जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार ०९:०७

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची


काठमाडौं, १९ असोज । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।