काठमाडौं ,कात्तिक २२ । काठमाडौ विजुलिबजारमा गुडिरहेको भ्यानमा सोमबार विहान एक्कासि आगो लागेको छ । कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नक्बरकमे भ्यानमा एक्कासि आगो लागेको प्रहरिले बताएको छ ।
आगो स्थानीय र प्रहरिको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरिको भनाई छ । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ । तर ,यसबारे थप अनुसन्धान हुने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्