काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइरालाले आज अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियानमा संलग्न हुनुभएको छ ।
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी हुनुहुन्छ । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । आजसम्म पनि सहमतिका लागि छलफल भएको थियो ।
तर, कुनै निकास निस्कन सकेको छैन । प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बन्नुभएको छ । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित हुनुभएन । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिनुभएको हो ।












प्रतिक्रिया दिनुहोस्