जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १३:१९

सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं, १४ असोज । आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ ।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।