जनता टाइम्स

२ श्रावण २०८३, शनिबार ०८:१७

डडेल्धुरामा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते


काठमाडौं, साउन २ । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला पक्की सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अपिहिमाल गाउँपालिका–१ निवासी ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई उद्धार गरी डडेल्धुरा अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उहाँहरू दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी २० वर्षीय अमृत घरेडी सामान्य घाइते हुनुभएको छ। त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिका–३ निवासी ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ। उहाँहरू दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि थप घाइतेहरूको खोजी गर्ने क्रममा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचारका लागि लगिएको छ। उहाँको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ श्र