जनता टाइम्स

२४ माघ २०७७, शनिबार १२:२३

तथ्यको कसीमा ओली सरकारले गरेको बिकाश-निर्माण : यी हुन बिरोधीले पनि छोप्न नसक्ने परिणाम


बिगत २ बर्ष कार्यकालमा ओली सरकारका यिकामहरु उल्लेखनिय छन्न । बर्तमान सरकारका कार्यहरु भौतिक निर्माण सङसगै अरु क्षेत्रहरुमा पनि हामीले महसुस गर्न सक्छौ । अस्थिर राजनिती र बर्षबर्षमा फेरिने सरकारहरुले कुनै पनि कार्य निचित समयमा गर्न सक्दैन्न

ई. प्रशान्त पोख्रेल

देश बिकासको मेरुदण्ड भौतिक तथा आर्थिक बिकास हो । पुल, पुलेसा, बाटोघाटो यतायत संचार सिचाईलगायत भौतिक बिकास निर्माणको आधार हो । बिकास भन्नाले यस सम्बन्धी समग्र कुराहरु पर्दछन । तिनका पछाडि भौतिक निर्माण महत्वपुर्ण हुन्छ । शिक्षा, स्वास्थ्य जस्ता बिषयका लागि पनि भौतिक निर्माण जरुरी हुन्छ । यसरी हेर्दा बिगतका सरकारका तुलनामा नेकपाको हालको केपी शर्मा ओली नेतृत्वको सरकारके धेरै बिकास, निर्माणका कामहरु गरेको देखिन्छ । तर नेपाललाई सधै गरीब, असहाय देख्न चाहने तत्वका कारण लामो समयदेखि बिकास निर्माण हुन नसकेको पाइन्छ ।

हुलाकी राजमार्ग बनाउछु भनेर ठेकदार कम्पनीले लामो समयसम्म काम नै नगरी रोकेर राख्यो । तर यस्ता अबरोधहरुलाई पन्छाउँदै ओली सरकारले आफ्नो दोस्रो कार्यकालमा हुलाकी राजमार्ग लगभग ६० प्रतिशत पूरा भएको देखिन्छ । यसरी नै धेरै क्षेत्रहरुमा सरकारले छोटो अबधिमा महत्यपुर्ण कामहरु सम्पन्न गरेको र सम्पन्न गर्ने तरखरमा छ । सरकारले अढाइ बर्षभित्रमा भुकम्प पीडितहरुका, बारा, पर्साका सुनामी पीडितहरु, घरबिहीन जनता र प्रधानमन्त्री आवास योजना अन्तर्गत समग्रमा ७ लाख घरहरु निर्माण गरिसकेको तथ्यले देखाएको छ ।

समृद्धीको आरम्भ नामक २५२ पानाको पुस्तिकामा यो सबै बिबरण प्राप्त गर्न सकिन्छ । तर यहाँ सबै बिकास निर्माणका कामहरु देखेर आफ्ना सहकर्मीदेखि पूर्वप्रधानमन्त्रीहरु समेत इष्र्याले जलेका छन । आफू प्रधानमन्त्री भएका बेला भन्दा धेरै महत्वपुर्ण बिकास निर्माण भएको देखेर उनीहरुमा जलन उत्पन्न भएको सहजै महसुस गर्न सकिन्छ । कतिपय बिकास निर्माणहरु पूरा हुन नदिने, अल्झाउन खोज्ने र आफू प्रधानमन्त्री भएपछि मात्र पूरा गरेर उदघाटन गर्नेसम्मका दबाबहरु बिभिन्न निकायहरुमा दिएको पनि थाहा भयो । पहिले जस्तै छापामार शैलीले प्रधानमन्त्री ओलीलाई मात्र हैन, राष्ट्रपतिलाई समेत महाअभियोग लगाएर देशलाई नै तहसनहस पार्न खोज्दा प्रातिनिधिसभा बिघटन पार्न बाध्य गरेको देखिन्छ ।

झट्ट हेर्दा संसद बिघटन अप्रिय कदम हो । तर देशलाई जोगाउन, प्राप्त उपलब्धीको जगेर्ना गर्न बिघटन गर्न जरुरी थियो । मध्याबधि निर्वाचन आबश्यक थियो । लोभी पापिलाई तह लगाउन ताजा जनादेश लिनु पर्ने अबश्यक आईलाग्यो । त्यसैले प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन सम्बध बिभिन्न तहतप्काका पदाधिकारी सदस्य समर्थकहरु सबैले ओली सरकारले गरेको, गर्न लागेको र गर्ने सबै बिकास निर्माणका कामहरु जनता समक्ष उजागर गर्दै निर्वाचनको माहोल तयार पार्न जरुरी छ । सरकारले हालसम्म गरेको कामहरुका बिबरण निम्न अनुसार रहेको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ०७६ फागुन २१ सम्म गरेका विकास निर्माणको विवरण
२०७६ सालफागुन २१ गते प्रकाशित समृद्धिको आरम्भ नामक २५२ पेजको पुस्तकमा सविस्तार उल्लेख गरिएको देखिन्छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपबाट डिजेल आयातबापत वार्षिक करोड ढ्वानी खर्च जोगिएको देखिन्छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत २०७५ साल जेठ १ गते मुलुक लोडसेडिङ मुक्त भएको, जनताको जलविद्युत कार्यक्रमअन्तर्गत विभिन्न २२ आयोजनाहरु निर्माणका लागि छनौट, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सहित यसै आर्थिक वर्ष भित्र १ हजार मेघाबाट विद्युत उत्पादन हुृने,भेरि बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नेपालमै पहिलोपल्ट टनेल बोरिङ प्रविधिबाट १२.२ कीमी सुरुङ निर्माण कार्यको ब्रेकथ्रु भएको । कुल १४ लाख ७६ हजार ७३१ ह्ेक्टर जमिनमा दीगो तथा भरपर्दो सिँचाइ सुविधा प्राप्त भएको ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

थप २३ जिल्लामा गरिब घर परिवार पहिचान सर्वेक्षण कार्यक्रम सञ्चालन,मुलुकका १ सय ८ वटा मालपोत कार्यालयमा land revenue information management system लागु, थप ७ हजार ५० मुक्तहलिया परिवारको पुनस्थापना, हालसम्म २७ हज्जार ५ सय ७० मुक्तकमैया परिवारको पुनः स्थापना। सहकारी संस्थालाई उत्पादन र बजारीकरणको कार्यमा सहभागी गराउन २४ वटा संकलन केन्द्र निर्माण सम्पन्न र थप २४ वटा संकलन केन्द्र निमाणाधीन अवस्थामा । १ हजार ६ सय ४ वटा नयाँ सीमास्तम्भ निर्माण र थप १ हजार ३ सय ११ वटा सीमास्तम्भ मर्मत सम्भार भएको ।
संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये ३८७ वटाको पुननिर्माण सम्पन्न,गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलको ८५ प्रतिशतनिर्माण कार्य सम्पन्न,नेपालको हवाइ सेवा सम्झौता गरेको मुलुकको संख्या ३९ पुगेको छ भने ३ लाख ३० हजार हवाइ सिट क्षमताथपभएको,आन्तरिक विमान स्थलको संख्या ४९ बाट बढेर ५५ पुगेको, धावनमार्ग विमान स्थलको संख्या २९ बाट बढेर ३४ पुगेको,१०० वटानयाँपर्यटकीय गन्तव्यतथा ९२ वटा स्थापितगन्तव्यहरु छनौट गरी पूर्वाधार विकास भइरहेको ।

पर्यटकीय नगरी पोखरामा पुर्वाधार विकाश
पोखरा विमानस्थलमको स्थलगत अवलोकन र प्रस्तुतिकरणबाट करिब ७०५भौतिक प्रगती भएको अवस्था हेर्दा काम राम्रोसँग भएको अनुभुतीभयो।संचालनको बेलासम्म परियोजना बाहिर केही काम सम्पन्न गर्नुपर्ने कुरामा जोड, अझ छिटो, गुणस्तरिय र समय सिमा भित्र काम गर्ने गराउने कुरामा विशेष पहल कदमी हुने नै छ। राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलकोको नेतृत्वमा अवलोकन भ्रमण सम्पन्न गरियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१६ अस्पतालमा ज्येष्ठ नागरिक वार्ड संचालन, ५१ जिल्लामा ५४० स्थानीय तहमा बीमा कार्यक्रम विस्तार, स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, प्रसूति केन्द्र गरी जम्मा २२८ वटा भवनहरुको निर्माण सम्पन्न ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

नेपाली वैज्ञानिकहरुले विकास गरेको नानो स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण, भूकम्पबाट क्षतिग्रस्त भएका ५ हजार ४ सय ४० विद्यालयका २७ हजार २ सय ८९ कक्षाकोठाको पुननिर्माण, विद्यालय बाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई विद्यालय भर्ना, विद्यालयका ५९ लाख १० हजार बालबालिकालाई निःशुल्क पाठ्यपुस्तक वितरण । ६ सय ७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा पुर्याई थप ३२ हजार ३ सय ७० विद्यार्थीलाई प्राविधिक शिक्षा उपलब्ध ।

खानेपानी मन्त्रालय

८९ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवा पुगेको, मेलम्ची खानेपानी आयोजनाको कूल भौतिक प्रगति ९४ प्रतिशत, १० करोड ५७ लाख लिटर फोहोर पानीलाई प्रशोधन गर्ने संरचना एक वर्ष भित्रै सम्पन्न गर्ने गरी निर्माण भएको । काठमाडौं उपत्यकाको ४ स्थानमा निर्माणाधीन फोहोर पानी प्रसोधन केन्द्र मध्ये नेपालको पहिलो अत्याधुनिक फोहोरपानी प्रसोधन केन्द्र (गुहेश्वरी) को सम्पुर्ण निर्माण कार्य सम्पन्न भै भरखर परिक्षण पश्चात उद्घानको पर्खाइमा छ। यो विश्वको अन्य सुविधा सम्पन्न मुलुकको स्तरको फोहोरपानी प्रसोधन केन्द्र नेपालमा पहिलो पटक बनेकोमा हामी सवैको गौरवको बिषय हो। यसबाट प्रतिदिन ३ करोड २० लाख लिटर फोहोरपानी प्रसोधन गरी फेरी बागमती नदिमा नै प्रवाह गर्दछ जसले बागमती नदिमा सफा पानी बहावमा बृध्दि गर्नेछ। यसबाट उत्पादन हुने ग्याँसबाट बिजुली पनि उत्पादन भइरहेको छ। यो Design, Built and Operate model मा निर्माण भएको हो । दक्षिण एशियामा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने नेपाल पहिलो देश बनेको, भूकम्पबाट क्षतिग्रस्त ५०८ वटा खानेपानीआयोजनाहरुको पुनःनिर्माण गरिएको ।

युवा तथा खेलकुद मन्त्रालय

दशरथ रङ्गशालाको स्तरोन्नतिकार्य सम्पन्न भएको, युवातथा साना व्यवसायी वरोजगार कोषबाट २७,६६९ जना स्वरोजगार, दशरथ रङ्शालाको स्तरोन्नति कार्य सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

प्रतिदिन करिब ५.७ किमीका दरले कालोपत्रे सडक निर्माण,नागढुंगा सुरुङमार्गको निर्माण सँगै सुरुङ मार्ग निर्माणको युगमा प्रवेश, विगत दुई वर्षमा ३२५ वटा सडकपुल निर्माण भए, चालु वर्षको अहिले सम्म ४१ वटा सडक पुल निर्माण भइसकेका छन । २०७७ असारभित्र जयनगर विजलपुरसम्म नेपाल सरकारको आफ्नै रेल हुने, नेपाल पानीजहाज कार्यालयको स्थापना, छिमेकी मुलुकसँगको जलयातायातका लागि नीतिगत आधार तयार भएको ।

संचार तथा सूचना प्रविधि मन्त्रालय

सबै चलचित्र घरमाबक्स अफिस प्रणाली लागु, ७७ जिल्लामा कुल ६५ लाख ग्राहक समक्ष उच्चगतिको फोन सेवा विस्तार, ४०७ स्थानीय तहका कार्यालयहरु ३,४२४ वटा वडा कार्यालय २३५२ स्वास्थ्य केन्द्र र २७१८ वटा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार,४ सय २६ स्थानीय तहमा स्थानीय तहका र्यालय संचालन सम्बन्धी मोवाइल एप्स प्रयोगमा, ६ सय ९ सय किलोमिटर दूरीमा अप्टिकल फाइवर जडानको सुरुवात, पत्रकार कल्याण कोषमा ५ करोड ३४ लाख रकम जम्मा भएको छ र ०७५ कात्र्तिक १ गतेदेखि लागू हुनेगरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशतले बृद्धि गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

८०० किलो मिटर सडक कालोपत्रे र २०४ किलो मिटर ग्रामीण सडकको ग्राभेलको स्तरमा स्तरोन्नति गरिएको ,बाग्लुङ नगरपालिका वडा नं. १ र कुस्मा नगरपालिका पाङ जोडिने नेपालकै सबैभन्दा लामो नमुना झोलुङ्गे पुल (५६७ मिटर) चालू आ.व.मा सम्पन्नहुने र १४३ तुइनहरु मध्ये १२५ तुइन विस्थापित भइसकेका छन् ।

सहरी विकास मन्त्रालय

प्रधानमन्त्री निवास निर्माण सुरु, तराइ मधेसका २० जिल्ला सदर मुकामहरुमा २ वटा बस पार्क निर्माण, ललितपुर गोदावरीमा तीन हजार क्षमताको सभाहल चैत सम्ममा निर्माण भइसक्ने, बुटबलमा १ हजार २ सय क्षमताको अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भइरहेको बन्चरे डाँडामा आधुनिक प्रविधिुक्त स्यानटरी ल्यान्डफिल्ड साइट निर्माणको पहिलो चरण चैतमा सकिने,जनता आवास कार्यक्रमअन्तर्गत ८ हजार आवास एकाइहरु निर्माण ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

राजस्व प्रशासनमा सदाचार प्रबर्धन भई राजस्व संकलनमा सकारात्मक सुधार,भूकम्प अतिप्रभावित १४ जिल्लामा क्षतिभएका ७ सय ५३ पुरातात्विक सम्पदाहरु मध्ये ३ सय ८७ सम्पदाहरुको पुननिर्माण, भूकम्पपछिको पुननिर्माणमा उल्लेखनीय प्रगति भई ४ लाख ८२ हजार ३ सय २३ आवास निर्माण, ऐतिहासिक महत्वको धरहरा अठारौैँ तला सम्पन्न भएको र रानीपोखरी पुस्तकमा ५५ प्रतिशत पूरा भएको भनिए पनि हाल त्यसको समुद्घाटन समेत भएको ।

रक्षा मन्त्रालय

जाजरकोट डोल्पा सडक ११७.७ किमीको ट्रयाक खोल्ने कार्य सम्पन्न, २०७५ चैत्र १७ गतेको आँधीप्रभावित बारा र पर्सा जिल्लामा ८६९ घरहरु निर्माण गरी हस्तान्तरण, विस्फोटक पदार्थमा आत्मनिर्भर हुने योजनाअनुरुप मकवानपुर सुनाचुरीमा वार्षिक २,४०० मेट्रिक टन क्षमताको emulsion plant निर्माण, काडमाडौँ तराई मधेस द्रुतमार्ग सडक निर्माण आयोजनाको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत । नेपाल एकीकरणसित जोडिएका ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण गर्ने कार्य सुरु गरिएको छ ।

बिगत २ बर्ष कार्यकालमा ओली सरकारका यिकामहरु उल्लेखनिय छन्न । बर्तमान सरकारका कार्यहरु भौतिक निर्माण सङसगै अरु क्षेत्रहरुमा पनि हामीले महसुस गर्न सक्छौ । अस्थिर राजनिती र बर्षबर्षमा फेरिने सरकारहरुले कुनै पनि कार्य निचित समयमा गर्न सक्दैन्न । तसर्थ स्थिर सरकार र राष्ट्र प्रेमी सरकारलाई हामीले साथ र सहयोग गर्दै समृद्ध नेपालको अभिभारा सम्पुर्ण राष्ट्रप्रेमी नेपालीहरुले साथ दिनु पर्दछ ।

(लेखक पोखरेल प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन सुनसरिका सचिब हुनुहुन्छ ।)