जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १८:०६

क्यावात अर्थमन्त्री खतिवडा ! बजेटले रोकिए लाखौं सौन्दर्यकला व्यवसायीका आँशु


 बसन्त अर्याल/काठमाडाैं

मानिसलाई खुसी हुन ठुलो कुरा चाहिदैंन । एउटै कुरा पनि कसैलाई ठुलो लाग्छ भने कसैलाई सानो लाग्छ । सानो सानो उद्यम गरि बसेका धेरैलाई आफ्नो व्यवसाय राम्ररी चलोस भन्ने चाहाना हुन्छ । केहि हजारको व्यपार हुँदा धेरै खुसीहुन्छन् । उनीहरुले आफ्नो आधारभुत आवश्यकता पुरा गर्नको लागि सानो पुँजीमा केहि उद्यम गरिरहेका हुन्छन् ।

नेपालमा सौन्दर्यकलालाई धेरै समय सम्म लक्जरियस उद्यामको रुपमा व्यख्या गरियो । केहि व्युटीपार्लर जान्छु भन्दा बेकारमा पैसा किन खर्च गर्ने भन्ने धारणा व्यप्त थियो । नेपालमा विशेषगरी महिलाहरु सौन्दर्यकलाको तालिम लिदै सानै क्षमतामा सानो सानो व्यवसाय शुरु गरे । अहिले २ लाख भन्दा बढी व्युटीपार्लर रहेका छन् । यो व्यवसाय सञ्चालन गरेर बसेका मध्ये धेरै पूँजी भएका महिला छैनन् । यो व्यवसायले लाखौं महिलालाई आफ्नो खुट्टामा उभिन र उद्याशिल बन्न सिकायो ।

पहिला शहरमा मात्र केन्द्रित यो व्यवसाय अहिले गाँउ गाउँ सम्म पुगेको छ । यसले महिला चुलो चौकोमा सिमित हुनुुपर्छ भन्ने मान्यतालाई हटाएको छ । महिला पनि उद्यम गर्न सक्षम छन् । आफ्नो परिवार पाल्न महिलाले पनि सक्छन् भन्ने मान्यता यो व्यवसायले स्थापित गरेको छ ।

महिलाहरुले विभिन्न संस्थाबाट तालिम लिदै आफ्नो व्यवसाय बढाउँदै लगेका छन् । उच्च शिक्षा लिन नपाएका धेरै व्यवसायीहरु व्यवसाय गर्न कानुनी झन्झटको विषयमा खासै जानकारी छैन । केहि व्यवसायीले साने व्यवसायले भए पनि कर तिर्नुपर्छ भन्ने प्रयाप्त जानकारी भएन । थाहा भएकाहरु प्यानमा दर्ता भएर सञ्चालन आए । व्युटीपार्लर खोल्यो ग्रहाकलाई सेवा दियो आफ्नो दैनिकी चलायो । यसै बीचमा २०७४ मा नेपाल कम्युनिष्ट पार्टिको बहुमतको केपी ओली नेतृत्वमा सरकार बन्यो ।

अर्थमन्त्री बन्नुभयो युवराज खतिवडा, जो राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकमा राम्रो छाप छाड्न सफल हुनु भएको थियो । व्यवसायीले पनि विगतका अर्थमन्त्री भन्दा खतिवडासंग काम गर्न सहज हुने विश्वास लिएका थिए । तर आर्थिक वर्ष २०७५/७६को बजेटमा सौन्दर्यकला व्यवसायीपनी भ्याटमा जानु पर्ने उल्लेख गरियो । केहि ठुलो कारोबार गर्ने व्यवसायीबाहेक छागाबाट खसेजस्तो भए । किनभने धेरैलाई भ्याट भनेको केहो भन्ने नै थाहा थिएन ।

देशभरका व्युटीपार्लर व्यवसायीलो सौदर्यकला महासंघका अध्यक्ष कमला श्रेष्ठलाई फोन गरी सोध्न थाले । भ्याट भनेको के हो ? हामी कसरी भ्याटमा जाने ? उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहनु भएका श्रेष्ठले वाणिज्य विभाग संग छलफल गर्नुभयो ।‘मैले सबै जिल्ला संघका पदाधिकारी राखेर वाणिज्य विभागका डिजि संग हाम्रो समस्या राखे । उहाँहरुले पनि हुन्छ हामी हेर्छौ भन्नुभयो । त्यसमा पनि चित्त बुझेन उद्योगवाणिज्य महासंघ संगपनि छलफल गर्यो । अहिलेकै अवस्थामा सबै सौन्दर्यकला सम्बन्धी व्यवसायी भ्याटमा जान सक्ने स्थिती छैन भनेर । अनि महासंघको नेतृत्व नै लिएर अर्थमन्त्री युवराज खतिवडालाई भेट्यौ ।’

अर्थमन्त्रीले सेवाको व्यवसाय भएकाले भ्याटमा त जानै पर्ने बताउनु भयो । तर श्रेष्ठले सौन्दर्यकला व्यवसाय अझै राम्ररी नफस्टाएको भन्दै अहिले नै सबैलाई एउटै डालोमा राख्न नहुने अर्थमन्त्रीलाई सुझाव दिनु भयो । त्यसको केही समयपछि उहाँ फेरी उद्योगवाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्टु भयो र आफुहरुको समस्या बताउनु भयो । प्रधानमन्त्रीले ‘म हेछु’ भनेपछि उहाँलाई केहि आशा जाग्यो ।

यो सबै संभव भएको सबै उद्यमी महिलाहरुको कारणले हो । हामीहरु एकजुट भयौ भने समस्या समाधन गर्न सफल हुन्छौं भन्ने उदाहरण पनि हो

जब आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत भयो, त्यसपछि उहाँले धेरै नै खुसी हुनुभयो । उहाँलाई उद्योग वाणिज्य महासंघबाट सबैले बधाई दिए । ‘यो सबै संभव भएको सबै उद्यमी महिलाहरुको कारणले हो । हामीहरु एकजुट भयौ भने समस्या समाधन गर्न सफल हुन्छौं भन्ने उदाहरण पनि हो ।’ उहाँलाई अहिले देशभरबाट सबैले बधाई दिएका छन् । ‘ मलाई यो देखेर ठुलै काम गरेको अनुभव भएको छ । देशभरका दिदिवहिनी एकदम खुसी हुनुहुन्छ । म सफल हुनुभनेको मेरो प्रयासले मात्र होइन । देशभरका उद्यमीहरुको सहयोग, सौंदर्यकला व्यवसायी महासंघ, उद्योग वाणिज्य महासंघ, अर्थमन्त्री, प्रधानमन्त्री सबैले सहयोग गनुभयो र हामीलाई व्यवसाय गर्ने वातावरण सहज बनाईदिनु भयो ।’

तर व्युटीपार्लर व्यवसाय हो एकदिन त भ्याटमा जानै पर्छ । त्यसको लागि ग्रेडिङ सिस्टम लागु गर्नुपर्ने उहाँको सुझाव छ । ‘धेरे कारोबार गर्ने, क्वालिटी राम्रो दिने, दक्ष जनशक्ति भएको पार्लरलाई भ्याटमा जान अहिले पनि समस्या छैन । अहिले किन मात्र समस्या भएको हो भने गाउँ गाउँका सबै पार्लरलाई एउटै डालोमा राखेर हो ।’ कसको कारोबार कति, कस्तो सेवा दिन्छ ग्रेडिङ छुट्यायौ भने सौदर्याकला व्यवसायपनि व्यवस्थीत हुने उहाँलाई लागेको छ । अहिले च्याउसरि उम्रेका व्युटीपार्लर देखेर उहाँले राज्यले एउटा मापदण्ड बनाई यो व्यवसायलाई अस्वस्थ्य प्रतिस्पर्धा गर्न रोक्नुपर्ने उहाँको धारणा छ ।