जनता टाइम्स

८ माघ २०७७, बिहीबार ०६:०८

देश र जनताबिरुद्ध प्रचण्डको अर्काे गद्धारी


फेरि नेताको लागि ज्यान दिने ती कार्यकर्ताले कम्रेड अध्यक्षले पार्टी कार्यकर्ताको पिर भन्दा आफ्नै घर परिबारको सन्तानको पिरको लागि आफुहरुलाई बलि चढाएको टुलुटुलु देखिरहेका छन । युद्ध लडेर पनि चेक खोसिएका लडाकुले के अब प्रचण्डको प्रधानमन्त्री हुने अपुरो स्वार्थको लागि हिंसात्मक आन्दोलनमा भाग लिएर अङ्गभङ्ग हुन तयार होलान ? अबश्य हुन्नन

टेकराज पौडेल

शाकाहारी आन्दोलनले भएन, एकपटक लाठी खान मन छ : प्रचण्ड

नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा युबा बिद्यार्थीद्वारा आयोजित कार्यक्रममा आफुहरुले आह्वान गरेअनुसारको अपेक्षित जनता आन्दोलनमा सहभागी नभएको कारणले निरास हुँदै माथिको भाषण गर्नुभयो । सडकमा गर्ने भनिएको आन्दोलनलाई प्रशिक्षण कार्यक्रमको रुप दिएर सभा हलभित्र गर्नु परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आन्दोलनबाट नटेर्ने र ओलीलाई जबाफ हिंसात्मक आन्दोलनबाट गर्ने बिचार र योजना पस्कनु भयो ।ओलीले शान्तिपुर्ण बिरोधले सुन्दैन, किन किन मेरो टाउको चिलाएर हो कि अब साकाहारी आन्दोलनबाट केही हुने वाला छैन । सहभागीहरु केहीले ताली पनि पड्काए । अनि प्रचण्ड हौसिए पनि र शान्तिपुर्ण आन्दोलन भन्दा ध्वंसात्मक आन्दोलनको शक्तिबारे प्रशिक्षण दिनु थाले ।

शान्तिपुर्ण (प्रचण्डको बिचारमा साकाहारी) आन्दोलनमा शक्ति नै हुदैन, ध्वंसात्मक र हिंसात्मक आन्दोलन (प्रचन्डको बिचारमा मांसहारी) मा मात्र बल हुन्छ र यही आन्दोलनले मात्र ओलीलाई तह लगाउन सकिन्छ भन्ने बिचार आउनु भनेको उहाँहरुको समुहलाई थाहा छ कि अब बिघटन भैसकेको प्रतिनिधिसभा पुनःस्थापना हुन सक्दैन । संबिधानमा बिघटित प्रतिनिधिसभा पुनःस्थापना हुन सक्दछ भनेर कँही पनि किटान साथ भनिएको छैन । शान्तिपुर्ण आन्दोलनबाट ओलीलाई हटाउन व्यापक जनदबाबले पनि काम गर्दैन । यसको मतलब अब हिंसात्मक आन्दोलनबाट मात्र ओलीलाई कुर्सिबाट उतार्न सकिन्छ भन्ने लागेरै प्रचण्डको आफ्नो अन्तर्मनको बिचार प्रस्फुटन भएको हो ।

स्वयं प्रचण्डलाई ध्वंसात्मक आन्दोलन चलाएको अनुभव छ, अझै पनि सरकारबाट ५ लाख लिएर चेक खोसिएका बहिर्गमन भएका लडाकुहरु आफ्ना साथमा छन । तालिम प्राप्त लडाकुहरुसङ्ग प्रहरीले हार खान्छ भन्ने लागेको हुन सक्दछ । कथित जनयुद्धमा जस्तो आफ्नो एक आदेशमा हजारौं आफ्नो जीवनको बाजी लगाउन तयार हुने बलिदानी युबाहरुको साथ अझै प्रचण्डसङ्ग छ भन्ने पार्न पनि पर्ने छ भन्ने प्रचण्डमा बिश्वास हुन सक्दछ । हिजो ध्वंसात्मक आन्दोलन गर्ने लक्ष पनि देखाउनको लागि जनपक्षीय थियो ।

गाउँ घरका सोझा काङ्ग्रेस एमालेलाई ज्यानैदेखि सिध्याउदै देशका सामन्त जिमिदारसङ्ग भित्री साठगाठ गरेको धेरैले अझै भुलेका छैनन होला । देशबाट निरंकुश राजतन्त्रको समुल अन्त्य गर्ने र त्यस ठाउँमा गरिब सर्वहारा बर्गको राज्य प्राप्ती गर्ने, गरिबका दिन ल्याउने सन्कल्प थियो । त्यसकारण आन्दोलन उठ्यो । नयाँ जनबादी क्रान्ति पूरा गरेर किसान सर्वहाराको राज्य बनाउने लक्ष भनिए पनि न त अहिलेको एक्काइसौं सदिमा हतियारको बलमा राज्यसत्ता प्राप्त गर्न सकिन्छ न त बचाउन । प्रचण्डले चाहे जस्तो हुन सकेन र उनीहरु ध्वंसात्मक आन्दोलन छोड्न पर्ने बाध्यतामा आइपुगेका थिए । देशमा रहेका अन्य राजतन्त्र बिरोधी शक्तिहरु एमाले काङ्रेस जस्ता पार्टीहरुसङ्ग मिलेर शान्तिपुर्ण जनाअन्दोलन कै माध्यमबाट नेपालबाट राजतन्त्र समाप्त पार्ने योजना बनेको कारण शान्तिपुर्ण जनाअन्दोलनको माध्यमबाट राजतन्त्र अन्त्य भयो । यदि नेपालमा राजतन्त्र समाप्तिको लागि हिंसात्मक आन्दोलन नै निर्णायक थियो भन्ने प्रचण्ड काम्रेडमा धङ्गधङ्गी रहेको छ भने फगत त्यो भ्रम मात्र हो ।

कुनै आन्दोलन वा युद्ध लड्न र जित्न बस्तुगत र आत्मगत परिस्थिती अनुकुल हुनु पर्दछ भन्ने हामीलाई घोकाउने, बुझाउने स्वयं प्रचण्ड र माधव नेपाल नै हुनुहुन्थ्यो । हालमा गरिने हिंसात्मक आन्दोलनको मुख्य सत्रु को हो ? देश र जनताको बिरुद्द ? मुलुकभित्रका जनताका कुन अधिकार खोसेको छ ? हामीले २०७२ सालमा बनाएको संबिधानका कुनै मौलिक अधिकार सम्बन्धी धारा निलम्बन भएका छन ? कुन कुन धारा निलम्बन भएका छन र जनता सरकारको बिरुद्ध सडकमा आउनु पर्ने भयो ? के उहाहरुले भने जस्तै अहिलेको परिस्थिति प्रतिगमन हो ? जनताबाट निर्वाचित प्रतिनिधि जनतामै जाँदा र जनतालाई अधिकार दिदा प्रतिगमन हुन्छ ? हो, संबिधानले ६ महिना भन्दा लामो समय संसदबिहिन अवस्थाको कल्पना गरेको छैन । बैशाख महिनाभित्र चुनाब गर्ने भनेर जनतामा जानू र ताजा जनादेशबाट शक्ति आर्जन गर्दै सरकार चलाउनु प्रतिगमन हुन्छ ? हुन सक्दछ बरु प्रचण्ड र माधव नेपालको ब्यक्तिगत महात्वाकांक्षामा प्रतिगमन भए होला ।

२००७ सालदेखि हालसम्म कुनै ब्यक्ती वा राजनैतिक पार्टीको स्थायी सरकार पाँच बर्ष टिकेन । संसद भने टिकेको छ २०५१ सालको संसद ५ बर्ष रह्यो तर सरकार स्थायी रहेन । ६र६ महिनामा परिबर्तन हुने सरकारले बिकृती र बिसङ्गती भित्र्यायो । सांसद भेडाबाख्रा जस्तै होटेलको कोठामा थुनिए । सांसदहरु बैंककदेखि बम्बैसम्म पुगे । यही बेला पजेरो संस्कृति भित्रियो । नया जनबादी क्रान्ती गर्दछु भनेर २०५२ सालदेखि कथित जनयुद्धमा लागेका प्रचण्ड कमरेडले संसदीय ब्यबस्थाको यही कमजोरी माथि टेकेर ब्यबस्थामाथि बम पड्काए ।

२७५ जना सदस्य रहेको प्रतिनिधि सभामा नेकपाको मात्र १७४ जना सांसद छन । संबिधानतः निर्वाचनमा बहुमत ल्याएको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने किटानीका साथ लेखिएको छ । जब पार्टीभित्र र संसदीय दलभित्र आफ्नो पार्टीको संसदीय दलको नेता परिबर्तन नगरी अर्को नेतालाई प्रधानमन्त्री बनाउने गरी आधा जति सांसद अबिश्वासको प्रस्ताब संसद सचिबालयमा दर्ता गर्दछ भने अब त्यो दलभित्रको स्थिती कस्तो होला ? ८३ जना सांसदले सरकार बनाउन पुग्छ ? थप ५५ जना सांसद कहाँ खोज्ने ?

अब ६३ जना सांसद भएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सहयोग नलिइ कसरी सरकार बन्दछ ? प्रमुख प्रतिपक्षी दल समेत सहभागी सरकार कस्तो होला ? ूकाले काले मिलेर खाउ भाले बाहेक त्यस्तो सरकारले जनतालाई अरु के दिन सक्ला ? फेरि प्रचण्ड नेतृत्वमा बन्ने सरकारको बिरुद्ध अर्को गठबन्धन नबन्ला र फेरि सांसद किनबेचको खेल २०५३ सालको जस्तै नदोहोरियला भन्ने के ग्यारेन्टी ? त्यो बेलाको लथालिङ्ग चाला नै जनताको लागि साच्चैको प्रतिगमन हुने छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेको भोलि पल्ट अलि ठुलै जनताले ओलीको कदमको बिरुद्धमा सडकमा आए । जब प्रचण्ड र उनका सहयोगीहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु भन्दा पहिले हामीले संसदमा अबिस्वासको प्रस्ताव दर्ता गरेका हौ भन्न थाले, नेपाली जनताले संसद विघटनको स्वागत गरे । सिङ्गो काङ्ग्रेस र नेकपाको केन्द्रमा करिब आधा भनिएको तर जनतामा खासै हैसियत नभएको शक्तिले आन्दोलनको आधिबेरी शृजना गर्ने भनिए पनि जनताको उपस्थिति दिन प्रतिदिन घटदो रह्यो ।

जनताले प्रधानमन्त्रीलाई किन विघटन गर्यौ भनेर सोध्नुको साटो उल्टो पार्टीभित्र संसदीय दलको नेता पनि परिबर्तन नगरी अल्पमतले आफ्नै पार्टीको बहुमतको सरकार ढाल्ने प्रपन्चको खेलो गर्ने प्रचण्ड माधबलाई प्रश्न सोध्ने गरेका छन । अब शान्तिपुर्ण रुपमा जनताको साथ नपाउने भएकोले प्रचण्डले युबा बिद्यार्थीलाई उकास्ने गरी अबको आन्दोलन साकाहारी हुन नसक्ने र मासुको व्यापार हुने मांसहारी आन्दोलनको लागि आह्वान गरेका छन । स्वयं आफ्नो टाउको चिलाएको भन्दै रगतको खोलो बगाउने संकेत गरेका छन ।

सर्वप्रथम त कम्रेड प्रचण्डसङ्ग सुरक्षाको लागि ६९ जना सुरक्षाकर्मी छन । सेना, सशस्त्र र नेपाल प्रहरी गरी सुरक्षा घेरामा भएको मान्छे सबै भन्दा पहिले त असुरक्षित हुने ठाउमा जान पाउदैन । यदी साच्चै आफूलाई जनता कै लागि काम गरेको छु भन्ने लागेको छ भने सबैभन्दा पहिले आफूसङ्ग भएका सुरक्षाकर्मी लिखित निवेदन दिएर फिर्ता गर्नु पर्यो । अनि टाउको लिएर तिनै सुरक्षा कर्मीसङ्ग चिलायो भन्दै जाने कुरा भयो । अनि जनयुद्ध कालमा जस्तै प्रचण्डको एउटै आदेशमा मर्न र मार्न जान लामबद्ध हुने जमात अब छैन, अब त प्रचण्डलाई हिजो जनयुद्धमा अपाङ्ग र घाइतेहरुबाटै डर छ । १० बर्ष अघिको कार्यक्रममै प्रचण्डलाई जुत्ता हान्ने आफ्नै कार्यकर्ता थिए ।

फेरि नेताको लागि ज्यान दिने ती कार्यकर्ताले कम्रेड अध्यक्षले पार्टी कार्यकर्ताको पिर भन्दा आफ्नै घर परिबारको सन्तानको पिरको लागि आफुहरुलाई बलि चढाएको टुलुटुलु देखिरहेका छन । युद्ध लडेर पनि चेक खोसिएका लडाकुले के अब प्रचण्डको प्रधानमन्त्री हुने अपुरो स्वार्थको लागि हिंसात्मक आन्दोलनमा भाग लिएर अङ्गभङ्ग हुन तयार होलान ? अबश्य हुन्नन । त्यसकारण कम्रेड प्रचण्ड शान्तिपुर्ण तरिकाबाट परिबर्तन सम्भव छ भन्ने कुरामा बिस्वाश छैन ? लोकतान्त्रिक ब्यबस्थाप्रतिको तपाइको निष्ठा के हात्तिको देखाउने दात मात्र हो ? के न्यायलयप्रती तपाईंमा बिश्वास छैन ? आखिर अदालतमा बिचाराधीन बिषयमाथि प्रहार गरेर लोकतन्त्रप्रतिको तपाइको निष्ठालाई किन धुमिल पार्नु हुन्छ ? फेरि किन गर्दै हुनुहुन्छ देश र जनताबिरुद्ध गद्धारी ? प्रचण्डको यो काम देश र जनताबिरुद्ध प्रचण्डको अर्काे गद्धारी नै हो ।

हिजोको हिंसात्मक आन्दोलनले आफुलाई आजसम्म पनि लखेटिरहेको देख्दा देख्दै पनि फेरि नजाने जस्तै गरेर किन स्वाङ्ग पार्नुहुन्छ ? तपाईलाई पार्टी सत्ता र राजकीय सत्ता भन्दा बाहिर बस्न नसक्ने सोचाइमा पुर्याउने नै त्यही १७००० वाला मांसाहारी आन्दोलन थियो ।