कपिलवस्तु, १४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरीणाम अनुसार कलाम १०९ मतान्तरले विजयी हुनुभएको हो । कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाउनुभयो ।
कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुनुहुन्छ । उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल विजयी हुनुभएको छ भने सचिवमा खोमबहादुर सिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी निर्वाचित हुनुभयो । सहसचिवमा वीरेन्द्रकुमार शुक्ला र वजिह असरद विजयी हुनुभएको छ । देउवा पक्षबाट ६ जना जिल्ला सदस्य मात्र विजयी हुनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्