काठमाडौं, असोज १४ । प्रेस चौतारी नेपालले एमाले बिधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । इञ्चार्ज सूर्य थापाको प्रमुख आतिथ्यमा बसेको केन्द्रीय सचिवालयको बैठकको म्यान्डेटअनुसार अध्यक्ष गणेश बस्नेतले महाधिवेशन प्रतिनिधिको नाम छनोट गर्नुभएको हो ।
एमालेले जनसंगठनलाई १० जना प्रतिनिधि तोकेको छ । सोहीअनुसार चौतारीले अध्यक्ष बस्नेतसहित १० जनाको नाम पठाएको हो । चोतारीले अध्यक्ष बस्नेतसहित माधव नेपाल, गणेश पाण्डे, टीका बिष्ट, बीरबहादुर गिरी, सविन प्रियाशन, राजेश राई, हिरामान लामा, रामकृष्ण शर्मा र इन्द्र आचार्यलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेले प्रत्येक जनसंगठनलाई पदाधिकारीमध्येबाट १० जना प्रतिनिधि छनोट गरी पठाउन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्