जनता टाइम्स

१४ चैत्र २०७७, शनिबार ०८:४१

पाठकको भक्कानु छुट्ने ‘मेरा अनुभूति’ की राधिका शाक्य


प्रा.डा ऋषिराम शर्मा

नेपालकी हालकी प्रथम महिला राधिका शाक्यले विवाहपश्चात् जीवनका विभिन्न कालखण्डमा भोगेका केही रोचक र अधिकांश कूरतम र पीडादायी क्षणहरूकाअनुभूतिहरूलाईआँसुका शब्दमा चित्रवत् विम्वित गर्दै जाँदा उनकै कहाली लाग्दा स्मृतिको आलेखका रूपमा एउटा मार्मिक संस्मरण कृति तयार भएछ, “मेरा अनुभूति” । लेखक स्वयम्‌द्वारा स्वयम्‌का बारेमा लेखिने संस्मरण एक प्रकारको हुन्छ भने लेखकद्वारा अन्य विशिष्ट व्यक्तित्वका बारेमा लेखिनेसंस्मरण अर्कै प्रकारको हुन्छ ! “मेरा अनुभूति” कृति राष्ट्रका प्रधानमन्त्री केपी ओलीलाई प्रमुख पात्र बनाई रचिएकोसंस्मरणात्मक सिर्जना हो (पृ.घ) भनी राधिका शाक्य स्वयम्‌ले भन्नु भएको छ ! केपी ओलीको व्यक्तित्वको काया अवतरित यस कृतिमालेखक स्वयम्‌को त्याग र निष्ठाकोछायाँसमेत सर्वत्र फैलिएको छ ! संस्मरणकार राधिका शाक्यको जीवनमा घटित भई स्मृतिपटलमा सङ्लिएर रहेका तरेलीहरूप्रगाढ अनुभूतिका आलोकमा यस कृतिमा उपस्थित छन् । विभिन्न बीस शीर्षक र १५४ पृष्ठको कलेवरमा आकृति ग्रहण गरेको यस कृतिबारे प्रस्तुत लेखमा भने बेग्लै रूपमा विभिन्न उपशीर्षक दिई विश्लेषण गरिएको छ ।

केपी ओलीसँग जोखिमपूर्ण विवाहसन्दर्भ

सामान्यतया हरेक नारीहरू आफ्नो जीवन साथी कस्तो होओस् भन्ने चाहन्छन् भन्नेबारे आम रूपमा स्थापित एउटा मानक हुने गर्छ १ मोटोघाटो, हट्टाकट्टा, सकभर आफ्नै जातको, फिल्मको हिरो जस्तो, धनसम्पत्ति प्रचुर भएको र सरकारी र स्थायी जागिर भएको वा ठूलै व्यवसाय भएको, स्वस्थ आदिआदि १ राधिका शाक्यले विवाहका सन्दर्भमा तत्कालीन समाजमा स्थापित यी सम्पूर्ण मानक भत्काएर केपी ओलीसँग बिहे गर्नु भएको कुरो उहाँकै यस आत्मकथ्यले यसरी पुष्टि गर्दछ

“पाटन सहरमा जन्मेकी, अलिकति पढाइलेखाइ पनि भएकी, सानै भए पनि एउटा पेशामा भएकी व्यक्तिले तत्कालको समयमा १४ वर्ष जेल जीवन बिताएर भर्खर रिहा भएको, फरकजातको र धनसम्पत्ति पेसाव्यवसाय केही पनि नभएको, भित्रैदेखि जीर्ण भएको शरीर र बाहिर हेर्दा फु गर्दा ढल्ला जस्तो…, पुनस गिरफ्तार गरेर थुन्न सक्ने र मार्न पनि सक्ने व्यक्तिसँग विवाह गर्ने आँट गर्नु पनि तत्कालका लागि जोखिम मोल्नु जस्तै थियो, तर मैले त्यो जोखिम मोलेँ (पृ.१२)।

समाज परिवर्तनको चाहनासहित राजनीतिमा निष्ठा राख्ने नारीहरू यसका अपवाद हुँदा रहेछन् र जोखिम मोलेरै भए पनि सामाजिक परिवर्तनका लागि सरिक हुँदा रहेछन् ! राजनीतिमा लागेर निष्ठा नबिर्सनेहरू मध्येका एक नेपाली नेता प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीले आफ्नो आत्मकथात्मक संस्मरणमा कहाली लाग्दा अनुभूतिहरू समेट्दै “लालटिनको उज्यालोमा” कृति लेख्नु भएको थियो र उक्त कृतिको समीक्षाका क्रममा मैले अरु नेतृत्व तहमा पुगेका नेताका धर्मपत्नीहरूका अनुभूतिहरू यसरी नै आउनु पर्ने जरूरी रहेको उल्लेख गरेको थिएँ । आज यो संस्मरण पढ्दा मलाई नेतालाई निष्ठाच्युत हुन नदिन”””” र सतिसाल झै अविचलित भएर अघि बढ्न प्रेरणा दिन त्यस घरकी गृहिणीको कति जब्बर भूमिका हुँदो रहेछ भन्ने निष्कर्षमा पुग्न भने गारो परेन ।

आदर्श पत्नी, कुशल परिचारिकाका रूपमा राधिका

यस संस्मरणमा राधिका शाक्य एक आदर्श पत्नी, कुशल परिचारिका र सफल धाइका रूपमा प्रस्तुत हुनु भएको छ १ सानैमा मातृविहीन भै टुहुरो बनेको, मुलुकमा लोकतन्त्र प्राप्तिका लागि १४ वर्ष बर्बर यातनामय जेलजीवन भोग्दा पाएका बर्बर यातनाका कारण ठुलाठुला रोगहरूले हमला गरी जिउ थिलोथिलो परेको व्यक्तिको उपचार र स्याहार सुसार गर्नकै लागि भनेर बिहे गर्नुभएकीहो कि झै लाग्ने एक आद्भुत महिलाको संस्मरण हो ! जसले मातृवात्सल्यका अभावमा चहरायाई रहेको केपी ओलीको घाउमा मलहम लगाउनु भो र घाउ पुरिदिनु भो ! साथै कुशल परिचारिकाको भूमिका निर्वाह गर्दै निरङ्कुश शासकले कारावासभित्र दिएका क्रूर यातनाका कारण बल्झिएका र क्रोनिक भैसकेका विभिन्न प्रकारका घाउको ड्रेसिङ गरिदिनु भो ! जसले जीवनसँगिनीका रूपमा धन, दौलत, र वैभवलाई तुच्छ र राष्ट्रका लागि केही गर्ने आँट, भिजन र ऊर्जा भइको नेताको शुष्क बिरुवामा मलजल गरी स्याहार सम्भार गर्नु भो र साथ दिनुभयो, जो वामपन्थी अर्गानिक विचार र व्यवहारले समेतपार्टीकी इमानदार कार्यकर्ताका रूपमा खरो उत्रिनु भो ! र आफ्ना पति अर्थात् लोकतन्त्रका मिनिमन्डेला केपी ओलीमा राष्ट्टका लगि केही गर्ने असीम सम्भावना देखेर एक नेताको हेरचाह गर्नुभयो र जसले धाइले जस्तै जस्तै नित्यनिरन्तर सेवा गरेर अनि माया, स्नेह र पोषणाभावले कङ्कालजस्तो फू गर्दै ढल्ने शरीर भएको व्यक्ति केपी ओलीको दरो आत्मविश्वासका लहरा लहराउन निरन्तर थाँक्रो बनेर ऊभिनु भो १ यही सन्दर्भमा उहाँको आत्म कथ्य छस शैशवावस्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी सङ्घर्षले र जीवनका आधा समयहरू त्रासद यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने सङ्कल्प मैले गरेँ (पृ. १२) ।

आफ्नाहरूबाटै स्वास्थ्यबारे घृणित राजनीति र उपचारमा दोहोरो पीडा

शाक्यका अनुभूति पढ्दा आम पाठकका आँखा रसाउँछन् र आम पाठक द्रवीभूत हुन्छन् । शत्रुले पनि कल्पनै गर्न नसक्ने गरी र भन्नै नसक्ने गरी आफ्नै अन्तरङ्ग भनिएका र आफ्नै पार्टीभित्रका मित्र (?) हरूले केपी ओलीको स्वास्थ्य जस्तो संवेदनशील विषयमा पटकपटक के कसरी हमला गरेका रहेछन् रके कस्तो मानसिक यातना दिईपीडैपीडा समेत थपिदिएर जुन दानवी हर्कत गरारहेका रहेछन् त्यसले राधिका शाक्यको मुटुकसरी चर्चरी चिरिएको रहेछ र भत्भती पोलिरहेको रहेछ भन्ने उनको यो ‘ मेरा अनुभूतिहरू’ पढ्दा सहजै बुझ्न सकिन्छ ।

किनकि ती मित्रहरूले लोकतन्त्रका लागि लड्दा पञ्चायती शासकले गोलघरमा दिएको शारीरिक पीडा भन्दा कैयौँ गुना ज्यादा मानसिक पीडादिइरहेका थिए ! ती मित्रहरूले आफ्ना मुखपात्रहरू मार्फत् केपी ओलीको बाह्य पीडाको चहर्याइरहेको घाउमा अन्तरङ्ग पीडाको कडा नुनचुक र खुर्सानी समेत थपिदिएका थिए, शाक्यले भोगेकायी र यस्ताकारुणिक अनुभूति पढ्दा हरेक पाठकको मुटु भने द्रवीभूत भै हाल्दो रहेछ ! नवौँ महाधिवेशनमा उमेदवारीको चर्चा चल्दै गर्दा केपी ओलीको शरीर जब बैककको अस्पतालको शैय्यामा उपचाररत थियो यता आफ्नै उच्च कामरेडको मुखपात्र …. खतिवडाले टीभीमा भनेको यो कुरा कुरुवा बसेकी राधिका शाक्यले सुन्दा उहाँको हृदय कस्तो भयो होला रु निजको कथनलाई उहाँ पुस्तकमा लेख्नुहुन्छस … उनले (खतिवडा) ले केपी ओली मर्नमात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदिआदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् (पृ.८८) !

यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेत्त्व गर्नु भएका उहाँ (माधव नेपाल) एक पटक पनि पार्टीको नेतृत्व नगर्नु भएका केपी जी माथि महाधिवेशन को मुखमा स्वस्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनु भयो । यसबाट दुखी हुनु बाहेक के गर्न सकिन्छ र ? (पृ.८८)
उहाँको स्वास्थ्यमा राजनीति गर्ने समूहहरूले कसैले आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष बनाउने भनेर प्रश्न गरे, कसैले आउँदै गरेको साउन देख्न पाउँदैन भने (पृ. ९४) ।

तीव्र जीजिविषा, जनताको आशीर्वाद र अत्युच्च मनोबल

केपी ओलीमा विद्यमान तीव्र जीजिविषा र अत्युच्च मनोबलका कारण नै शासकहरू, मित्रहरू र निरङ्कुश व्यवस्थाले दिएका शारीरिक र मानसिक पीडासँग जुध्ने शक्ति प्राप्त भएको कुरा ‘मेरा अनुभूति’ कृतिभित्र विभिन्न सन्दर्भमा पटकपटक उल्लेख गर्नु भएको छ । उच्चमनोबल, दरो आत्मविश्वास,अद्भुत आँट र हिम्मत तथा स्पष्ट भिजन केपी ओलीका बारेमा बनेको आम जनछवि (पब्लिक इमेज) हो । केही र कोहीहरू केपीको विरुद्ध अपवित्र गठबन्धन गर्दै जेहादी युद्धमा लागे पनि कार्यकर्ता पङ्क्ति र आम भुइँमान्छे अझै पनि केपी फ्यान नै छ !

जनताका लागि काम गर्ने तीव्र हुटहुटी भएको नेता, मृत र मूर्छित सपना ब्युँझाइदिने नेता र समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्ने दृढ आठोट भएको नेताका रूपमा जनताले चिनेकाले उनीमाथि जनताको अपार माया छ र उहाँ निरन्तर नेपाल र नेपालीको समृद्धिका लागि जुटिरहनु भएको छ भन्ने कुरा यसकृतिमा साक्ष बनेर आएका छन्स उहाँ निरन्तर नेपाल र नेपालीको सुख र समृद्धिको लागि जुटिरहनु भएको छ । जनताको त्यही आशीर्वादले उहाँको अपरेसन सफल भएको हो (पृ.१२४)पटकपटक घातकरोगहरूले हमला गर्दा जनताको आशीर्वादका औषधिले उहाँलाई निको पो पारेको हो कि भन्ने सन्दर्भसमेत विभिन्न ठाउँमा उल्लेख गर्नु भएको देखिन्छ। धेरै पटक मृत्यु नजिक पुगेर पनि देश र जनताको माया अनि प्रवल जीजिविषाले गर्दा केपीजी पटक पटक मृत्युलाई जितेर फर्केझैं लाग्छ (पृ. ११५) ।यसरी जटिल भन्दा जटिल रोगहरू लागे पनि उहाँको दृढ इच्छाशक्ति र सहन सक्ने क्षमता निकै उच्च कोटिको छ । लाखौँ नेपालीको विश्वास, माया र आशीर्वाद आदिले गर्दा उहाँ पटक पटक मृत्युको मुखबाट फर्कन सफल हुनुभएको छ (पृ. १३०) ।

अस्पताल र त्यसको सेरोफेरोका अनुभूति

‘मेरा अनुभूति’ पढ्दा यस्तो लाग्छ, शाक्यका जीवनको एक तिहाइ भागमा आँसु बाहेक केही परेको छैन १ अपरेसन थिएटर र विभिन्न जटिल रोगहरूका कारण अस्पतालमा भर्ना गर्दा उहाँका हातले केँयौँ पटक “ उपचारका क्रममा केही भएमा म मञ्जूर छु’ भनेर सही गरेर बाहिर कुरुवा बस्दा उहाँका मनमा मच्चिएको पीडा, दुख र दर्दलाई व्यक्त गर्ने शब्द नभएर कतिपय ठाउँमा उहाँले आसुको भाषा बोल्नु भएको छ ! ‘मेरा अनुभूतिहरू’ कृतिका अधिकांश सन्दर्भ अस्पताल र अप्रेसन थिएटर बाहिर कुरुवा बसेको र त्यहाँ बस्दा र हृदयमा तरङ्गित भएका अनेकौँ शङ्का आशङ्का, आँसु र वेदनासँग सम्बन्धित छन् । ती मध्ये अपरेसन कक्षबाट बाहिर निकाले पछिका उहाँका यी आत्मकथ्यलाई हेरौँ ! जनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोजदा शरीरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो (पृ. ६९) ।

रिबकरिब माया नै मारिसकेको मान्छे फर्केर आउँदा उहाँका आँखामा बगेका खुसीका आँसुले पनि यो कृति भिजेको छ, उहाँ लेख्नुहुन्छस धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौँको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन (पृ. ९२) ।अचेत अवस्थामा पनि केपी ओलीका मनमा पार्टी र नेताकै चिन्ता हुन्थ्यो भन्ने साक्ष कृतिको यस सन्दर्भले पुष्टि गर्दछसअस्पतालका कोठाको भित्तामा झुण्ड्याइएको तस्विरहरू हेरेर तिनीहरूलाई वामदेव गौतम, विष्णु पौडेल आदिको तस्विर भन्नुहुन्थ्यो । यसरी स्मरणशक्ति पनि हराएको थियो । यस स्थितिमा एक हिसाबले उहाँको आश मैले गुमाइसकेकी थिएँ (पृ. ८२) ।

जनयुद्धप्रतिको धारणा र शान्तिका एक्लो बृहस्पति

माओवादी युद्ध जुन ठाउँमा पुग्ने भनेर सुरू भएको थियो, त्यस ठाँउमा पुग्ने संभावना पूरै बन्द भएपछि र त्यहाँ पुग्नु भन्दा अगावै युद्धको जहाजका मूल पाइलट र कोपाइलटले यात्रुलाई थाहै नदिई दिल्लीमा बुझाएर आधाबाटो मै युद्धका सर्जाम हुर्याएर ज्यान जोगाउन के कसरी युद्ध बिसाइएको थियो भन्ने कुरो त इतिहासले भन्ला नै । तर शान्तिप्रक्रियामा आए पछि पनि उसले गरेका हर्कत र आतङकसँग मै हूँ भन्ने घगडान नेताहरू समेत थुरथुर काम्दा केपी ओलीले त्यस आतङ्ककको जसरी प्रतिरोध गर्नु भो र विदेशीको डिजाइनमा नेपालमा विभिन्न प्रकारका क्षेत्रीय र जातीय द्वन्द्वमार्फत तवाहीका लागि छाडिएको आतङ्कको अश्वमेधको घोडालाई च्याप्प समात्ने काम केपी ओलीले कसरी गर्नु भयो त्यसको पनि इतिहासले आलेख राख्ला नै !

आतङ्कको त्यसबेलाको चित्रण र त्यसलाई डिफ्युज गर्न केपी ओलीले गरेका केही आँटिला सन्दर्भसमेत यस कृतिमा पाइन्छन्स हतियार सहितको माओवादी कि चुनाव हुनै नदिने चुनाव हुन दिए, आतङ्कको बलमा आफूले कब्जा गर्ने मनस्थितिमा थियो । (पृ. ५२) । मतदाता मात्र होइन, अन्य दलका कार्यकर्ता पनि ज्यान बचाउन माओवादीको अनुकूल भइदिनु पर्ने बाध्यतामा थिए । यस्तो आतङ्कको साम्राज्यमा पनि माओवादीका त्यस्ता उद्दण्ड र विसङ्गत व्यवहारको डटेर प्रतिवाद गर्ने एक्लो पात्र केपीजी नै हुनुभयो । त्यसैले उहाँ माओवादीको सबैभन्दा बढी तारोमा पनि पर्नुभयो (पृ. ५२) ।
एकताका त हिंसाका त्रासले कोही बोल्न नसक्ने भएका कारण यस्तो स्थिति आयो कि सबै नपाली माओवादी भइसके झैं लाग्ने । यस परिस्थितिमा माओवादीका विसंगत विचार, अमानवीय व्यवहार, देशका लागि हानीकारक प्रवृत्ति र उसको नरसंहार विरुद्ध बोल्ने एक्ला नेता केपीजी हुनुभयो (पृ. २०) …..

केपी सधैभरि कवच तर माधवबाट सधैभरि हमला

केपी ओलीले विगत दुई दसकसम्म काँधमा घाउ हुनेगरी माधव नेपाल लाई बोकिरहेको तर माधव नेपालले केपी ओलीलाई जहिल्यै धोका दिएको र कहिल्यै उँभो हुन नदिएको सन्दर्भ त अहिले उहाँका साधारण सदस्यबाटै निष्कासन गर्ने र खजाञ्ची शैलीको नगदानगदी व्यवहारबाटै छर्लङ्ग भैसकेका छन् १ सिङ्गापुरमा उपचारका लागि जाँदा तपाईको आसीर्वाद चाहिन्न भनेर केपी ओलीले किन भन्नु भएको रहेछ भन्ने कुरो पनि अहिले औचित्यसहित पुष्टि पनि भयो नै ! अध्यक्षमा उठेर हार्ने र पाँच वर्ष पनि कुर्न नसक्ने नेताका हातमा परेर नेकपा एमाले विगत पन्ध्र वर्षसम्म कसरी खुम्चिएको, चाउरिएको र सुकुटी परेको रहेछ भन्ने बुझ्न केपी ओलीले पार्टी नेतृत्वमा पुगेको केही दिनमै एमालेका अगाडि अरु पार्टी लिलिपुट बनेको दृष्टान्तले नै पुष्टि गरेकै छ ! केपी ओलीप्रतिको माधव नेपालको यस्तो दृष्टकोणलाई प्रस्तुत कृतिका केही साक्ष्यहरूले यसरी प्रस्तुत गर्दछन्स माधव नेपाललाई बीचमै महासचिवबाट हटाउन सीपी मैनाली र वामदेवहरूले गर्नुभएको प्रयासलाई असफल पार्नु भएका केपी जीलाई भने माधव नेपालले महासचिवको हैसियतमा पार्टी सत्ता प्रयोग गरेर पेल्दै आउनु भएको थियो (पृ.५६)

आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहारहरू हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ। (पृ. ८८) २०५४ सालमा भएको छैटौँ महाधिवेशनमा आफू माधव नेपालको सुरक्षाकवच बनेर उहाँले सघाउनु भएको थियो । तर महासचिवमा जितिसके पछि माधव नेपालले हरेक हिसाबले केपी ओलीलाई उठ्न नदिने कोसिस गर्नुभयो (पृ.९४)

नेतृत्व कौशल, जिद्दीपना र अठोटबारे

केपी ओलीमा रहेको अभूतपूर्व नेतृत्व कौशल र आफूलाई ठिक र सत्य लागेको र जनताका लागि हित हुने कुरामा सम्झौताहीन ढङरुगले अघि बढ्ने केपी ओलीको स्वभावको चित्रण पनि यस पुस्तकमा छसनेपालको इतिहासमा एउटा पनि गोली नचलाईकन देशमा शान्ति सुरक्षा कायम गरिएको थियो । यो स्थिति बनाउनको लागि गृहमन्त्रीको हैसियतमा केपीजीले यति दुःख र मेहनत गर्नुभयो कि ९ महिनामा दुईतीन पटक मात्र रातको १२ बजे अगाडि खाना खानुभयो (पृ. १६) ।

केपीको दृढ अठोट कहिलेकाहिँ जिद्दी बनेर हैरान पनि पार्दो रहेछ भनेर राधिका शाक्यले आफ्ना अनूभूतिहरू भित्र विभिन्न सन्दर्भहरूमा उल्लेख गर्नु भएको छ,… यस्ता कुरामा उहाँको जिद्दीपनबाट म राम्ररी परिचित छु । उहाँलाई मोबाइल चलाउनबाट कसरी रोक्ने भन्ने कुरा मेरो मनमा खेल्न थाल्यो । केही समय रोक्न सफल भए पनि यस्ता कुराबाट उहाँलाई कहिल्यै बदल्न सकिएन (पृ. ३८) ।बुटवलको आठौँ महाधिवेशनमा झलनाथजीको पक्षमा प्रचण्डजीहरूको शक्ति खनिएको थियो।। र माधवजिहरूको पनि साथ थियो … त्यसबेलै केपीजीले जित्नुभएको थियो भने एमालेको हैसियत उतिबेलै माथि उठ्ने रहेछ भन्ने मलाई लाग्यो । केपीजी नेतृत्वमा आउनु अघिसम्म एमालेजस्तो अनुशासित र इमान्दार कार्यकर्ता भएको पार्टीको पहिचान भने जता पनि मिल्ने पिँध नभएको लोटा जस्तो थियो । अरूको पछि लाग्ने पार्टीबाट एमालेलाई अरू पर्टाी एमालेको पछि लाग्नुपर्ने पहिचानमा केपीजी नेतृत्वमा आउनु भएपछि पुर्याउनुभयो (पृ. ५८) ।

अहिले आएर प्रचन्डसँग बिसवर्स पहिल्यैदेखि साँठगाँठ छ भन्नु र तयतिबेला एमालेका कार्यकर्ता भकाभक मार्नेसँग मिलेर आफूलाई सङ्कटमा साथ दिने र पार्टीलाई शिखरमा पुर्याउन सक्ने एक नेता केपी ओली सिध्याउन गरिएको ग्र्यान्ड डिजाइनका धेरै पर्दाहरू अहिले खुलिसकेका छन् ! यस्ता नेतृत्वकौशल सम्बन्धी कुरा यस पुस्तकमा विभिन्न ठाउँमा आएकै छन्स बुटवलको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले झलनाथजीलाई जिताउन समेत आह्वान गर्नु भएको थियो । ।। सायद झलनाथजीको नेतृत्वमा एमाले रहन सक्यो भने त्यसलाई लटपट्याएर आफ्नो पक्षमा प्रयोग गर्न सकिन्छ, ओलीको नेतृत्वमा गयो भने त्यस्तो सजिलो हुँदैन भनेर उहाँले त्यसो गर्नु भएको हुनुपर्छ (पृ.५८)

निष्कर्ष

राधिका शाक्यले लेख्नु भएका यी अनुभूतिहरू साहित्यिक पाठकलाई विभिन्न रस र भावमा डुबाउने र इतिहासका अध्येताहरूलाई केपी ओलीको यो राजनैतिक उचाइमा पुर्याउन परोक्षरूपमायस पुस्तककी स्रष्टाको केकस्तो भूमिका रहेछ भनेर अध्ययन गर्ने आधार सामग्री समेत बन्ने देखिन्छ । पतिपत्नी पालैपालो मन्त्री बन्दा र दर्जनौँ नेता दम्पतीहरू संसद भवन छिर्दा राधिका शाक्यले चाहनु भएको भए उहाँले त्यो अवसर नपाउने कुरै थिएन, तर समाजसेवालाई आदर्श ठान्ने राधिका यस्ती मैनबत्ती भन्नु भो जसले तेल सकिनै लागेको केपी ओली नामक बत्ती निरन्तर बल्न दिनु भयो र मुलुकमा निभ्नै लागेको राष्ट्रियतालाई चहकिलो पार्नुभयो । केपी ओलीलाई यहाँसम्म लयाइ पुर्याउने आँट, साहस र त्याग गर्नु भयो !

र अन्त्यमा यो कृति पढ्दा हरेक पाठक भावविभोर हुन पुग्छ ! कृति पढ्दै गर्दा लेखकका वेदनाहरूसँग साधारणीकृत हुँदै कृतिमा निमग्न हुन्छ । कृति पढिसकेपछि पनि बेलाबेला पाठकका हृदय उद्वेलित पार्ने गरी कृतिको निष्कर्ष नै समेट्ने गरी राधिका शाक्यले कृतिकै भूमिकामा लेख्नुभएको यो वाक्यसहित र पुनः अर्को कृति पढ्न पाउने अपेक्षासहित यो लेख यही बिसाउँछुसमेरा लागि यो पुस्तक मैले बिताएको एउटा कालखण्डको वेदना हो, सन्ताप हो, त्यसबेला झरेको आँसु हो र जीवनको अनिश्चयबोधमा व्यथित भएर व्यतीत गरेको समयको मोन्ताज हो ! (पृ.घ)