सुनसरी, मंसिर ८ । सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ । धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो ।
कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित हुनुभयो । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाउनु भएको छ । यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी हुनुभएको छ । खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाउनु भयो ।
यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी हुनुभएको छ । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित हुनुभयो । यसअघिका प्रदेशसभा अधिवेशन, नगर अधिवेशनमा पनि पौडेल(कोइराला पक्षले जितेको थियो ।













प्रतिक्रिया दिनुहोस्