काठमाडौं, २३ कात्तिक । राष्ट्रपति कार्यालय प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।
तीन प्रदेश प्रमुखको नियुक्त प्रक्रिया थालेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
‘तीनवटा प्रदेशका लागि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालिएको छ’, उहाँले भन्नुभयो, ‘उहाँहरू सबै उपत्यकाभित्र हुनुहुन्छ कि बाहिर, यसलाई हेरेर नियुक्ति प्रक्रियाअघि बढ्छ ।’ सरकारको निर्णयबारे जानकारी आएपछि नियुक्ति प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्