जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार २१:०३

भूसालले लिए केन्द्रीय सदस्यको शपथ


काठमाडौं, १४ मंसिर । एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसाल केन्द्रीय सदस्यमा भने निर्वाचित हुनुभएको छ । उहाँले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गर्नुभयो। एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो ।यस्तै, अध्यक्षमा पराजित भीमबहादुर रावल पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। उहाले ९०४ मत प्राप्त गरे तर शपथ लिनुभएन ।सचिवमा पराजित भीम आचार्यले १३९३ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । सचिवमा आचार्यले ७८८ मत ल्याउनुभएको थियो । सचिवमा पराजित टंक कार्कीले केन्द्रीय सदस्यमा ९०५ मत ल्याउँदै निर्वाचित हुनुभएको छ ।