जनता टाइम्स

२३ मंसिर २०७८, बिहीबार ०८:४१

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै


काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने हुनुभएको छ । थापाको सचिवालयका अनुसार उहाँले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो ।

‘समुन्नत नेपाल : सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भन्नुभएको छ । भोलिबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदै हुनुहुन्छ ।