विकास भएको थियो । यसको प्रमाण अहिले पनि हामीले चरकसंहितामा हेर्न सक्छौँ । हामीले शल्यक्रियाको विकास सुश्रुतसंहितामा हेर्न सक्छौँ ।

तीन हजार वर्षपूर्व बाँकी संसार त अन्धकारमा थियो । हामीकहाँ नौ ग्रहको अवस्थिति, अरूणको गति, नक्षत्रहरूको, ग्रहहरूको अवस्थिति, बाह्र राशिहरूलाई हाम्रा पूर्वजहरूले विभाजित गरेर अध्ययन गरेका छन । हाम्रो जुन ज्ञान थियो, त्यसले विस्तारको अवसर पाएन, त्यसलाई रोकियो । नालन्दा किन जलाइएको थियो, तपाईंलाई थाहा छ ? नालन्दा ज्ञानकेन्द्र थियो । यो त उनीहरूलाई खतरनाकजस्तो लाग्ने नै भयो र उनीहरूले सोचे यसरी त हामी कसरी अगाडि बढ्न सक्छौँ ? त्यही भएर आगो लगाइदिए । नौ लाख पुस्तकहरू लाइब्रेरीमा जले ।

तपाईंले जे सोध्नुभयो, ती सब कुुराहरूमा हामी अल्झिनुुहुँदैन । यो अल्झिने कुरा हो । वृहत् दृष्टिकोण लिएर अगाडि बढ्नुपर्छ । कहाँ प्वाल छ, त्यो हामीले देख्नुहुँदैन । प्वालमा औँला छिराइ–छिराइ त्यसलाई झन् ठूूलो पार्नुहुँदैन । तसर्थ, म भारतीय भाइबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने, हामीले कुनै प्रकारको असमझदारी राख्नुपर्ने आवश्यकता छैन । हामी दुुई छिमेकी देश छौँ । आकारमा सानो ठूलो छौँ तर राष्ट्रको हैसियतले बराबर छौं । र, यसै समताको भावनाले अगाडि बढ्दै जानुपर्छ ।

भारतमा २०१४ पछि जब देशका प्रधानमन्त्री नरेन्द्र मोदी बन्नुभयो, त्यसपछि राष्ट्रवादको लहर आएको छ । एउटा नयाँ माहोल सिर्जना भएको छ । के तपाईंले पनि आफ्नो नेतृत्वमा नेपालमा त्यस्तै वातावरण बनाउने कोसिसमा हुनुहुन्छ ? भारतले पश्चिमी देशहरूसँग जुन व्यवहार गरिरहेको छ, चीनसँगको भारतको व्यवहार छ, बराबरीको दर्जाको माग गरिरहेको छ, त्यही व्यवहार नेपालसँग गरिरहेको छ । तर, तपाईंको नजर सबैभन्दा पहिला भारतमाथि नै गयो किन ?

मैले सुरुमा भनेँ, अहिलेको समय उपनिवेशको समय होइन । ‘कोलोनिजम’को समय समाप्त भइसकेको छ । अब हामीले त्यसका अवशेषहरूलाई समाप्त गर्नुपर्नेछ, आफ्नो मन र मस्तिष्कबाट । हामीलाई हाम्रो राष्ट्रको उत्पत्ति, इतिहास र राष्ट्रले दुनियाँलाई के दियो ? त्यसमाथि हामी गर्व गछौँ । गायत्रीमन्त्र जसलाई मन्त्रहरूको पनि मन्त्र मानिन्छ, त्यो नेपालको कोसी नदीकिनारमा रहेको चतरामा कौशिक ऋषिले लेख्नुभएको थियो । व्यास पनि यही तपस्या गर्नुहुन्थ्यो । ध्यानभूमि, ज्ञानभूमि हो यो । ध्यानको आविष्कार पनि यहीँबाट भएको हो । योगको आविष्कार पनि यहीँबाट भएको हो । त्यसैले हामीसँग गर्व गर्नैपर्ने अनेकौँ विषयवस्तुहरू छन् ।

भारतमा धेरैले यस्ता अवधारणालाई अखण्ड भारतका रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुरा गरेका छन् । यदि अखण्ड भारतलाई अगाडि ल्याइयो भने तपाईंले भन्नुभएको संस्कार, इतिहास र संस्कृतिका कुराहरू यसभित्र नै समावेश हुन्छ । के तपाईं यस विषयमा सहमत हुनुहुन्छ ?

होइन, म यसमा सहमत छैन । प्रश्न के छ भने इतिहास कहिल्यै मर्दैन । अखण्ड भारत कहिल्यै थिएन र यो अवधारणा तपाईंले इतिहासमा पढ्नुभएको होला । द्रौपतको देश थियो, विराट, जनकको देश थिए । यस्ता अरू देशहरू थिए । रामायण अरूले त सात हजार, नौ हजार वर्ष अगाडि भन्छन तर मचाहिँ चार हजार वर्ष अगाडि मान्छु । मेसोपोटामिया सभ्यताले ४२ सय साल पहिला काठको गाडीको पाङ्ग्रा बनाएको थियो । रामका बुवा राजा दशरथसँग दसवटा रथ थिए । त्यसैले उहाँलाई दशरथ भनिन्थ्यो । यो ४२ सय वर्षयताको इतिहास हो । यसको मतलब मेसोपोटामियादेखि यहाँसम्म आउनुलाई तपाईं पहियावाद भन्नुहुन्छ, म अयोध्यापुरीसम्म भन्छु । यसमा मेरो कुनै पूर्वाग्रह छैन । यसमा कुनै द्विविधा राख्नुभएन कि म यो विषयलाई उठाएर कुनै झमेला सिर्जना गर्न खोजिरहेको छु । म चाहन्छु पवित्र रामभूमि कहाँ पर्छ खोजी होस् । किनभने असली रामको भूमिको माटो नै शिरमा लगाउँदा त्यसले वास्तविक अर्थ राख्छ । कुनै अर्को ठाउँलाई राम भूमि मानेर शिरमा माटो लगाउनुको कुनै अर्थ छैन ।

तपाईं ऐतिहासिक कथनलाई कूटनीतिक र राजनीतिक रूपमा प्रयोग गर्दै त हुनुहुन्न नि ?

तपाईंलाई म यही सुझाव दिन चाहन्थेँ कि हाम्रो एक भारत वर्षको इतिहास छ । भारतवर्षको के अर्थ हो भने त्यसमा धेरै राज्य समावेश थिए । भारतवर्ष एउटै राज्य थियो भन्ने होइन । एकीकृत भारत कहिले बन्यो ? वास्तवमा यो इतिहासलाई जान्न जरुरी छ । साँस्कृतिक रूपमा एक हुनु एउटा पाटो हो तर धेरै देश थिए । त्रेतायुगमा पनि धेरै देश थिए । द्वापरयुगमा पनि कैयौँ देश थिए । राज्यहरू टुक्रिने, जोडिने भइरहन्थ्यो । त्यो समय नै त्यस्तै थियो । जसले जित्थ्यो, उसले पेलेर जान्थ्यो । त्यसैले भारत अखण्ड थिएन । भारतवर्ष एउटा हिमवत्खण्डको अफगानिस्तानदेखि म्यानमारसम्मको भूमि । हिमवत्खण्डभित्र भारतवर्र्ष थियो, दक्षिण एसियालाई भारतवर्ष भनिन्थ्यो ।

तर, यसमा धेरै राज्यहरू समावेश थिए । अहिलेजस्तो सात या आठ देश होइन, हजारौँ देशहरू थिए । ५५६ देश, राजा, रजौटाहरू थिए भारतमा । त्यसपछि ब्रिटिसहरू आए । पन्जावको आफ्नो संस्कृति, भाषा, भेषभूषा छ । बड्ढालको आफ्नो संस्कृति, खाना, भाषा, भेषभूषा छ । सबैको भिन्नभिन्न थिए तर अहिले भने एक भएका छन् र एउटा देश भारत बनेको छ । हाम्रो नेपालमा १२३ भन्दा बढी जातजाति र भाषाभाषीहरू छन् र त्यति नै भाषा हामी बौल्छौँ पनि । युरोप र हाम्रो बनावट अलग–अलग छ । युरोप एक भूमि, एक भाषा, एक संस्कृति, एक राष्ट्र हो । तर, हाम्रो यस्तो छैन । हाम्रो नेपालमा विविधता छ ।

भारत र नेपालबीच साँस्कृतिक ऐतिहासिक एकरूपता छ । यसलाई कायम राख्न तपार्इंले के–कसरी कदम चाल्नुहुन्छ ? अहिले जुन स्थिति सिर्जना भएको छ, केही विवादहरू अगाडि आएका छन्, यसलाई समाधान कसरी गर्नुहुन्छ ? अहिले चीन पनि विस्तारवादी सोचका साथ अगाडि बढिरहेको छ, यस विषयमा तपाईं के सुझाव दिनुहुन्छ ?

चीनका बारेमा भारतको पढाइ र भावना केही हुन सक्छ । तपाईंले मसँग सहमति असहमति के सोध्नुभएन, त्यसैले म यस प्रश्नको जवाफ दिनु जरुरी मान्दिनँ ।

जब तपाईं भारतको विषयमा कुराकारी गर्दै हुनुहुन्छ भने भारतसँग धेरै भाषा हाम्रो मिल्दोजुल्दो छ । जस्तै अहिले म हिन्दीमा बोल्दै छु नमिलेको हिन्दी । यो पढेको हिन्दी होइन, यत्तिकै बोलिहालेँ । यहाँ नेपालमा धेरै मान्छे हिन्दीमात्रै होइन, नेपाली पनि बुझ्दैनन । धेरै भाषाभाषी छन् यहाँ । तर, एउटा कुरा तपाईंले के बुझ्नुपर्नेछ भने हाम्रो कोसी नदी, गण्डकी, कर्णाली नदी भारतमा गएर मिसिन्छन् । नदीका माछालाई बोर्डर (सीमा) भनेको के हो थाहा हुँदैन ।

चरालाई बोर्डर थाहा हुँदैन । नयाँ नक्सा माछा र चरालाई देखाउने होइन । त्यो नक्सा तपाईं हामीले हेर्नुपर्ने हुन्छ, सत्य के हो । यसमा अब सत्य, तथ्य विषयवस्तुलाई आत्मसात गर्ने हिम्मत हुनु जरुरी छ । तथ्य, प्रमाणहरूलाई मानौँ र एक–अर्काको भावनाको कदर गरौँ । भारतले नक्सा छापेको छैन ? भारतले पनि त आफ्नो देशको नक्सा छापेको छ । सबै देशले आफ्नो देशको नक्सा छाप्छन्, यो कुनै नयाँ विषय होइन । भारतले पनि आफ्नो भूमि समावेश गरेर नक्सा निकालेको थियो र पाकिस्तानले पनि आफ्नो भूमि समावेश गरेर नक्सा सार्वजनिक गरेको थियो । यदि यो विवाद समाधान भयो भने बोर्डर लेखेर नक्सा साझा हुन्छ ।

यदि चीनले तपाईंसँग यस्तो गरेको भए के तपाईं चीनसँग पनि त्यही गर्नुहुन्थ्यो त ?

हामी हाम्रो सार्वभौमसत्ता र भूमि अखण्डताको विषयलाई लिएर कसैसँग कम या कसैसँग बढी व्यवहार गर्दैनौँ । कसैले गरेको राम्रो, कसैले गरेको नराम्रो भन्ने हुँदैन । कसैले गलत गर्छ भने त्यो ठीक, कसैले गलत गर्छ भने त्यो सही हुँदैन । हामी सबैसँग समान व्यवहार गछौं । सबैसँग समान व्यवहार ।

(प्रधानमन्त्री ओलीले जीन्यूजकालागि सुधिर चौधरीलाई दिनुभएको अन्तर्वार्ता)