जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १४:२५

लौरोको सहारामा मतदान


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी हुनुभएको छ । उहाँहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताउनभुयो ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नुपर्ने उहाँको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताउनुभएको उहाँले मतदान गर्न ५० मिनेट लागेको जानकारी दिनुभयो । सुन्धराबाट ट्याक्सी चढेर मतदान गर्न आउनुभएको उहाँले मतदानमा कुनै गाह्रो र समस्या नपरेको सुनाउनुभयो ।