जनता टाइम्स

३१ बैशाख २०८२, बुधबार १८:४३

संघीय राजधानी छिर्ने नाका नागढुंगामै ट्राफिक इन्स्पेक्टरले ड्यूटीमै रहेको सहायक हवल्दार कुटेको भिडियो भाइरल


काठमाडौं, बैशाख ३१। नेपाल प्रहरीका एक सहायक हवल्दारलाई ट्राफिकका इन्स्पेक्टरले थप्पड हानेको भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा सो भिडियो भाइरल बनेको हो । भिडियोमा इन्सपेक्टरले कझाडि हान्दै लखेटेको देखिन्छ । इन्सपेक्टरबाट ड्यूटीमै रहेका सहायक हवल्दार कुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न इन्स्पेक्टर र घटना विवरणबारे काठमाडौं जिल्ला परिसरले छानबिन गर्दै कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार सो घटना बुधवार बिहान (आज) साढे ८ बजेतिर भएको हो ।

छानविनको क्रममा नाकामा चेकजाँचको क्रममा भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट हवल्दारले राखेको कारण इन्स्पेक्टरले समात्न खोज्दा तर्किन खोजेपछि एक–दुई थप्पड हानेको देखिएको प्रहरी स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको दृयष्मा इन्सपेक्टरले सुरुमै एक्कासी गालामा थप्पड हानेको र त्यसपछि छातीमा समातेको देखिन्छ । त्यसपछि पनि इन्सपेक्टरले हवल्दारलाई लखेटी लखेटी कुटपिट गरेको छन ।