दक्षिण एसियामा भारत र बंगलादेश बीचको बढ्दो आर्थिक सम्वन्धले के नयाँ संदेश दिएको छ भने अर्थनीतिले राजनीतिलाई सञ्चालन गर्नु पर्दछ । विवादलाई विकासमा परिर्वतन गर्नु नै नेतुत्वको क्षमता र परीक्षा हो
विपिन देव
डा. राममनोहर लोहियाले आफ्नो कालजयी कृति “भारत विभाजनको दोषी” भन्ने पुस्तकमा नेताहरूको अहङ्कार र स्वार्थ तृप्तिको कारणले नै भारत विभाजन भएको कुरा उल्लेख गरेका छन । धर्म सामनजस्य र सामिप्यताको बन्धन भएता पनि धर्मको मुद्दा उठाएर नै भारत विभाजन भएको कुरा सत्य हो । पाकिस्तानले आफ्नो छुटै पहिचान र अस्तित्व राख्न आफूलाई इस्लामिक राष्ट्रको रुपमा स्थापित गर्यो । तर इस्लामले पनि साँस्कृतिक एकरुपता र भाषिक विधितालाई संयोजन गर्न सकेन । पाकिस्तानभित्र उर्दु र बङ्गला भाषीबीच द्वन्द चुलिएको बेला भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले हस्तेक्षपकारी भूमिका खेल्दै पाकिस्तानसंग युद्ध गरिन ।
अर्थात सन १९७१ विश्व मानचित्रमा एउटा नयाँ देशको उदय भयो । सन १९७१ ताका बंगलादेशको जन्म भारत र पाकिस्तानको युद्धको परिणाम र प्रतिफल नै थियो । जसमा ९० हजार भन्दा वढी पाकिस्तानी सैनिकहरूलाई भारतले युद्धबन्दी बनाएको थियो । इतिहासको त्यो कठिन मोडमा भारतले अमेरिका र चीनको धम्की र चुनौतीलाई पनि सामना गर्नुपरेको थियो । सन १९७२ मा भारत र बंगलादेशबीच मैत्री सन्धि भयो । अर्थात बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा भारतले स्वीकार मात्रै गरेन कि बंगलादेशलाई सन १९७४ मा संयुक्त राष्ट्र संघमा नामांकरण र सदस्यताका लागि पनि महत्वपूर्ण भूमिका खेल्यो ।
इतिहासकारहरूले भारतलाई बंगलादेशको धाईआमा भनेर पनि चित्रित गरेका छन । वर्तमान परिवेशमा भारत बंगलादेशका मैत्री र सम्वन्धले दक्षिण एसिया र पूर्वी एसियामा नयाँ सन्देश सम्प्रेषण गरेको देखिन्छ । यही मार्चको अन्तिम सातामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वंगलादेशको ५० औं स्थापना दिवसको अवसरमा बंगलादेशको यात्रा गर्ने समाचार सम्प्रेषित भएको छ भने बंगलादेशको ५० औं स्थापना दिवसका साथै बङगादेशको राष्ट्रिपिता शेख मजबुर रहमानको १०० जन्म जयन्ती पनि मनाउने भएको छ । रोचक कुरा के छ भने शेख मजवुर रहमानको १०० औं जन्म जयन्ती र महात्मा गान्धीको दर्शनलाई पनि जोड्दै “वंगबन्धु गान्धी” महोत्सव मनाउने पनि निर्णय गरिएको छ ।
भारत र बंगलादेशको सम्वन्ध आर्थिक कसीमा आधारित छ । यसको प्रमुख नायिका बंगलादशेका प्रधानमन्त्री शेख हसिना नै हुन । शेख हसिना भारतप्रति गहिरो सद्भाव राख्ने नेतृ हुन । सन १९७५ ताका वंगलादेशका सैनिक शासकहरू शेख मजबुर रहमानका निवासमा आर्कमण गर्दा शेख हसिना आप्mना भाइसहित भारतमा आश्रय लिएकी थिइन । पिताको हत्यापछि इन्दिरा गान्धीको अभिभाकीय मायामा सन १९८१ भई १६ सम्म शेख हसिनाले आफ्नो राजनैतिक र शैक्षिक व्यक्तित्व भारतमा निर्माण गरिन । आफ्ना पिता शेख मजहबुर रहमानको आर्दश र पदचापमा यात्रा गर्दै आज उनी प्रधानमन्त्रीको पदमा आसिन छिन । सन २०१४ मा मोदीको प्रधानमन्त्रीत्व कालमा भारत बंलगादेशको सम्वन्धले एउटा नयाँ गति प्राप्त गर्यो । सन २०१४ मा ६ विलियन अमेरिकी डलर रहेको व्यापार सन २०२० सम्म १० विलियन डलरमा पुग्नु एउटा ठुलो आर्थिक छलाङ्ग हो ।
भारत र बंगलादेशले विभिन्न क्षेत्रहरूमा सहकार्य गर्दै आएका छन । बंगलादेशको भूगोल सामरिक र आर्थिक दृष्टिकोणले बहुत महत्वपूर्ण छ । भारत र बंगलादेशको वाटो प्रयोग गरेर आसियान मूलुकलगायत म्यानमारसंग सुगमता पाउन सक्दछ । अर्थात बंगलादेशको वाटो भएर भारतले इस्ट एसियन हाइवे बनाउन लागिपरेको छ । साथसाथै बंगलादेश भारतभित्रको पनि “ट्रान्जिट प्वाइन्ट” मानिन्छ । अर्थात वङगलादेशको सामुद्रिक बाटो भारतले प्रयोग गर्दा भारतको सामान भारतमा कम लागतमा पुर्याउन सकिन्छ । यही उद्देश्यले भारतले वंगलादेशको चितगोङ बन्दरगाहलाई प्रयोग गर्न आवश्यक सम्झौताहरू गरिरहेको छ । वङगलादेशको भूगोलले नेपाल, भुटान र भारतलाई पनि जोड्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । भर्खरै मार्च ९, २०२१ मा भारत र बंगलादेशको सामूहिक प्रयासले फेनी नदीमा १३३ करोडको लगानीमा पुल निर्माण भएको छ । यस पुलले भारत र बंगलादेशको व्यापारलाई वृद्धि गर्न यथेष्ट योगदान गर्ने छ ।
भारत र बंगलादेशको सम्बन्ध आर्थिक लिकमा चलेको कारणले नै गर्दा दुईवटै मुलुकहरू कठिन भन्दा कठिन मुद्दाहरू वार्ता र कूटनैतीक अभ्यासवाट समाधान गर्न सर्मथ भएका छन । भारत र बंगलादेशबीच सीमा र भूमिसम्वन्धी ठुलो विवाद थियो । खास गरेर सिमासम्वन्धी विवाद बंगलादेशको चुनावी अभियान र प्रचारको ठुलो खजाना हुने गथ्र्यो तर शेख हसिनाको दुरदर्शिता र कुशल नेतृत्वले सिमासम्वन्धी विवादलाई समाधान गर्न सफल भएको देखिन्छ । भारतको मन र मत जित्न सफल भएकी शेख हसिनाले बंगलादेशको राजनीतिलाई “एन्टी इन्डियन सेन्टिमेन्ट” को नाराबाट अलग गरेकी छिन ।
भारत र बंगलादेशको विचमा १६२ गाउँहरू विवाद थियो । अर्थात दुवै देशहरूले तेरोमेरोको दावी १६२ गाउँहरूमा गरिरहेका थिए । उच्च कूटनीतिक संयन्त्रद्वारा यो समस्याको निराकरण र समाधान भयो । जसमा ५१ गउँहरू भारतमा गाभियो भने वाँकी बंलगादेशमा । त्यस्तै भारत र बंगलादेशका विच साझा नदीहरू छन । ५४ नदीहरूको पानीलगायत विभिन्न विषयमा विवाद भएता पनि मोदी र हसिनाको नेतृत्वले नदीको क्षेत्रमा कृषिको विकासमा कुनै कमी आउन दिएको छैन । ४,३५१ किलोमिटर वोर्डरसंग जोडिएको यी दुई मुलुकहरू बीच समस्याका चाङहरू नै छन । भारतका सामरिक जानकार डा. श्री राम चौलियाका अनुसार चीनको बंगलादेशमा वढ्दो लगानीले गर्दा भारतले आफ्नो कार्यनीति र रणनीतिमा परिर्वतन ल्याउनु पर्दछ ।
अर्थात बंगलादेशमा चीनको २४ विलियन अमेरिकी डलरको लगानी रहेको छ भने २७ वटा योजनाहरू सञ्चालित भएका छन । चीनको वि.आर.आई योजनामा बंगलादेश सहमतिको साथै सहभागी पनि भएको छ । तर बंगलादेशको नेतृत्वले भारतको आकार र भूगोललाई मध्यनजर राख्दै चीनसंग सन्तुलन पनि बनाएका छन । चीनलाई चितोगोङ बन्दरगाह निर्माण गर्न अभिभारा दिएता पनि सो वन्दरगाहलाई चिनियाँ सैनिक प्रयोजनको लागि उपयोग हुन दिएको छैन । बन्दरगाहलाई व्यापारसँग मात्र जोडेको देखिन्छ । बंगलादेशलाई पाकिस्तानको ग्वादर बन्दरगाह र श्रीलङकाको हम्वनटोटा बन्दरगाहको अनुभव रहेकोले चीनसंगको सम्बन्ध र सम्र्पकमा बंगलादेश पृथक देखिन्छ ।
बंगलादेशको स्वतन्त्रताका लागि त्यहाका मुक्ति वाहिनी (लडाकारू) लाई भारतीय सैनीकहरूले तालिम दिएका थिए । कालान्तरमा वंगलादेशको सैनिक र भारतीय सैनिकहरूबीच सम्बन्धमा न्यानोपन पनि आयो । अर्थात विगत ५० वर्षदेखि बंगलादेशी सैनिकहरू भारतीय सैनिकहरूद्वारा तालिम प्राप्त गरिरहेको इतिहास छ । दक्षिण एसियामा नयाँ व्यापारिक वातावरण निर्माण गर्न बंगलादेशको वन्दरगाहहरूलाई आधुनिकीकरण गर्न अति आवश्यक देखिन्छ । तदनुरुप सन २०१८ मा भारत र बंगलादेशका विच वन्दरगाहसम्वन्धी सम्झौता पनि भएको देखिन्छ ।
दक्षिण एसियामा भारत र बंगलादेशको बढ्दो आर्थिक सम्वन्धले के नयाँ संदेश दिएको छ भने अर्थनीतिले राजनीतिलाई सञ्चालन गर्नु पर्दछ । विवादलाई विकासमा परिर्वतन गर्नु नै नेतुत्वको क्षमता र परीक्षा हो ।
प्रतिक्रिया दिनुहोस्