काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको हो । त्यस अघि प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना राख्नु भएको थियो ।
सुवालले उठाउनु भएको प्रश्नको पनि अधिकारीले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्