काठमाडौं, कात्तिक १२ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोनबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न राजदूत एलिजावेथ आज अपरान्ह जंगी अड्डा पुग्नुभएको थियो ।
भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्पारिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। छलफलमा सैनिक सहायतालगायतका विषयमा छलफल भएको थियो ।













प्रतिक्रिया दिनुहोस्