जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १६:१४

चितवनको कालिका–६ मा होमबहादुर गुरुङको नेतृत्वमा बन्यो एमाले टीम


चितवन, कार्तिक ६ । नेकपा एमाले कालिका वडा नं. ६ को अध्यक्षमा होमबहादुर गुरुङ चयन हुनु भएको छ । आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट गुरुङ सर्वसम्मत चयन हुनु भएको हो । अधिवेशनले वडा उपाध्यक्षमा फुलमान लामा सचिबमा बालकृष्ण अधिकारी र उप सचिवमा गंगादत्त तिवारी तथा अमृत लामिछानेलाई चयन गरिएको छ ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।बाढी पहिरो प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।